सरोकार पोस्ट

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

Advertisement

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
पदभार सम्हाल्नेबित्तिकै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। यसअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन सरकारले रोकेको थियो।
विगत एक दशकदेखि चर्चामा रहेका घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले करिब आठ वर्षअघि पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई ‘लोडसेडिङमुक्त’ घोषणा गरिएको थियो। वि.सं. २०७३ सालको तिहारबाट शहरहरूमा र २०७५ साल वैशाखमा पूरै देशबाट लोडसेडिङ अन्त्य भएको थियो।
वि.सं. २०७८ साउनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा नियुक्त भएका थिए। त्यसबेला तत्कालीन ओली सरकार र उनीबीच टकराव देखिएको थियो। विशेष गरी, उद्योगहरूले डेडिकेटेड र ट्रङ्कलाइनको महसुल नतिरेकाले प्राधिकरणले लाइन काट्ने प्रयास गर्दा सरकारले रोकेको थियो। यसै विवादका कारण तत्कालीन केपी ओली नेतृत्वको सरकार घिसिङसँग असन्तुष्ट बनेको थियो र उनलाई ६ महिनाअघि पदबाट हटाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...