प्यूठान । नेपाली कांग्रेस प्यूठानले स्थानिय तह केन्द्रीत सम्मेलन भोलीदेखि सञ्चालन गर्ने भएकोछ ।
पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालमा सम्मेलन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले बताउनुभयो । पौष ७ गते माण्डवीमा सम्मेलन हुने उहाले बताउनुभयो । पौष १६ गते भित्र जिल्लाका ९ वटै स्थानियमा सम्मेलन सम्पन्न गर्ने गरि कांग्रेसले कार्यतालिका सार्बजनिक गरेको हो ।
समेलनमा पाटी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिने कांग्रेसले जनाएकोछ । सम्मेलनमा सम्बन्धित स्थानियत तहका सबै भातृ तथा शुवेच्छुक संगठनका नेतृत्वले कार्यकर्ताको सहभागिता गराउन नेपाली कांग्रेस प्यूठानले सर्कुलर गरिसकेको जनाएकोछ । कांग्रेसको यश अभियानमा पालिकामा रहेका कृयाशिल सदस्यहरुलाई उपस्थित हुन निर्देशन गरिएकोछ । साथै भातृ तथा शुवेच्छुक संगठनलाई समेत अभियानमा सकृय भई परिचालित हुन निर्देशन गरिएको कांग्रेसले जनाएकोछ ।




