Skip to main content

सरोकार पोस्ट

पालिका

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो । दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट…
Read More
भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

बाबुराम के सी प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी वसपार्क नजिकै सञ्चालन भैरहेको `प्रथम भित्रिकोट प्यूठान महोत्सव´को अवलोकन गर्न आउने दर्शकबाट आयोजकले अबैधानिक रुपमा सवारी पार्किङ शुल्क असुल्दै आएकोछ । महोत्सव सञ्चालनका लागि बेलुवा- दाम्ती करिडोरको सडक समेत ओगटेर पौष ५ गते देखि महोत्सव सञ्चालन भैरहेकोछ । उक्त सडकको बैकल्पिक व्यवस्था गरिएको भएपनि सडकमा ओहोरदोहोर गर्ने स्थानिय बासिन्दाहरुबाट समेत पार्किङ्ग शुल्क भन्दै पैसा मागेको गुनासो आएको हो । महोत्सव सञ्चालनका लागि घेराबार गरेको क्षेत्रको मात्र दैनिक २ हजारका दरले नगरपालिकालाई मनोरञ्जन कर तिर्नु पर्ने तर पार्किङ्गका लागि समन्वय नभएको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । उहाले…
Read More
नौबहिनी अध्यक्ष कपको उपाधी वडा नं ७ र १ लाई

नौबहिनी अध्यक्ष कपको उपाधी वडा नं ७ र १ लाई

भिमकला कुवर प्यूठान । बिहीवारदेखि सुरु भएको नौबिनी गाउँपालिकाको दोस्रो अध्यक्ष कप प्रतियोगिताको उपाधी पुरुष तर्फ ७ नं वडा र महिला तर्फ १ नं वडाले हासिल गरेकाछन् । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवार अध्यक्ष कप खेल अन्तर्गत भलिवल खेल उद्घाटन भएको थियो । शनिवार सम्पन्न अध्यक्ष कप अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकोमा ८ वटै वडाबाट पुरुष र महिलाहरुको टिम खेलमा सहभागी भएकाे खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने ७ नं वडाले टिमले ६१ हजार १ सय ११ रुपैंया नगद…
Read More
नेपाली काङग्रेस प्यूठानको पालिका स्तरीय सम्मेलन सुरु

नेपाली काङग्रेस प्यूठानको पालिका स्तरीय सम्मेलन सुरु

प्यूठान । नेपाली काङग्रेस प्यूठानले सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेकोछ । शनिवार सरुमारानीको बांगेसालबाट अभियान सुरु गरेको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभएक‍ो ह‍ो । समेलनमा पाटी निकट बिभिन्न भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिएको कांग्रेसले जनाएकोछ । सरुमारानी गा पा सभापति लक्ष्मण जि सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी रहनुभएको थियो। कार्यक्रमको बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरि र रोल्पा जिल्ला सभापति किशोर आचार्य हुनुहुन्थ्यो । यस्तै अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य माननिय धनलक्ष्मी…
Read More
कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

प्यूठान । नेपाली कांग्रेस प्यूठानले स्थानिय तह केन्द्रीत सम्मेलन भोलीदेखि सञ्चालन गर्ने भएकोछ । पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालमा सम्मेलन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले बताउनुभयो । पौष ७ गते माण्डवीमा सम्मेलन हुने उहाले बताउनुभयो । पौष १६ गते भित्र जिल्लाका ९ वटै स्थानियमा सम्मेलन सम्पन्न गर्ने गरि कांग्रेसले कार्यतालिका सार्बजनिक गरेको हो । समेलनमा पाटी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिने कांग्रेसले जनाएकोछ । सम्मेलनमा सम्बन्धित स्थानियत तहका सबै भातृ तथा शुवेच्छुक संगठनका नेतृत्वले कार्यकर्ताको सहभागिता गराउन नेपाली कांग्रेस प्यूठानले सर्कुलर गरिसकेको जनाएकोछ । कांग्रेसको यश अभियानमा पालिकामा…
Read More
न्याय समिति बिच सिकाई आदान-प्रदान प्यूठान धनवाङ्गमा

