देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्। १ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो । जरिबाना छुटको व्यवस्था…
मधुसुदन भण्डारी प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको…
१३ श्रावण । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। "नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको 'राजा' मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो," डा. भट्टराईले भने। बराहपुराणमा…
प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो । अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान…
प्यूठान । नौबहिनी गाउँपालिकामा बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजना तथा सार्प रिसर्च सेन्टर प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा एक दिवसीय बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बाल विवाहलाई शुन्यमा पुर्याउन गाउँपालिकाले १० वर्षे रणनीति तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जनस्तरमा अझै चेतनाको अभावले बाल विवाह हुने गरेको बताउदै अबको १० वर्षमा शुन्यमा पुर्याउन धार्मिक, सांस्कृतिक एवं विविध पक्षका कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम भैसके पनि जनस्तरमा दिगो संकल्पका…
काठमाडौं । आज असार १३ शुक्रबार, अपराह्न ५ बजे राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षा २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ। हिजो राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सम्पन्न भइसकेको छ। डेमो देखाउने कार्यक्रम भैसको छ। डेमो परिक्षण भएकोले अन्य प्राविधिक समस्या देखा परेन भने, आज नै नतिजा सार्वजनिक गरिने परिषदले जनाएको । - परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० नतिजा प्रकाशन भए पछि निम्न तरिका बाट नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।
डिजिटल साक्षरतादेखि एआई प्रयोगसम्मको अभ्यासले विद्यार्थीलाई बनायो प्रविधिमैत्री प्युठान । "प्रविधिमा दक्ष युवा : भविष्यको समृद्ध नेपालको आधार" "सशक्त विद्यार्थी, सुरक्षित डिजिटल यात्रा" भन्ने अभियान सहित प्युठान जिल्लाका ११ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी ८ दिने विशेष तालिम सम्पन्न भएको छ। जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमले डिजिटल शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI), र साइबर सुरक्षा जस्ता समसामयिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ। विद्यार्थीलाई प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिकको रूपमा तयार पार्ने तालिमको मुख्य उद्देश्य रहेको सामाजिक बिकास डिभिजन कार्यालयका ईन्जिनियर…
नतिजा सुधार गर्न निजी विद्यालयसँग साझेदारी काठमाडौं । सरकारले विद्यालय शिक्षामा ‘शिक्षक बैंक’ को नयाँ अवधारणा ल्याएको छ । शिक्षकको अभाव हुन नदिन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षक बैंकको अवधारणा ल्याएको हो । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक पाउन कठिन भइरहेको छ । विद्यालयहरूले पटक-पटक विज्ञापन निकाल्दा पनि शिक्षक पाउन मुस्किल भएपछि सरकारले शिक्षक बैंक स्थापना गर्न लागेको हो । ‘शिक्षक अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै भने, ‘स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ ।’ शिक्षा मन्त्रालयका अनुसार शिक्षक बैंक भनेको शिक्षकहरूको पुल…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पुर्ब शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनको बलमा ऐन बनाउन नहुने प्रतिकृया दिएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद श्रेष्ठले समय तोकेर ऐन बनाउने सहमति गर्न नहुने धारणा राखिन् । ‘आन्दोलनको भरमा विधेयक बन्दैन । आन्दोलनले मुद्दा स्थापित हुन्छ । तर विधेयक बनाउन यति दिन उति दिन भन्ने होइन । मिहीन ढंगले गर्नुपर्ने हुन्छ,’ उनले तर्क राखिन् । शिक्षक महासंघ सँग १५ असार भित्र ऐन जारी गर्ने सहमतिको प्रसंगमा सांसद श्रेष्ठले यो विषय उठाएकी हुन् । ‘सडक र दलको प्रेसरबाट विधेयक बन्दैन,’ उनले भनिन्, ‘त्यो बेला विद्यार्थीको…
काठमाडौं । `जलवायु परिवर्तन र लोकतन्त्रमा नागरिक समाज र प्रेस´ भन्ने सवालमा बहस गर्न नेपाल प्रेस युनियनले पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सञ्चालन गर्ने भएको छ। समिटको मुख्य नारा ‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ तय भएको युनियनले जनाएकोछ । समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो । बैशाख २७ गते काठमाडौं बाट समिट सुरु हुनेछ भने पोखरा, जोमसोम हुँदै मुस्ताङ्गको ऐतिहासिक लोमाङ्थाङ्ग पुगेर निश्कर्ष सहितको घोषणापत्र जारी गर्दै ३१ गते सम्पन्न हुने बताईएको छ । समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन,…