सरोकार पोस्ट

लुम्बिनी प्रदेश

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो । दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट…
Read More
विजयद्धारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

विजयद्धारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

चक्र के सी कपिलबस्तु । विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान संचालनमा ल्याएको हो । सोमबार र मंगलबारमात्र संस्थाले कपिलबस्तु जिल्लाको इमिलिया र लबनी शाखाद्वा १०० बढी सदस्य तथा चितवनको माडि शाखाद्वारा ७० भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इमिलिया र लबनी शाखामा आयोजित कार्यक्रममा संस्थाका १४ नं. कलस्टर प्रमुख चक्र केसीले संस्थाको परिचय सहित बर्तमान अवस्था, समसामयिक समस्याहरु…
Read More
लुम्बिनी प्रदेशको पाँचौ  अधिवेसन आह्वानकालागि  सिफारिस गर्ने

लुम्बिनी प्रदेशको पाँचौ अधिवेसन आह्वानकालागि सिफारिस गर्ने

देउखुरी, ८ पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।‘पाँचौ अधिवेसन आह्वानकोलागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भन्नुभयो,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो…
Read More
भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

भित्रिकोट महोत्सवमा गैरकानुनी रुपमा पार्किङ्ग शुल्क अशुली, दम्ती सब-स्टेसनको ३३ केभिए लाईन पनि बन्द

बाबुराम के सी प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी वसपार्क नजिकै सञ्चालन भैरहेको `प्रथम भित्रिकोट प्यूठान महोत्सव´को अवलोकन गर्न आउने दर्शकबाट आयोजकले अबैधानिक रुपमा सवारी पार्किङ शुल्क असुल्दै आएकोछ । महोत्सव सञ्चालनका लागि बेलुवा- दाम्ती करिडोरको सडक समेत ओगटेर पौष ५ गते देखि महोत्सव सञ्चालन भैरहेकोछ । उक्त सडकको बैकल्पिक व्यवस्था गरिएको भएपनि सडकमा ओहोरदोहोर गर्ने स्थानिय बासिन्दाहरुबाट समेत पार्किङ्ग शुल्क भन्दै पैसा मागेको गुनासो आएको हो । महोत्सव सञ्चालनका लागि घेराबार गरेको क्षेत्रको मात्र दैनिक २ हजारका दरले नगरपालिकालाई मनोरञ्जन कर तिर्नु पर्ने तर पार्किङ्गका लागि समन्वय नभएको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । उहाले…
Read More
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको नेतृत्वमा वस्याल

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको नेतृत्वमा वस्याल

बाँके । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । उनी बाँकेबासी हुन् । बरिष्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सित्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता नेपाली ( बाँके) निर्वाचित भएका…
Read More
नौबहिनी अध्यक्ष कपको उपाधी वडा नं ७ र १ लाई

नौबहिनी अध्यक्ष कपको उपाधी वडा नं ७ र १ लाई

भिमकला कुवर प्यूठान । बिहीवारदेखि सुरु भएको नौबिनी गाउँपालिकाको दोस्रो अध्यक्ष कप प्रतियोगिताको उपाधी पुरुष तर्फ ७ नं वडा र महिला तर्फ १ नं वडाले हासिल गरेकाछन् । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवार अध्यक्ष कप खेल अन्तर्गत भलिवल खेल उद्घाटन भएको थियो । शनिवार सम्पन्न अध्यक्ष कप अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकोमा ८ वटै वडाबाट पुरुष र महिलाहरुको टिम खेलमा सहभागी भएकाे खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने ७ नं वडाले टिमले ६१ हजार १ सय ११ रुपैंया नगद…
Read More
नेपाली काङग्रेस प्यूठानको पालिका स्तरीय सम्मेलन सुरु

नेपाली काङग्रेस प्यूठानको पालिका स्तरीय सम्मेलन सुरु

प्यूठान । नेपाली काङग्रेस प्यूठानले सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेकोछ । शनिवार सरुमारानीको बांगेसालबाट अभियान सुरु गरेको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभएक‍ो ह‍ो । समेलनमा पाटी निकट बिभिन्न भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिएको कांग्रेसले जनाएकोछ । सरुमारानी गा पा सभापति लक्ष्मण जि सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी रहनुभएको थियो। कार्यक्रमको बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरि र रोल्पा जिल्ला सभापति किशोर आचार्य हुनुहुन्थ्यो । यस्तै अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य माननिय धनलक्ष्मी…
Read More
दलित पत्रकार संघ प्यूठान लुम्बिनी प्रदेशकै उत्कृष्ट

दलित पत्रकार संघ प्यूठान लुम्बिनी प्रदेशकै उत्कृष्ट

बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठान लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा आयाेजित राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट प्यूठान सहित कपिलबस्तु र रुपन्देही शाखालाई उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै आएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवाल, राष्ट्रिय दलित पत्रकार…
Read More
`सुतेका जनताको मलाई मतलव छैन, उठेकालाई सहयोग गर्छु´: सांसद थापा

`सुतेका जनताको मलाई मतलव छैन, उठेकालाई सहयोग गर्छु´: सांसद थापा

प्यूठान । संघिय सांसद सुर्य बहादुर थापाले सुतेर बसेका जनतालाई आफूले नउठाउने भन्दै उठेका जनताका आवस्यकता पूरा गर्ने बताउनु भएको छ । प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकाले प्यूठान नगरपालिका ७ टिकुरी बसपार्कमा आयोजना गरेको प्रथम भित्रिकोट कृषि तथा पर्यटन महोत्सवको उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै उहाले विकासका लागि सचेत जनता र उठेर जागरुक भएका जनताको मात्रै आवस्यकता पूरा गर्ने उद्घोष गर्नुभयो । तर उहाले विकास योजना कसरी माग गर्न नजान्ने र चेतना स्तर कम्जोर भएका जनताको स्तर वृद्धि गर्ने आफ्नो जिम्मेवारी हो कि होईन भन्ने बिषयमा केही उल्लेख गर्नु भएन । भिडियो उहाले देशमै रोजगार सिर्जना गरि युवालाई स्वरोजगार…
Read More
कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

प्यूठान । नेपाली कांग्रेस प्यूठानले स्थानिय तह केन्द्रीत सम्मेलन भोलीदेखि सञ्चालन गर्ने भएकोछ । पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालमा सम्मेलन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले बताउनुभयो । पौष ७ गते माण्डवीमा सम्मेलन हुने उहाले बताउनुभयो । पौष १६ गते भित्र जिल्लाका ९ वटै स्थानियमा सम्मेलन सम्पन्न गर्ने गरि कांग्रेसले कार्यतालिका सार्बजनिक गरेको हो । समेलनमा पाटी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिने कांग्रेसले जनाएकोछ । सम्मेलनमा सम्बन्धित स्थानियत तहका सबै भातृ तथा शुवेच्छुक संगठनका नेतृत्वले कार्यकर्ताको सहभागिता गराउन नेपाली कांग्रेस प्यूठानले सर्कुलर गरिसकेको जनाएकोछ । कांग्रेसको यश अभियानमा पालिकामा…
Read More