सरोकार पोस्ट

ताजा खबर

का‌ङ्ग्रेस महामन्त्री थापाले पेश गरे कृयाशिल सदस्यता बिबरण

का‌ङ्ग्रेस महामन्त्री थापाले पेश गरे कृयाशिल सदस्यता बिबरण

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० रहेको र तीमध्ये १४ औँ महाधिवेशनमा ४ लाख २३ हजार ४३४ नवीकरण भएको, ४ लाख ४७ हजार ३४६ नयाँ सदस्यता लिएको र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ रहेको उल्लेख छ । क्रियाशील सदस्यता नवीकरणको फारम २०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन शुरू गरिएको र अहिलेसम्म ८ लाख ७० हजार ८८४ सदस्यता नवीकरण फारम पठाइसकिएकोसमेत उल्लेख छ । प्रतिवेदनमा महामन्त्री थापाले जिल्लाबाट विवरण आउने क्रम जारी रहेको बताएका छन् । असार…
Read More
डा .विनय दाहालको नयाँ गीत  ‘सहीछाप’ सार्वजनिक

डा .विनय दाहालको नयाँ गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत 'सहीछाप 'सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन। लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा…
Read More
असार १३(आजै) SEE नतिजा सार्वजनिक हुदै

असार १३(आजै) SEE नतिजा सार्वजनिक हुदै

काठमाडौं । आज असार १३ शुक्रबार, अपराह्न ५ बजे राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षा २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ। हिजो राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सम्पन्न भइसकेको छ। डेमो देखाउने कार्यक्रम भैसको छ। डेमो परिक्षण भएकोले अन्य प्राविधिक समस्या देखा परेन भने, आज नै नतिजा सार्वजनिक गरिने परिषदले जनाएको । - परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० नतिजा प्रकाशन भए पछि निम्न तरिका बाट नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।
Read More
प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठान । क्षयरोग (टिबी) संक्रमित व्यक्तिहरूका नजिक रहेका मानिसहरूमा सुषुप्त क्षयरोग संक्रमणको पहिचान गरी निःशुल्क उपचार गर्ने सरकारको रणनीति अनुसार प्यूठानका दुई नगरपालिकामा स्वास्थ्य परीक्षण कार्य भईरहेको छ। ‘क्षयरोग रोकौँ, क्षयरोग अन्त्य गरौँ’ भन्ने मुख्य नारासहित सुषुप्त क्षयरोग उपचार (3HP) कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानले Birat Nepal Medical Trust (BNMT, Nepal) को प्राविधिक सहयोगमा स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकामा क्षयरोगको परीक्षण कार्य सुरु गरेको हो। टिबी संक्रमितको सम्पर्कमा रहेका, तर कुनै लक्षण नदेखिएका व्यक्तिहरूको Tuberculin Skin Test र रगतमा IGRA विधिबाट परीक्षण गरी उपचार गर्ने प्रणाली अनुसार परीक्षण भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका प्रमुख राजकुमार जैसवालले जानकारी दिए। हालसम्म प्यूठान…
Read More
प्यूठानका ९ स्थानीय तहको ५ अर्ब ७९ करोडको बजेट सार्वजनिक “मूलदेखि मुखसम्म”, “खेतबारीमा तरकारी, घरघरमा रोजगारी”, “फर्क युवा, बन उद्यमी” जस्ता कार्यक्रमलाई प्राथमिकता

प्यूठानका ९ स्थानीय तहको ५ अर्ब ७९ करोडको बजेट सार्वजनिक “मूलदेखि मुखसम्म”, “खेतबारीमा तरकारी, घरघरमा रोजगारी”, “फर्क युवा, बन उद्यमी” जस्ता कार्यक्रमलाई प्राथमिकता

प्यूठान — २०८२ असार प्यूठान जिल्लाका ९ वटै स्थानीय तहहरूले आ.व. २०८२/८३ का लागि करिब ५ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन्। कतिपय पालिकाले नवीन कार्यक्रम अघि सारेका छन् भने कतिपयले पुरानै महत्वकांक्षि योजनाहरूलाई निरन्तरता दिएका छन्। 🔹 स्थानीय तहअनुसार बजेट विवरणः नवीन कार्यक्रम: के–के छन् नयाँ ? गौमुखी गाउँपालिका “मूलदेखि मुखसम्म पानी अभियान” – एक घर, एक धारा योजना कार्यान्वयन गरिने। मल्लरानी गाउँपालिका “खेतबारीमा तरकारी, घरघरमा रोजगारी” – उत्पादन आधारित अनुदानलाई प्राथमिकता। नौबहिनी गाउँपालिका “फर्क युवा, बन उद्यमी” – विदेशबाट फर्किएका युवालाई कृषि उद्यमतर्फ आकर्षण। सरुमारानी गाउँपालिका – डिजिटल शिक्षा प्रवर्द्धन कार्यक्रम र छोरी…
Read More
“अनधिकृत समूहको प्रभावमा बजेट निर्माण भएको कांग्रेसको आरोप”

