प्यूठान । नेपाली काङग्रेस प्यूठानले सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेकोछ । शनिवार सरुमारानीको बांगेसालबाट अभियान सुरु गरेको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभएको हो ।

समेलनमा पाटी निकट बिभिन्न भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिएको कांग्रेसले जनाएकोछ ।
सरुमारानी गा पा सभापति लक्ष्मण जि सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी रहनुभएको थियो। कार्यक्रमको बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरि र रोल्पा जिल्ला सभापति किशोर आचार्य हुनुहुन्थ्यो ।

यस्तै अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य माननिय धनलक्ष्मी श्रेष्ठ ,नेपाली काङग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य साधना रावत ,नेपाली काङग्रेस जिल्ला सचिब टोपाराम कालाथोकी,प्रदेश सभा ‘क’ सभापति टेकप्रशाद भण्डारी , जिल्ला सदस्यहरु रामचन्द्र पौडेल नेत्रमणी पोख्रेल ,दामोदर कालाथोकी ,तिलक बि क ,ने बि संघ प्युठान का अध्यक्ष कल्याण बिक्रम के सी ,लगाएत नेपाली काङग्रेस सरुमारानी गा पा भित्र पार्टीका बिभिन्न तहमा रहनु भएका नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।
आईतबार आज माण्डवीमा सम्मेलन हुने कांग्रेसले उल्लेख गरेकोछ । पौष १६ गते भित्र जिल्लाका ९ वटै स्थानियमा सम्मेलन गर्ने गरि कांग्रेसले कार्यतालिका सार्बजनिक गरेको हो ।




