Skip to main content

सरोकार पोस्ट

पालिका

प्यूठानमा आधुनिक धान रोपाइ सुरु, मेसिनबाट धान रोपाईं

प्यूठानमा आधुनिक धान रोपाइ सुरु, मेसिनबाट धान रोपाईं

प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्यूठानले धान रोप्नका लागि आधुनिक नयाँ प्रबिधि भित्र्याएकोछ । कार्यालयले प्यूठान नगरपालिका मरन्ठानामा चैते धान रोप्न आधुनिक मेसिनको सफल परिक्षण गरेको हो । बुधबार प्यूठान नगरपालिका ९ मरन्ठानाका शिब बहादुर केसीको खेतमा मेसिनबाट चैतेधान रोपेर परीक्षण गरिएको परियोजना प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि सफलतापुर्बक धान रोपाइ गरिएको उनले बताए । उनले भने," अब परम्परागत धान खेतीलाई आधुनिकिक तरिकाबाट गर्न प्रबिधिले सहज बनाएको छ । यो प्रबिधि गाउँ गाउँ सम्म कर्मिक रुपमा बिस्तार हुन्छ ।" धान रोप्नका लागि आधुनिक प्रबिधि प्रयोग गर्दा मानवीय…
Read More
प्यूठानमा चार युवाले सञ्चालनमा ल्याए समानता हेल्थ क्लिनिक

प्यूठानमा चार युवाले सञ्चालनमा ल्याए समानता हेल्थ क्लिनिक

प्यूठान, बाग्दुला । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजारमा ४ युवा मिलेर बिशेषज्ञ सेवा सहितको हेल्थ क्लिनिक तथा फार्मेसी सञ्चालनमा ल्याएकाछन् । आधुनिक ल्याव सहित बिशेषज्ञ डाक्टरबाट सेवा प्रवाह गर्ने गरि सञ्चालन भएको समानता हेल्थ क्लिनिकको आज एक कार्यक्रमका बिच प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीले उद्घाटन गरेकाहुन् । उद्घाटन गर्दै उनले भने,`गुणस्तरयुक्त सेवा प्रवाह गर्ने गरि सञ्चालनमा आएको समानता हेल्थ क्लिनिक तथा फार्मेसीले सबै कानुनि मान्यता पूरा गरि दुर दराजका मानिसहरुको स्वास्थ्य सेवा गुणस्तरीय ढंगले प्रदान गरोस् । साथै सामाजिक सेवामा ध्यान पुर्याओस् । ´ उक्त क्लिनिक असिम मल्ल, रिमा जिसी, चित्रा केसी र जुना केसीले संयुक्त रुपमा सञ्चालनमा…
Read More
प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
Read More
प्यूठानका पाँच क्याम्पस र पाँच विद्यालयमा एआई तालिम

प्यूठानका पाँच क्याम्पस र पाँच विद्यालयमा एआई तालिम

३०१ शिक्षक र विद्यार्थीले लिए सहभागिता, प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु सम्बाददाता प्यूठान । जिल्लाका पाँच क्याम्पस र पाँच माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) तथा ChatGPT प्रयोगसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा फागुन २६ देखि चैत २२ गतेसम्म संचालन भएको उक्त तालिममा कुल ३०१ जना सहभागी भएको कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए । फागुन २६ गते अमर माबि भिंगृबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीले उद्घाटन गरि चैत २२ गते स्वर्गद्वारी क्याम्पस पुण्ड्यखोलाबाट तालिम समापन गरेकी छन् । उनले तालिम बिश्व प्रबिधि सँग आफू सुरक्षित रही कसरी सहि सदुपयोग गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएकाले तालिम…
Read More
ऐरावतीमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम

ऐरावतीमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम

शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिकाले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सुरु गरेको छ । श्रमजीविहरुको लागि नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम श्रम तथा श्रमिकको मर्यादा, अभिबृद्धि तथा आन्त्रिक रोजगारी प्रवर्दन गर्ने ,न्यूनतम रोजगारी सिर्जना गर्ने, मानविय मर्यादालाई कायम राख्ने, सबै प्रकारका भेदभावलाई न्यूनिकरण गर्दै लैजाने, अन्तरतह, अन्तरनिकाय र नीजि क्षेत्रसंग बहुपक्षीय साझेदारी गर्ने , स्वदेशमै काम गर्ने संस्कृतिको विकास गर्ने लगायतका उदेश्यले यो कार्यक्रम संचालन गरिएको रोजगार संयोजक विनोद कुमार त्रिपाठीले बताउनुभयो । यो कार्यक्रम गाउँपालिका रोजगार सेवा केन्द्रले सञ्चालन गरेको हो । सेवा केन्द्र मार्फत हालसम्म गाउँपालिकाका वडा नं २,४ र ५ मा यो कार्यक्रम सम्पन्न…
Read More
ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभा सम्पन्न, योजना कार्यान्वन देखि नीति निर्माणमा समेत अग्रसरता

ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभा सम्पन्न, योजना कार्यान्वन देखि नीति निर्माणमा समेत अग्रसरता

प्यूठान । ऐरावती गाउँपालिकाको १७ औं  गाउँ सभामा दुईतिहाई भन्दा बढि योजनाहरु कार्यन्वयनको प्रकृयनको प्रकृयामा रहेको बताईएकोछ । आईतबार सम्पन्न गाउँ सभामा पालिकाकाले कर्मचारी व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सड्क मर्मत र भुक्तानी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारी छनौट, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरिएको, महेन्द्र मावि सराङ्गबेसीको भवन निर्माणको लागि भारतीय राजदुतावासमा आवश्यक पहल , ८ वटा योजनाको ठेक्का, १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य भैरहेको लगायतका कार्यहरु पालिकाबाट भएको पालिका अध्यक्ष नविल बिक्रम शाहले बताउनुभयो । ऐरावती गाउँपालिकाबाट आर्थिक वर्ष २०८१।०८२ का लागि स्वीकृत भएका २९४ वटा योजना मध्ये २१८ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरी…
Read More
भित्रिकोट दरबार र पञ्चमार्ग मुद्राको हुलाक टिकट प्रारम्भ

भित्रिकोट दरबार र पञ्चमार्ग मुद्राको हुलाक टिकट प्रारम्भ

भिमकला कुवर प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् । विभागले सप्ताहव्यापी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा टाँचा प्रदान गरेको छ । सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ । नेपाल बाइसे र चौविसे राज्यमा सञ्चालन अवधिमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको प्युठान नगरपालिका…
Read More
`शैक्षिक गुणस्तर बृद्धिका लागि नौबहिनी सरकार बिद्यालयमा´ शिक्षक सँग शिकाई योजनानै छैन

`शैक्षिक गुणस्तर बृद्धिका लागि नौबहिनी सरकार बिद्यालयमा´ शिक्षक सँग शिकाई योजनानै छैन

प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ…
Read More
खुङ्ग चिन्तामणी हत्या प्रकरण : दिदीसासु र बैनीज्वाइँ बिचको अबैध सम्वन्ध लुकाउन ससुराको हत्या

खुङ्ग चिन्तामणी हत्या प्रकरण : दिदीसासु र बैनीज्वाइँ बिचको अबैध सम्वन्ध लुकाउन ससुराको हत्या

प्यूठान । माघ १८ गते शुक्रबार प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ओखल्ढुङ्गाका चिन्तामणी न्यौपाने (उपाध्याय)को शव खुङ्ग-नारिकोट सडकखण्डमा भेटियो । स्थानियले रक्ताम्य अवस्थामा शव देखेपछि गौमुखी लिवाँसे प्रहरी चौकीमा खवर गरे । त्यहाँबाट प्रहरी घटनास्थलमा पुग्यो । घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको हत्या भएको अनुमान गर्य‍ो । घटना रहस्यमय देखेपछी जिल्ला प्रहरी कार्यालय खलंगामा जानकारी गराईयो । घटनाबारे अनुशन्धान गर्न प्रहरी नायव उपरीक्षक दिपेश बस्यालको नेतृत्वको टोली आफै खट्यो । प्रहरीले स्थानियहरुको गाईगुँई कुरा सुन्दा मृतकको नजिकैको बुहारी नाता पर्ने जेदुकुमारी न्यौपाने र जेदुकुमारीकै बैनीज्वाई पर्ने लोकबहादुर गिरी बिच अबैध शारीरिक सम्बन्ध भैरहेको देखेपछि ती मृतक ससुराले घरको ढोका…
Read More
गौमुखी गाउँपालिकाले वडा विभाजनको प्रकृया अघि बढायो

गौमुखी गाउँपालिकाले वडा विभाजनको प्रकृया अघि बढायो

प्यूठान । गौमुखी गाउँपालिकालिले वडा बिभाजन गर्ने भएको छ । गौमुखि गाउँपालिका गाउँसभाको १८ औ अधिबेशनले वडा नं ३ लाइ विभाजनको प्रकृया गाउँसभाबाटै सर्बसम्मत रुपमा अगाडि बढाएको हो । स्थानियको मागलाई मध्यनजर गर्दै वडा नं ३ रजवारालाई दुईवटा वडामा बिभाजन गर्ने सर्ब सम्मत निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,`गाउँपालिकाको गाउँ सभाबाट सर्ब सम्मत रुपमा वडा विभाजन गर्ने सहमति भएकोछ । हामीले जिल्ला समन्वय समिति, प्रदेश हुँदै संघमा सिफारिस गर्ने हो । त्यही अनुरुप गर्छौं ।´ उहाँका अनुसार वडा विभाजनको प्रकृया गाउँपालिकाले सर्ब सम्मत रुपमा अघाडी बढाएकोछ । यसै बिच १८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाई…
Read More