प्यूठान । उद्योग तथा यतायात मन्त्री हुँदा प्यूठानमै यातायत कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका बर्तमान लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताएका छन् । 
नेपाली काङ्ग्रेसको सय दिने अभियान अन्तरगत प्यूठान नगरपालिका ईकाइ कमिटिले गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री राणाले आफू बाल्यकाल हुदाको सडक अहिले पनि जस्ताको तस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने अर्को प्रतिबद्धता व्यक्तगरे ।
उनले भने, `हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीकाे काम भैरहेकाे छ । बाकी सडककाे कामका लागी थप बजेटकाे ब्यवस्था भैरहेकाे छ । अब ५ करोड रुपैया बराबरको बहुबर्षिय योजना अन्तरगत सडकको काम अगाडी बढाउने छु ।´´

मन्त्री राणाले आईतबार देखि बाग्दुला – मच्छी सम्मको सडकको प्राविधिक सहितको टोलिले अनुगमन गर्ने बताएकाछन् । मन्त्री थापाले पाटी भित्र अहिले सुर्यमुखी कांग्रेस र रुखमुखी कांग्रेस बिच दुरी बढेकोले लडाई भएको बताए ।
तर पाटीको आन्तरिक कार्यक्रममा मर्यादाक्रम मिचेर नेताहरुको अपमान गर्ने क्रियाकलाप भईरहेकोले त्यसको खण्डन हुने अग्रज नेताहरुले बताएकाछन् । पाटीको कार्यक्रममा कुन तहको नेताको आसन र भाषनको तह कहाँ हुने बैधानिक कार्यबिधि भएकोले त्यसको खण्डन हुने नेताहरुले बताए ।



