सरोकार पोस्ट

भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

Advertisement

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन गरिएको हो ।

स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै प्रकाशित गरेको उक्त कृति पाठकको लागि पठन योग्य रहेको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले बताउनुभयो। स्वामी गिरीले कृति सबैले बुझ्ने गरि लेखिएको र संसारभरीका सनातनीहरुको आस्था बोकेको स्वर्गद्वारीको विविध पक्षको प्रस्तुत गरिएकोले यो कृतिको समाजमा लोकप्रियता बढ्ने बताउनुभयो ।

स्वर्गद्वारी मन्दिर परिसरमा रहेको संस्कृत वेद पाठशालाका प्रधानाध्यापक गुरु मधु अधिकारीले सष्टा भोजु गिरीद्वारा लिखित यो कृति समय सान्दर्भिक र पठनयोग्य रहेको बताउनुभयो । यसमा रहेका तीस वटा विषयबस्तुले स्पष्ट नैतिक शिक्षाको स्पष्ट ब्याख्या गरेको छ । कृतिमा नैतिक शिक्षाको महत्त्व उल्लेख गरिएको छ । स्थानीय सरकारले यो पुस्तकलाई स्थानीय पाठ्यक्रमका रुपमा लागुगर्न सके अझ राम्रो हुने उहाँले बताउनुभयो ।

त्यस्तै पुस्तक समालोचक गर्दै साहित्य परिषद प्युठानका पुर्व अध्यक्ष गेहराज थापाले पछिल्लो समय हराउदै गएको नैतिक शिक्षालाई पुनर्जीवित गर्ने पर्यास यो कृति मार्फत गरिएको बताउनुभयो । समाजमा भैरहेको विकृति, विसंगति र नकारात्मक भाव फैलिएकोले स्वर्गद्वारी महाप्रभुका उपदेशको परिपालना बाटै समाजको सभ्यता संकृति र पर्यटनको बिकास गर्न सकिने भाव सहित लेखिएको यो कृति सबै पाठकको लागि फलदायी हुनेछ। उहाँले भन्नुभयो, ‘मानिसले आफुभित्रको काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता बिकार बस्तु त्यागेर, मानव शान्ति र मुलुकमा सुशासन कायम गर्दै देश बिकासमा लाग्नुपर्नेमा जोड दिएको छ ।’

कृतिमा अध्यात्मिक र भौतिक चिन्तनको समन्वयमा अगाडि पढ्न सकेमात्र मुलुकमा शान्ति स्थायित्व कायम गर्न सकिने विषयमा जोड दिएको बताउनुभयो । सामाजिक मूल्य मान्यता रितिरिवाज ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणलाई स्वीकार गर्दै अगाडि बढ्दै जान नसक्नुले पनि केही अशान्ति र समस्या भएकोले यो कृतिले केही हदसम्म समाधान खोजेको बताउनुभयो ।

कार्यक्रममा लेखक भोजु गिरीले पुस्तक लेखनको प्रेरणा, उद्देश्य र अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृतिले स्वर्गद्वारी महाप्रभुका बिचारको ऐतिहासिक महत्त्व रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कृति ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ र स्वर्गद्वारी महाप्रभुका ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गर्ने प्रयास भएको बताउनुभयो ।

भोजु गिरी द्वारा लिखित ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ पुस्तकले समग्र पक्षलाई समेटेको बताउँदै भोजु गिरीको क्रियाशीलताको नेपाल पत्रकार महासंघ प्युठानका सचिब वासुदेव गिरीले प्रशंसा गर्नुभयो । उहाँको कृतिले ऐतिहासिक पक्षहरु समेटिएकोले धन्यवाद दिदै शान्ति बिकास र समृद्धिको लागि नेतृत्वले सहकार्य एकता कायम गर्दै मिलेर काम गरौं भन्ने भावनाको विकास हुन जरुरी सन्देश दिएको बताउनुभयो ।

पत्रकार गिरीले यो कृतिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने र यस्ता अनुसन्धानात्मक कृतिहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । १९५२ साल वैशाख पूर्णिमाको दिनदेखि सुरू भएको अखण्डमहायज्ञ अहिले पनि स्वर्गद्वारी पुगेर अवलोकन र दर्शन गर्न सकिन्छ।

साहित्य परिषद प्युठानको अध्यक्ष बिमला खनालले प्युठानी साहित्य आकाशमा एउटा इटा थपिएकोले खुशी व्यक्त गर्दै साहित्यको माध्यमबाट समाज सुधार गर्न यो कृतिले महत्त्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

स्वर्गद्वारी मन्दिरमा रहेको संस्कृत वेद पाठशालाको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा साहित्य परिषद प्युठानको अध्यक्ष बिमला खनालको अध्यक्षता एवं स्वर्गद्वारी मन्दिरका स्वामी दत्तानन्द गिरीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो । साहित्य परिषद प्युठानका सहसचिव सुमन सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको पुस्तक विमोचन कार्यक्रमको सहजीकरण साहित्य परिषदका उपाध्यक्ष धुर्व गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा संस्कृत वेद पाठशालाका बटुकहरुले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा लेखक भोजु गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

लेखक भोजु गिरीको पहिलो कृति हो । गिरी लामो समय शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । उहाँ झिमरुक गाउँपालिका-६ दहखोलाको स्थायी बासी हुनुहुन्छ । उहाँका एक छोरा एक छोरी रहेका छन् । एक श्रीमती गिता गिरीको आत्मघाती क्यान्सर रोगबाट पीडित हुँदै गर्दा उहाँ यहि जेठ ७ गते परलोक हुनुभएको भएको छ । उहाँ स्थायी शिक्षिका हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...