न्याय समिति बिच सिकाई आदान-प्रदान प्यूठान धनवाङ्गमा

प्यूठान । जिल्ला स्तरीय न्यायिक समितिहरुका बिच दुईदिने सिकाई आदानप्रदान तथा समीक्षा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको पर्यटकिय स्थल धनवाङमा सुरु भएकोछ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईकाे सामुदायिक मगर हाेमस्टे धनवाङमा कार्यक्रम शुभारम्भ भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बतनउनुभएको हो । स्थानिय तहमा सहज न्याय सम्पादनकाे लागि न्यायिक समितिहरु बिच सिकाई आदान प्रदान गर्ने र आपसमा हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएकोछ । जिल्लाका नाै वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । स्थानिय तहमा न्यायिक क्षेत्रमा भए गरेका कार्यहरुकाे बिवरण चुनाैति तथा न्याय सम्पादनमा गरेका गतिविधिहरुकाे प्रदिबेदन प्रस्तुत गरीएकाे थियाे ।…
Read More
नौबहिनीमा वडा स्तरीय अध्यक्ष कप प्रतियोगिता आजदेखी

नौबहिनीमा वडा स्तरीय अध्यक्ष कप प्रतियोगिता आजदेखी

प्यूठान । नौबिनी गाउँपालिकाले आजदेखि दोस्रो अध्यक्ष कप प्रतियोगिता अन्तरगत वडा स्तरीय भलिवल खेल सञ्चालन गर्ने भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा आज देखि ६ गते सम्म प्रतियोगिता संञ्चालन हुन लागेको हो । अध्यक्ष कप प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ६१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार ४१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमले ११ हजार १…
Read More
बिद्यालयको कार्यसम्पादनका लागि प्यूठान नगर र बिद्यालय बिच सम्झौता

बिद्यालयको कार्यसम्पादनका लागि प्यूठान नगर र बिद्यालय बिच सम्झौता

प्यूठान । प्यूठान नगरपालिका वडा नं.५ देखि १० सम्मका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि कार्यसम्पापदन सम्झौता भएकोछ । आज एक कार्यक्रमका बीच प्युठान नगरपालिका नगर कार्यपालिकाको कार्यालय र नगर भित्रका वडा न. ५ देखि वडा न. १० सम्मका बिद्यालयका प्रध्यानध्यापक र बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बीच शैक्षिक सत्र २०८१ का लागि कार्यसम्पादन सन्झौता भएको नगर उपप्रमुख देबेन्द्र बर्माको सचिवालयले उल्लेख गरेको हो । वडा नं ५ जुम्रीकाँडामा ६ वटा, ६ नं वडामा ४ वटा, ७ मा ३ वटा, ८ नं मा ६ वटा, ९ नं वडामा ६ र १० वडामा ३ बिद्यालय गरि जम्मा २८ वटा सामुदायिक बिद्यालय छन्…
Read More
महिला स्वास्थ्य स्वयंसेविकालाइ सम्मान गर्दै दिवस मनाईयो

महिला स्वास्थ्य स्वयंसेविकालाइ सम्मान गर्दै दिवस मनाईयो

प्यूठान । महिला स्वास्थ्य स्वमंसेविकालाई सम्मान गरौँ भन्ने अभिप्राय सहित आज प्यूठानका ९ वटै स्थानिय तहले दिवस मनाएकाछन् । राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस - २०८१ को अबसरमा जिल्लाका ९ वटै स्थानिय तहले कार्यक्रम गर्दै महिला स्वास्थ्य स्वयंसेविका सहित आपसमा शुभकामना आदान प्रदान गर्दै दिवस मनाएकाहुन् । स्वास्थ्य स्वयंसेविकालाइ उहाहरुको लगाब, मेहनत र श्रम अनुसार सेवासुबिधा राज्यले प्रदान गर्न नसके पनि स्थानिय तहहरुले केही प्रोत्साहन गर्दै आएकाछन् । तर महिला स्वास्थ्य स्वमंसेविकाहरु भने सन्तुष्ट छैनन् । स्वास्थ्य क्षेत्र लगायत गाउघरमा महिला स्वास्थ्य स्वम्सेविकाहरुले महिला, बालबालिकाको स्वास्थ्य परामर्श र परिवार नियोजनका बिषयमा समेत आ आफ्नो क्षेत्रमा परामर्श गर्दै आएकाछन् ।…
Read More