“अनधिकृत समूहको प्रभावमा बजेट निर्माण भएको कांग्रेसको आरोप”

देउखुरी, लुम्बिनी — लुम्बिनी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट लोकतान्त्रिक मूल्य, न्यायोचित विकास र जनताको वास्तविक आवश्यकता विपरीत रहेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।
Read More
प्यूठानमा बजेट ‌‌‍– सडक सञ्जाल सहित कृषि र पर्यटन विकासमा जोड – पूर्ण पाठ सहित

प्यूठानमा बजेट ‌‌‍– सडक सञ्जाल सहित कृषि र पर्यटन विकासमा जोड – पूर्ण पाठ सहित

लुम्विनी प्रदेश सरकारका अर्थमन्त्री धनेन्द्र कार्किले आ.व. २०८२/०८३ का लागि प्रदेश शभामा प्रस्तुत गरेकाे बार्षिक बजेटमा प्यूठानका प्रमुक सडक निर्माण सँगै कृषि उत्पादन, पर्यटन प्रवद्धन, खानेपानी, भौतिक पुर्वाधारका योजनाहरु प्राथमिक्तामा परेकाछन् । कृषि उपजहरु कोदो, फापर र रातो मुलाको ब्यवसायीक उत्पादन बढाउने र पशुमा लाग्ने खोरेत मुक्त जिल्ला बनाउने गरी योजना अघि सारिएको छ । प्यूठानको कोदोको रक्सी सहित घरेलु मदिरालाइ ब्राण्डींग गर्नका लागी आबश्यक निती अख्तियार गर्ने योजनामा समेटिएको छ । स्वर्गद्धारीको पर्यटन प्रवद्धनका लागी आबश्यक बजेट बिनियोजन गर्दै काइलाबास, धारापानी, स्वर्गद्धारी पर्यटन मार्गको रुपमा बिकास गर्ने योजना अघि सारिएको छ । मेरो बिद्यालय मेरा दायित्व अभियानलाइ सबै बिद्यालयमा…
Read More
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही…
Read More
सांसद र मन्त्रीको योजना सार्वजनिक गर्ने होड, करिब २०० अलपत्र खानेपानी योजना अझै बेवास्ता

सांसद र मन्त्रीको योजना सार्वजनिक गर्ने होड, करिब २०० अलपत्र खानेपानी योजना अझै बेवास्ता

प्यूठान — संघ र प्रदेशका सांसदहरू सामाजिक सञ्जालमा आफ्ना पहलमा आएका विकास योजनाहरू सार्वजनिक गर्ने होडमा लागिरहेका छन्। उनीहरूका समर्थकहरू पनि आ–आफ्नै शैलीमा समर्थन र प्रचारमा सक्रिय छन्। तर विगतदेखि अलपत्र परेका योजनाहरूलाई पूर्णता दिने विषय भने उनीहरूको प्राथमिकतामा परेको देखिँदैन। त्यस्तो योजनाको एउटा उदाहरण हो — प्यूठान नगरपालिका–६, माझकोट झुलेनीको खानेपानी आयोजना। आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको उक्त लिफ्ट खानेपानी योजना प्रदेश सरकारको सहयोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, प्यूठानले सञ्चालनमा ल्याएको हो। करिब ६ करोड लागतको बहुवर्षीय योजनाअन्तर्गत करिब ४ सय घरधुरीबाट प्रति घर १ हजार रुपैयाँ उठाइएको थियो। चार वर्षमा इनार र ट्यांकी निर्माणजस्ता प्रारम्भिक संरचना…
Read More
नेपाली नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्वीर राखौँ : एमाले सांसद थापा

नेपाली नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्वीर राखौँ : एमाले सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली मुद्रामा पृथ्वीनारायण शाह र गौतम बुद्धका तस्वीर समावेश गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, यसो गर्दा नेपाली नोटको मूल्य र गरिमा अझ बढ्नेछ। सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले राष्ट्र एकीकरणमा योगदान पुर्‍याएका ऐतिहासिक व्यक्तित्वहरूको तस्वीर नोटमा समावेश हुनुपर्ने धारणा राखे। उनले स्पष्ट पारे, “म राजावादी होइन, म गणतन्त्रको पक्षमा छु। गणतन्त्र ल्याउनकै लागि लडेको हुँ। तर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्, उनको तस्वीर नोटमा राख्दा त्यसको इज्जत बढ्छ।” त्यस्तै, उनले शान्तिका प्रतिक गौतम बुद्धको तस्वीर पनि नेपाली नोटमा समावेश गरिनु पर्ने बताए। अर्थ समितिको उक्त बैठकमा…
Read More