Skip to main content

सरोकार पोस्ट

लुम्बिनी प्रदेशमा समयमै कर नबुझाउने सवारी धनीलाई कर छुटको अवसर

Advertisement


देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए।

लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्।
१ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।
जरिबाना छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।
विभिन्न कारणले सवारी साधनको वार्षिक कर बुझाउन नसकेका र नवीकरण नगरेका सेवाग्राहीलाई सहुलियत दिने उद्देश्यले २० प्रतिशतदेखि सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने सबै सवारीधनीको हकमा छुटको व्यवस्था गरिएको मन्त्री न्यौपानेले बताए ।
मन्त्रालयका अनुसार बर्सेनी कर नबुझाएमा २० प्रतिशतका दरले जरिवाना थपिँदै जान्छ । अब सरकारको यो सुविधाअन्तर्गत वार्षिक कर नबुझाएको अवधिका आधारमा उक्त अवधिमा हुन आउने वार्षिक करको जरिबानामा ७५ प्रतिशत छुट हुने छ ।
यो सुविधाले लुम्बिनी प्रदेशका यातायात व्यवसायीलाई पनि ठूलो राहत मिलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए ।
यो सहुलियतले वार्षिक कर नबुझाएका यातायात व्यवसायीलाई करको दायरामा पनि ल्याउने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा वार्षिक कर नबुझाएका मध्ये ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरे । यसले राज्यलाई एकमुष्ट राजस्व संकलन हुने समेत उनको भनाइ छ
लुम्बिनी प्रदेशले लागु गरेको यो व्यवस्था सबै प्रदेशमा लागु गर्न सके देशैभरका यातायात व्यवसायीले लाभ लिन सक्ने उनले बताए ।
हमालका अनुसार प्रदेशमा भएका कुल सवारीसाधन मध्ये वार्षिक कर नबुझाएका सवारी साधनको संख्या १० प्रतिशत छ । खासगरी पुराना गाडीहरूको कर नियमित बुझाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...