प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ ।
जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो ।


अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त प्यूठान घोषणा गर्नै पर्ने बताउनु भएकोछ । उहाले आफू प्रतिनिधि सभाको सांसद प्यूठान वासी सबैको भएकाले सबै पक्षले समन्वय गरेर जिल्लाको विकासमा सहकार्य गर्न पनि आग्रह गर्नुभयो । जिल्लामा सबैभन्दा धेरै खानेपानीका योजना अलपत्र र लथालिङ्ग रहेको भन्दै उहाँले प्रयाप्त बजेट सहित योजना सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएकोछ ।


उहाले शिक्षा क्षेत्रको बिग्रदो अवस्थालाई सुधार गर्न आवस्यक रहेको भन्दै उहाले शिक्षकले राजनीति नगरी खुरुखुरु अध्यापन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नू भयो,` स्थानिय तहले उत्कृष्ठ शिक्षक भनेर जस्लाई सम्मान गर्छ, उसैको बिषय र एसईईको नतिजा शून्य हुने कस्तो मुल्यांकन र सम्मान हो ?´ उहाले राजनीति गर्ने मन भएका शिक्षकलाई पदबाट राजिनामा गरी झोला बोकेर फिल्डमा आउन चुनौति समेत दिनुभयो ।
सांसद थापाले जिल्ला सभालाई शुभकामना दिदै राम्रो अभ्यास भएका जिल्लाका समन्वय समितिको भ्रमण गर्न र शिकाई आदान प्रदान गर्न समेत आग्रह गर्नुभएकोछ ।

यस्तै प्रदेश सांसद निमा गिरीले जिल्लाको बिकासलाई प्रभावकारी बनाउन योजना छनोट गर्दा खल्तीबाट होईन, आयोजना बैंक बनाएर एकद्वार प्राणालिबाट गर्नुपर्ने धारणा राख्नुभयो । उहाले जिल्लाको विकासका लागि सबै पक्ष आपसमा समन्वय गरेर अगाडि बढ्नु पर्नुेमा जोडदिनुभयो ।



