सरोकार पोस्ट

शिकाई क्षेमता बृद्धिगर्न जनता मा.बि.मा ‘शिकाई मेला’

Advertisement

प्यूठान। विद्यार्थीहरुको शिकाई क्षेमता बृद्धि गर्ने उद्देश्यले प्यूठान नगरपालिकाको नमुना माध्यमिक विद्यालय जनता मा.बि. बाग्दुलाले आज सिकाई मेला गरेकोछ।

मेलामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्थानीय, लेखा तथा प्रविधि गरि ६ वटा स्टलमा सिकाई सामग्री प्रदर्शनमा राखिएको थियो । ६ स्टलमा राखीएका सिकाई सामग्रीको अवलोकन बिद्यालयका सबै कक्षाका विद्यार्थी, शिक्षकहरुलाई गराईएको प्रधानाध्यापक ईन्द्रमणी पोख्रेलले जानकारी दिए। उनले भने,”सिकाइ सुधारका लागि नियमित अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि स्थानीय शैक्षिक सामाग्रि निर्माण तथा प्रयोग, शैक्षिक अबलोकन भ्रमण, प्राबिधिक शिक्षा लगायतका गतिविधिहरु संचालन गर्ने गरिएको छ ।”
परम्परागत सामग्री, स्थानीय परिकार, सराय नाँच, भजन, दुना टपरी, वत्ति कात्ने सीप समेत प्रदर्शन गरिएकाे थियाे । मेलाका कारण सिकाई स्थानान्तरण समेत हुने भएकाले उपलब्धि मुलक भएको प्र अ पोख्रेलको भनाई छ ‌।
पञ्चकन्याद्वारा गमलामा सिचाइ गरि मेला उद्घाटन गरिएकाे थियो । मेलामा वि व्य स , शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावक तथा छिमेकी विद्यालयका प्र अ तथा शिक्षकहरूकाे समेत उपस्थिति थियाे । उक्त विद्यालय जिल्लाका सबैभन्दा धेरै विद्यार्थी छन् । जहाँ १ हजार ५ सय भन्दा बढी बिध्यार्थी अध्ययनरत छन् भने बिद्यार्थी, शिक्षक र अभिभावक सहित करिब २ हजार बढीले शिकाईमेला अवलोकन गरेको विद्यालयले जनाएको छ।
फोटोहरु : शिक्षक माधव पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...