प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रध्यापक डा.गोबिन्दराज पोख्रेलले २०३३ सालमा बिपि कोईरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कांग्रेसका हरेक तहमा उक्त नीतिको अवलम्बन गर्नु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेस स्वर्गद्वारी नगरपालिकाले आयोजना गरेको पालिका सम्मेलन तथा ४९ ओैँ मेलमिलाप दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाले बिपिको मार्ग, शिद्धान्त र दर्शनहरु अहिले पनि अपरिहार्य रहेको बताउनु भएको हो । उहाँले भन्नू भयो,`दर्शन र धर्म उस्तै हुन् । त्यसकारण दर्शन महत्वपुर्ण हुन्छ ।´ 
नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह मध्य ६ वटा गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी गराए । बाँकी ३ वटा पालिकामा पनि पौष २५ गते भित्रै सम्पन्न गरिने उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाईकाई तथा बुथ कमिटी सम्मकाे पाटीको अवस्था जानकारी लिने र कांग्रेस कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको भावि रणनीति बारेमा आवस्यक प्रशिक्षण गर्दै आएको जनाएकोछ । 
कांग्रेसको स्वर्गद्वारी सम्मेलन पालिका सभापति गिरबहादुर घर्तिको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुर्ब जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी, जिल्ला उपसभापति ईश्वरसिंह बिष्ट, पुर्ब जिल्ला उप सभापति हुकुम बहादुर बिष्ट, पुर्ब सचिब शिव रिजाल, प्यूठान प्रदेश क्षेत्र न .१ का क्षेत्रिय का वा सभापति टेक प्रसाद भण्डारी, महिला संघ अध्यक्ष भगवती बिष्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पाटी परित्याग गरि करिब १ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ । 







