प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा फोहोर फाल्ने डस्बिनमा मृत अवस्थामा भेटिएको सिशुको घटनामा बिषयमा अनुशन्धानका लागि प्रहरीले दुई जना पक्राउ गरेकोछ ।

बिहिवार डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जाजकारी दिएकोछ ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्नता खुल्न आएका परिवर्तित संकेत नाम दर्भान र जलुकेलाई प्यूठान जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
नवजात शिशुको लाश फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक केशव के.सी.को कमाण्डमा प्रहरी टोली तालीम प्राप्त कुकुर सहित खोज तथा अनुशन्धानका लागि परिचालन भएको थियो ।



