प्यूठान । सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ । प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो । बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको हो । यस्तै अन्तरपालिकास्तरिय विपद् व्यवस्थापन तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताए । सिमाना जोडिएका पालिकाहरुबिच सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शैयाका…
प्यूठान । नौबहिनी गाउँपालिकाले वडा स्तरीय योजना सञ्चालनका तथा उपभोक्ता समितिहरुलाई सहजता प्रदान गर्नका लागि वडामै पुगेर योजनाहरुको सम्झौता गरिदिने नीति बनाएको छ । पालिकाले गत आर्थिक वर्षहरुमा उपभोक्ताले झेल्नुपरेको सास्ती र पालिका सम्म पुग्न लाग्ने अनावस्यक खर्च घटाउन आर्थिक वर्ष २०८१/०८२ देखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासन शाखा प्रमुख, पुर्वाधार शाखा प्रमुख सहितको टोलि वडामै गएर योजना सम्झौता गर्न सुरु गरेका छन् । यो कदमले वडाका विभिन्न समुदायका स्थानीय खुसी भएकाछन् । हाल नौबहिनी गाउँपालिका ३ खवाङ्ग र ८ नं. वडा फोप्लीमा गएर योजना सम्झौता गरिएको गाउँपालिकाले जनाएकोछ । `उपभोक्ताले योजनाको सम्झौता गर्न र फर्छ्यौट गर्न पालिकामा…
प्युठान । प्रेस चौतारी नेपाल प्यूठानले स्थानिय तह केन्दीत संगठन विस्तार सुरु गरेकोछ । चौतारीले सरुमारानी गाउँपालिका शाखाको अध्यक्षमा शिशिर रायमाझी सर्वसम्मत निर्वाचित भएको जनाएको छ । बिहिवार सरुमारानी गाउँपालिकाको बड्डाडामा आयोजित प्रेस चौतारी नेपालको सरुमारानी गाउँपालिकाको पहिलो अधिबेशनले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको हो । जस्को उपाध्यक्षमा जीवन चर्ती, सचिवमा प्रतिक्षा राना, सहसचिवमा रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा शोभा चर्ती, पवित्रा सोमै, कृष्ण बिक र सागर बिक रहनुभएको छ । अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ। प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिका पहिलो अधिवेशन शिशिर…
प्यूठान। जिल्लाको प्यूठान नगरपालिका-९ मजुवा स्थित दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न भएको छ। सनिवार प्यूठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले साधारण सभाको उद्घाटनगर्नुभएको हो । उद्घाटन गर्दै वडा अध्यक्ष केसीले सहकारीको माध्यमबाट नागरिक र सहकारी सदस्यहरुको जीवनस्तर सुधार गर्नेखालका कार्यक्रम ल्याउनु पर्ने बताउनुभएको छ। साधारण सभाको प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष केसीले मुलुकमा पछिल्लो समय सहकारी प्रति गलत धारणा भएकोले त्यसतर्फ सचेत हुँदै सहकारीको मर्म भावना अनुसार सदस्यहरुलाई सुसूचित बनाउदै सहकारीको नीति र सिद्धान्त अनुसार काम गर्नुपर्ने बताउनुभएको हो। उहाँले सहकारीलाई समयानुकूल प्रविधि मैत्री बनाउदै उस्तै उस्तै प्रकृतिका सहकारीलाई एकीकरण गर्दै लैजानुपर्नेमा जोड…
प्यूठान । संघिय सरकारले जिल्ला सदरमुकाम देखि काठमाडौं सम्मको भाडादर समायोजन सहित निर्धारण गरे सँगै प्यूठानमा पनि स्थानिय रुटहरुमा भाडादर टुंगो लगाउने तयारी अन्तिम चरणमा पुगेकोछ । हाल सम्मको प्रावधान अनुसार काठमाडौं देखि जिल्ला सदरमुकाम सम्म संघले, प्रदेश मुकाम देखि जिल्लाका स्थानिय तहको मुकाम सम्म प्रदेश सरकारले र स्थानिय तहको मुकाम देखि वडा तह सम्म स्थानिय तहले सवारी भाडादर निर्धारण गर्ने भनिएको थियो । तर पछिल्लो समय सरकारले नयाँ कार्यबिधि ल्याएपछि जिल्ला भित्रको व्यवस्थापकिय जिम्मा जिल्ला समन्वय समितिको नेतृत्वमा आएकोछ । जिल्ला स्थानिय रुटमा सवारी गाडीले आफूखुसी महंगो भाडा असुलेको गुनासो आएपछि स्थानिय तह सँग समन्वय गरि आवस्यक छलफल सहित…
प्यूठान । उद्योग तथा यतायात मन्त्री हुँदा प्यूठानमै यातायत कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका बर्तमान लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताएका छन् । नेपाली काङ्ग्रेसको सय दिने अभियान अन्तरगत प्यूठान नगरपालिका ईकाइ कमिटिले गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री राणाले आफू बाल्यकाल हुदाको सडक अहिले पनि जस्ताको तस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने अर्को प्रतिबद्धता व्यक्तगरे । उनले भने, `हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीकाे काम भैरहेकाे छ । बाकी सडककाे कामका लागी थप बजेटकाे ब्यवस्था भैरहेकाे छ । अब…
प्यूठान । पष ५ गते देखि १७ गते सम्म प्रथम भित्रिकोट महोत्वस सञ्चालनको अनुमति लिएर ठेगदारलाई जिम्मा दिएको प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकालाई दिएको महोत्सव सञ्चालनको ईजाजत प्यूठान नगरपालिकाले खारेज गरेकोछ । महोत्सवको नाममा दैनिक जसो मञ्चमा राजैतिक अखडा कायम गरेको आरोप खेप्दै आएको महोत्सव आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी बेहसुरमा मेला सञ्चालन गरेको र त्यसको प्रभाव सडक दुर्घटना र महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भए पछि शान्ति सुरक्षालाई मधयनजर गर्दै अनुमती खारेज गरिएको प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीले जानकारी दिए । महोत्सव हेर्न आएका मल्लरानी ४ का ७७ बर्षिय रामचन्द्र शाहको आईतबार बेलुकी…
बाबुराम केसी, नौबहिनी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह मध्य पाँचवटा गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी गराए । बाँकी ४ वटा पालिकामा पनि पौष २५ गते भित्रै सम्पन्न गरिने उहाले जानकारी दिनुभयो । कार्यक्रममा वडाईकाई तथा बुथ कमिटी सम्मकाे पाटीको अवस्था जानकारी लिने र कांग्रेस कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको भावि रणनीति बारेमा आवस्यक प्रशिक्षण गर्दै आएको जनाएकोछ । शोमबार कांग्रेसले नौबहिनी गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज…
जोगिन्द्र मल्ल, गौमुखी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम चलिरहेको छ । देशका ७ सय ५३ वटै स्थानिय तह, वडाहरु र निर्बाचन बुथ सम्म कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको रणनीति जानकारी गराउँदै आएको कांग्रेसले आईतबार प्यूठानको गौमुखी गाउँपालिकामा सम्पन्न गरेको प्यूठान जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि करिब २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ । गौमुखी गा पा सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै कांग्रेस बिचार, आदर्श, भावना र बलियो लोकतान्त्रको बलियो आधारशिला रहेको बताए ।…
शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…