प्यूठान । हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड प्यूठान शाखामा आबद्ध अभिकर्ता प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ का रिखिराम राउत(रिकेष)ले लगातार तेस्रो पटक एमडिआरटीमा ह्याट्रिक हानेका छन् ।

उनि सन् २०२५ का लागि विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्बोच्च अन्तर्राष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE(MDRT)- 2025 का लागि छनोट भएको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोका क्षेत्रीले बताए ।
लगातारको मेहनतले आफू लक्ष्य हाँसिल गर्न सफल भएकोमा राउतले खुसी व्यक्त गरे । उनले भने,`हरेक मानिसलाई जीवन विमा अत्यावश्यक छ । कुन समयमा के हुन्छ? कस्लाई के थाहा छ र ? बिमा गरौँ, भविष्य सबल बनाओैँ ।´




