प्यूठान । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर चयन भएकाछन् ।
आज पत्रकार महासंघको सुचना केन्द्र बिजुवारमा भएको छैटौ जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा १३ सदसिय जिल्ला कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सुवारत श्रेष्ठ र सचिबमा शुसिला बुढामगर चयन भएकाछन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सहज प्रबिधि र ईन्टरनेटको सहजताले सोझै नागरिक सम्म विभिन्न सुचना प्रवाह हुने भएका कारण तथ्यगत बिषयमा नागरिक अन्यौलमा परेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि एवम नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले पत्रकारिताको बिश्वसनियता कम्जोर बनाउने, विभिन्न किसिमका भिडलाइ उत्तेजित बनाउने, सामाजिक अश्लीलता प्रदर्शन गर्नेहरुले सामाजिक सञ्चालन दुरुपयोग गरेकाे बताए । उनले भने, ´निश्चित समय आरक्षणको व्यवस्था गरौ, सधै आरक्षण आवस्य छैन । आर्थिक, सामाजिक, र शैक्षिक क्षमता विकासमा प्रतिस्पर्धा आवस्यक छ ।´ उनले सत्य तथ्य र बिश्वस्थ समाचार भन्दा पनि सेलरोटी हुने ढंगले पत्रकारहरु लाग्न नहुने बताए ।

पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य सुशील पोख्रेलले विभिन्न बर्ग र समुदायले आफ्नो अधिकार प्रत्याभुत गर्न पेशागत सुरक्षाका निमित्त फोनिजले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरे । कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले जिल्लाका स्थानिय तह र सरकारी कार्यालयहरुले सुचना सम्प्रेषण र छपाईको नाममा लाखौँ बजेट छुटिए पनि जिल्लाका मिडिया र पत्रकार आर्थिक रुपमा कम्जोर रहेको बताए । उनले सबै स्थानिय तहमा सुचना तथा छपाईको बजेटमा कसरी खर्च भएको छ भन्ने अब महासंघले खोजि गर्ने बताए ।
यस्तै नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारीले विभिन्न बर्ग र समुदायका हकहित र अधिकारका निमित्त सबै पत्रकार ऐक्यबद्ध भएर सामाजिक मुद्धा उठाउनु पर्ने बताए । यस्तै प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीले जिल्लाका मिडियाहरुलाई स्थानिय सरकारहरुले संरक्षण गर्नुपर्ने र यस बिषयमा पत्रकार महासंघले पनि सोही भुमुका खेल्न जरुरी भएको बताए । 
पत्रकार महासंघ प्यूठानका पुर्ब अध्यक्ष गिरु भण्डारी जिल्लाका मिडिया धानिनै समस्या भैरहँदा जिल्लाका सुचना जिल्ला बाहिर जानू दुखद पक्ष भएको बताए । ´राजनीति दलका लिडरहरुले नै आफ्नो पपुलारिजमका लागि सामाजिक सञ्जालको प्रयोग गरे र दुरुपयोग पनि गरेकाछन् ।´ पत्रकार महासंघ प्यूठानका निबर्तमान अध्यक्ष सञ्जय रिजालले बताए ।



