सरोकार पोस्ट

लुम्बिनी प्रदेश

डस्विनमा शिशु फालेको आसंकामा दुईजना पक्राउ

डस्विनमा शिशु फालेको आसंकामा दुईजना पक्राउ

प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा फोहोर फाल्ने डस्बिनमा मृत अवस्थामा भेटिएको सिशुको घटनामा बिषयमा अनुशन्धानका लागि प्रहरीले दुई जना पक्राउ गरेकोछ । बिहिवार डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जाजकारी दिएकोछ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्नता खुल्न आएका परिवर्तित संकेत नाम दर्भान र जलुकेलाई प्यूठान जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । नवजात शिशुको लाश फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी…
Read More
दिपज्योती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, सहकारीलाई एकीकरण गर्नुपर्नेमा जोड 

दिपज्योती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, सहकारीलाई एकीकरण गर्नुपर्नेमा जोड 

 प्यूठान। जिल्लाको प्यूठान नगरपालिका-९ मजुवा स्थित दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न भएको छ। सनिवार प्यूठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले साधारण सभाको उद्घाटनगर्नुभएको हो ।  उद्घाटन गर्दै वडा अध्यक्ष केसीले सहकारीको माध्यमबाट नागरिक र सहकारी सदस्यहरुको जीवनस्तर सुधार गर्नेखालका कार्यक्रम ल्याउनु पर्ने बताउनुभएको छ। साधारण सभाको प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष केसीले मुलुकमा पछिल्लो समय सहकारी प्रति गलत धारणा भएकोले त्यसतर्फ सचेत हुँदै सहकारीको मर्म भावना अनुसार सदस्यहरुलाई सुसूचित बनाउदै  सहकारीको नीति र सिद्धान्त अनुसार काम गर्नुपर्ने बताउनुभएको हो। उहाँले सहकारीलाई समयानुकूल प्रविधि मैत्री बनाउदै उस्तै उस्तै प्रकृतिका सहकारीलाई एकीकरण गर्दै लैजानुपर्नेमा जोड…
Read More
फोनिज प्यूठानको अध्यक्षमा बुढामगर, सामाजिक सञ्जाल दुरुपयोगले पत्रकारीता क्षेत्रमा असर

फोनिज प्यूठानको अध्यक्षमा बुढामगर, सामाजिक सञ्जाल दुरुपयोगले पत्रकारीता क्षेत्रमा असर

प्यूठान । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर चयन भएकाछन् । आज पत्रकार महासंघको सुचना केन्द्र बिजुवारमा भएको छैटौ जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा १३ सदसिय जिल्ला कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सुवारत श्रेष्ठ र सचिबमा शुसिला बुढामगर चयन भएकाछन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सहज प्रबिधि र ईन्टरनेटको सहजताले सोझै नागरिक सम्म विभिन्न सुचना प्रवाह हुने भएका कारण तथ्यगत बिषयमा नागरिक अन्यौलमा परेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि एवम नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले पत्रकारिताको बिश्वसनियता कम्जोर बनाउने, विभिन्न किसिमका भिडलाइ उत्तेजित बनाउने, सामाजिक अश्लीलता प्रदर्शन गर्नेहरुले सामाजिक सञ्चालन दुरुपयोग गरेकाे बताए । उनले भने, ´निश्चित समय…
Read More
प्यूठानका स्थानिय रुटको सवारी भाडादर निर्धारण टुंगो लगाउने तयारी अन्तिम चरणमा

प्यूठानका स्थानिय रुटको सवारी भाडादर निर्धारण टुंगो लगाउने तयारी अन्तिम चरणमा

प्यूठान । संघिय सरकारले जिल्ला सदरमुकाम देखि काठमाडौं सम्मको भाडादर समायोजन सहित निर्धारण गरे सँगै प्यूठानमा पनि स्थानिय रुटहरुमा भाडादर टुंगो लगाउने तयारी अन्तिम चरणमा पुगेकोछ । हाल सम्मको प्रावधान अनुसार काठमाडौं देखि जिल्ला सदरमुकाम सम्म संघले, प्रदेश मुकाम देखि जिल्लाका स्थानिय तहको मुकाम सम्म प्रदेश सरकारले र स्थानिय तहको मुकाम देखि वडा तह सम्म स्थानिय तहले सवारी भाडादर निर्धारण गर्ने भनिएको थियो । तर पछिल्लो समय सरकारले नयाँ कार्यबिधि ल्याएपछि जिल्ला भित्रको व्यवस्थापकिय जिम्मा जिल्ला समन्वय समितिको नेतृत्वमा आएकोछ । जिल्ला स्थानिय रुटमा सवारी गाडीले आफूखुसी महंगो भाडा असुलेको गुनासो आएपछि स्थानिय तह सँग समन्वय गरि आवस्यक छलफल सहित…
Read More
प्यूठानमा आत्महत्या गर्ने बढ्दै गएपछि सरोकारवाला चिन्तित

