सरोकार पोस्ट

त्रुटीवस विद्यालयको नाममा पसलले बिल काट्यो: भण्डारी

Advertisement

प्यूठान — लुप्लुङ्ग माध्यमिक विद्यालयको नाममा सामग्री खरिद गरिएको विषयले अहिले विवादको रूप लिएको छ। विद्यालयले औपचारिक विज्ञप्ति जारी गर्दै प्रक्रियाविपरीत सामग्री खरिद भएको दाबी गरेको छ भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम भण्डारीले भने यसलाई “मानवीय त्रुटि” मात्र भएको बताएका छन्।


विद्यालयको विज्ञप्तिअनुसार विभिन्न मितिमा पटक–पटक विद्यालयको नाममा बिल जारी भएको पाइएको छ। यस्तो कार्य विद्यालय व्यवस्थापन समिति वा सम्बन्धित निकायको पूर्व निर्णय र योजना बिना गरिएको भन्दै विद्यालयले कानुनी प्रक्रियाको उल्लंघन भएको संकेत गरेको छ। सामान्यतया सार्वजनिक संस्थाको नाममा कुनै पनि सामग्री खरिद गर्न औपचारिक निर्णय, प्रक्रिया र अभिलेख आवश्यक पर्ने भए पनि सो प्रक्रिया नअपनाइएको विज्ञप्तिमा उल्लेख छ।
रंग(पेन्ट) को कारोबार गरेको फर्म अलगै रहेकोले प्रकृया बिपरित उधारोमा खरिद गरिएका सामग्री विद्यालयमा प्रयोग नभएको र व्यक्तिगत प्रयोजनमा गएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसले विद्यालयको नाम प्रयोग गरी व्यक्तिगत लाभ लिने विषय गम्भीर भएको निष्कर्ष निकालेको छ।
तर, अध्यक्ष भण्डारीले आफ्नो फेसबुक पेजबाट दिएको सार्वजनिक स्पष्टीकरणमा भने आफूले विद्यालयका लागि रंगरोगन सामग्री अर्डर गर्ने क्रममा व्यक्तिगत सामग्री पनि सँगै अर्डर भएको र आपूर्तिकर्ताबाट बिलिङ त्रुटि भएको दाबी गरेका छन्। उनले विद्यालयले कुनै भुक्तानी नगरेको र सम्बन्धित रकम आफूले व्यक्तिगत रूपमा तिर्ने बताएका छन्। तर अध्यक्ष भण्डारीले बिद्यालयकै कामको लागि भन्दै विभिन्न मितिमा निर्माण सामग्री लगेको भन्दै विद्यालयलाई कारोबार गरिएको फर्मबाट आधिकारिक पत्रनै पठाएको देखिन्छ।


यद्यपि विद्यालयले भने “पटक–पटक बिल जारी भएको” तथ्यले साधारण त्रुटि मात्र भन्ने दाबीप्रति प्रश्न उठाएको छ। एकभन्दा बढी मितिमा दोहोरिएको बिलिङलाई सामान्य भूलका रूपमा लिन नसकिने भन्दै विद्यालयले यसबारे थप छानबिन आवश्यक रहेको जनाएको छ।
यस प्रकरणले सार्वजनिक संस्थामा वित्तीय अनुशासन, निर्णय प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय सरोकारवाला तथा अभिभावकहरूबीच पनि उक्त विषय चासोको केन्द्रमा पुगेको छ।

यसअघि यस प्रकरणको विषयमा केही अनलाईन मिडियाबाट अध्यक्ष भण्डारीले नियम बिपरित नियतवस विद्यालयको नाममा उधारो बाँकी राखि सामग्री लगेर आफ्नै घर बनाएको समाचार सामग्री प्रकाशन भएको थियो । तर नेपाल पत्रकार महासंघ प्यूठान शाखा अध्यक्ष समेत रहेका भण्डारीले तथ्यहिन समाचार सम्प्रेषण गरी अपराध मुलक काम गरेको प्रतिकृया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...