बाबुराम के.सी
प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ ।
पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरी १ करोड २१ लाख ४४ हजार ५९२ रुपैया बजेट प्रस्ताव सहित नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थासँग पालिका अध्यक्ष बिष्णुकुमार गिरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद सुबेदीले सम्झौता गर्नु भएको हो ।उक्त बजेट २५ प्रतिशत जनश्रमदान सहित प्रस्ताव गरिएको हो ।

मानव स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको `शुद्ध पानी´ धारा घरघरमा पुर्याउने अभियानलाई निस्कर्षमा पुर्याउन पालिकाका अध्यक्ष सहित सबै जनप्रतिनिधि बिगतका बर्षदेखिनै कसरत गर्नु भएको थियो । पालिकामा ७५ प्रतिशत घरधुरीहरुमा घरघरमा धारा भैसकेको भएपनि शुद्धता मापदण्ड कायम हुने गरि बितरण प्रणालीलाई व्यवस्थित बनाउने काम बाँकी रहेकध अध्यक्ष गिरीले बताउनुभयो ।`नेवा´सँगको समन्य र सहकार्यले अभियान निश्कर्षमा पुग्ने भएपछि नागरिकको तर्फबाट पालिका अध्यक्ष गिरीले खुसी ब्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो,”घरघरमा धारा जोड्यौँ भने विशेषगरी महिला, बालबालिका र बृद्धहरूको दैनिक जीवन सहज हुनेछ । स्वास्थ्यमा सुधार आउने र समुदायमा समयको बचत हुने अपेक्षा गरिएको छ।”

उहाँले उक्त आयोजना गाउँपालिकाको दीर्घकालीन योजना अन्तर्गतको ऐतिहासिक कदम भएको बताउदै अभियानलाई निरन्तरता दिईने पनि भयो । कुनै पनि नागरिक शुद्ध खानेपानीको अभावमा रहन नपर्ने गरि आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष गिरीको भनाईछ ।
गाउँपालिकामा ५ हजार ५ सय ८६ घरधुरीको जनसंख्या २५ हजार ४ सय २१ छ । छन् । यश बर्ष तीनवटा वडामा `नेवा´सँगको सहकार्यमा पालिकाले खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि गाउँमा उत्साह थपिएकोछ।