प्यूठानमा आत्महत्या गर्ने बढ्दै गएपछि सरोकारवाला चिन्तित

प्यूठान । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरु बढ्दै जान थालेका पछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्यूठानका नौ वटै स्थानिय तहका प्रमुख सहितको सरोकारवाला सहितको छलफलले जिल्लामा बढ्दो आत्महत्या दरलाई न्यूनिकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । यश आर्थिक बर्षको सुरुवात देखि पौष २३ गते सम्म प्यूठान जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुशार जिल्लामा विभिन्न तवरबाट २९ जनाले आत्महत्या गरेकाछन् । गत आर्थिक बर्षमा ७९ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव के सीले यो बिषय सामाजिक बिकृतीको रुपमा देखिएको बताए । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशमै…
Read More
लुम्बिनी प्रदेशका उच्च पहाडी भु-भागमा हिमपात र असिना पानी

लुम्बिनी प्रदेशका उच्च पहाडी भु-भागमा हिमपात र असिना पानी

जोगिन्द्र मल्ल प्यूठान । लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात तथा असिनापनीका कारण चिसो बढेकोछ । प्यूठानको स्याउलिवाङ्ग, अर्खा, रजबारा लगायतका ठाउँहरुमा असिनापानीले कृषकले लगाएको गहुँबालीमा समेत क्षेतिपुगेको छ । उच्च भु भागहरुमा हल्का हिमपात भइरहेको छ । आज राती पनि हिमपात सँगै पानी पर्ने मौषम पुर्वानुमान माहाशाखाले जनाएकोछ । मौषम चिसो हुने भएकाले सतर्क रहन र चिसोबाट जोजिन ममहाशाखाले आग्रह गरेकोछ ।
Read More
बाग्दुला-मच्छी सडक मेरै कार्यकालमा पिच गर्छु: मन्त्री थापा

बाग्दुला-मच्छी सडक मेरै कार्यकालमा पिच गर्छु: मन्त्री थापा

प्यूठान । उद्योग तथा यतायात मन्त्री हुँदा प्यूठानमै यातायत कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका बर्तमान लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताएका छन् । नेपाली काङ्ग्रेसको सय दिने अभियान अन्तरगत प्यूठान नगरपालिका ईकाइ कमिटिले गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री राणाले आफू बाल्यकाल हुदाको सडक अहिले पनि जस्ताको तस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने अर्को प्रतिबद्धता व्यक्तगरे । उनले भने, `हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीकाे काम भैरहेकाे छ । बाकी सडककाे कामका लागी थप बजेटकाे ब्यवस्था भैरहेकाे छ । अब…
Read More
कृयाशिल सदस्यता क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं : महामन्त्री  थापा

कृयाशिल सदस्यता क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं : महामन्त्री थापा

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए । ‘जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिनेसमेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न थापाले निर्देशन दिए । चैत मसान्तभित्र २ सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने थापाले बताए । ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई…
Read More
हिमालयनमा लगातार तेस्रोपटक MDRT मा ह्याट्रिक हान्दै राउत

हिमालयनमा लगातार तेस्रोपटक MDRT मा ह्याट्रिक हान्दै राउत

प्यूठान । हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड प्यूठान शाखामा आबद्ध अभिकर्ता प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ का रिखिराम राउत(रिकेष)ले लगातार तेस्रो पटक एमडिआरटीमा ह्याट्रिक हानेका छन् । उनि सन् २०२५ का लागि विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्बोच्च अन्तर्राष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE(MDRT)- 2025 का लागि छनोट भएको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोका क्षेत्रीले बताए । लगातारको मेहनतले आफू लक्ष्य हाँसिल गर्न सफल भएकोमा राउतले खुसी व्यक्त गरे । उनले भने,`हरेक मानिसलाई जीवन विमा अत्यावश्यक छ । कुन समयमा के हुन्छ? कस्लाई के थाहा छ र ? बिमा गरौँ, भविष्य सबल बनाओैँ ।´
Read More
बिपिको मेलमिलाप नीतिलाई अवलम्बन गर्दै कांग्रेस सुदृढिकरणमा जुटौ: प्रा.डा. पोख्रेल

बिपिको मेलमिलाप नीतिलाई अवलम्बन गर्दै कांग्रेस सुदृढिकरणमा जुटौ: प्रा.डा. पोख्रेल

प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रध्यापक डा.गोबिन्दराज पोख्रेलले २०३३ सालमा बिपि कोईरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कांग्रेसका हरेक तहमा उक्त नीतिको अवलम्बन गर्नु पर्ने बताउनु भयो । नेपाली कांग्रेस स्वर्गद्वारी नगरपालिकाले आयोजना गरेको पालिका सम्मेलन तथा ४९ ओैँ मेलमिलाप दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाले बिपिको मार्ग, शिद्धान्त र दर्शनहरु अहिले पनि अपरिहार्य रहेको बताउनु भएको हो । उहाँले भन्नू भयो,`दर्शन र धर्म उस्तै हुन् । त्यसकारण दर्शन महत्वपुर्ण हुन्छ ।´ नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह…
Read More