सरोकार पोस्ट

गौमुखी भ्रमण-वर्ष २०८२ प्रर्वद्धनकालागि महासंघ बिच सहकार्य

Advertisement

जोगिन्द्र मल्ल
प्यूठान । प्यूठान जिल्लाक‍ै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार – प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ ।
गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्यमा जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो ।

सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको हो । शुभारम्भ गरिएको भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिकाका सबै वडा र पालिकाले समेत विभिन्न योजना र बजेट विनियोजन गरेको उपाध्यक्ष रानाले बैठकमा जानकारी दिनुभयो । गौमुखी क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गर्ने र पर्यटन सँग स्थानिय स्तरमा रोजगारी र आयआर्जनका कृयाकलाप बढाउन भ्रमण वर्ष आयोजना गरिएको उहाँले बताउनुभयो । भ्रमण वर्षको प्रचार प्रसार आवश्यक रहेकाले पालिकाले सबै प्रकारका मिडिया सँग सहकार्य गरेर गतिविधि गर्न लागेको जानकारी दिनुभयो । उहाले भन्नू भयो,`पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी, झ्याउरे, पञ्जेबाँचा लगायत कला संस्कृतिको समेत प्रर्वद्धन हुने छ ।´
गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको थियो । उक्त भ्रमण बर्षको कार्यक्रम अगाडी बढाइएकोले सबै पक्षबाट कार्यक्रम सफल पार्न गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले अपिल गर्नुभएको छ । पालिका भित्र अनेकौं प्राकृतिक सौन्दर्य सँगै गौमुखी, बाइसमुल झरना, झाक्रिढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका पर्यटकिय आकर्षक गन्तव्यहरु छन ।
गाउँपालिकाले थालेको पर्यटन वर्षको कार्यक्रम जिल्लाकै लागि महत्वपूर्ण भएको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो । उहाँले यस भ्रमण वर्षलाई सफल बनाउन सबै सञ्चार माध्यमसँग सहकार्य गरि कार्यक्रम सफल बनाउने बताउनु भयो ।
पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ । आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २/४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ ।
यसअघि आर्थिक वर्ष २०७६/०७७ लाई गौमुखी पर्यटन वर्षको रुपमा मनाउने नीति अख्तियार गर्दै गौमुखीमा पर्यटन प्रर्वद्धनका लागि मिडिया सम्मेलन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...