
देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए।

लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्।
१ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।
जरिबाना छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।
विभिन्न कारणले सवारी साधनको वार्षिक कर बुझाउन नसकेका र नवीकरण नगरेका सेवाग्राहीलाई सहुलियत दिने उद्देश्यले २० प्रतिशतदेखि सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने सबै सवारीधनीको हकमा छुटको व्यवस्था गरिएको मन्त्री न्यौपानेले बताए ।
मन्त्रालयका अनुसार बर्सेनी कर नबुझाएमा २० प्रतिशतका दरले जरिवाना थपिँदै जान्छ । अब सरकारको यो सुविधाअन्तर्गत वार्षिक कर नबुझाएको अवधिका आधारमा उक्त अवधिमा हुन आउने वार्षिक करको जरिबानामा ७५ प्रतिशत छुट हुने छ । 
यो सुविधाले लुम्बिनी प्रदेशका यातायात व्यवसायीलाई पनि ठूलो राहत मिलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए ।
यो सहुलियतले वार्षिक कर नबुझाएका यातायात व्यवसायीलाई करको दायरामा पनि ल्याउने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा वार्षिक कर नबुझाएका मध्ये ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरे । यसले राज्यलाई एकमुष्ट राजस्व संकलन हुने समेत उनको भनाइ छ
लुम्बिनी प्रदेशले लागु गरेको यो व्यवस्था सबै प्रदेशमा लागु गर्न सके देशैभरका यातायात व्यवसायीले लाभ लिन सक्ने उनले बताए ।
हमालका अनुसार प्रदेशमा भएका कुल सवारीसाधन मध्ये वार्षिक कर नबुझाएका सवारी साधनको संख्या १० प्रतिशत छ । खासगरी पुराना गाडीहरूको कर नियमित बुझाइएको छैन ।



