Skip to main content

सरोकार पोस्ट

प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

Advertisement

प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए ।

पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र वायरिङ्गको काम भैरहेको संघ्रहालय निर्माण समितिका अध्यक्ष मधुसुदन भण्डारीले बताए । हालसम्म सिमेन्ट लगायतका जिन्सी सामाग्री सहित ६० लाख रकम दान संकलन भएको उनले जानकारी दिए । उनले भने, æसंघ्रहालय निर्माणका लागि जग्गा खरिद, भवन लगायत अन्य पुर्बाधार निर्माणका लागि सबै भाइबन्दुहरुले आफ्नो क्षेमताअनुसार दान गर्नुभएको छ । सबै प्रति आभारी छौं ।Æ अझै करिब १५ प्रतिशत काम बाँकी रहेको र कार्तिक मसान्त भित्रै सम्पन्न गरी मिंसर ११ र १२ गते देवाली गर्ने तिब्र तयारी रहेको उनले बताए ।

धनञ्जय ऋषिका सन्ततीहरु भनिने धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पुरानै कुलघर रहेको स्थानमा राष्ट्रिय संघ्रहालयको रुपमा निर्माण गरिएको हो । करिब ८० बर्गमिटर क्षेत्रफलमा नौबहिनी गाउँपालिका डिपिआर तथा प्रदेश पुर्वाधार विकास प्राधिकरणका इन्जिनियर प्रदिप भट्टराइको डिजाइन स्टमेट अनुसार पौराणिक कलाकौषलता झल्किने गरी संघ्रहालय निर्माण भएको समितिले जनाएको छ । भवनमा आकर्षक बुट्टा सहितको चारपाखे छानो, आँखीझ्याल र ढोकाहरु राखिएको छ । उक्त भवन सँग सम्बन्धित अन्य मठमन्दिर तथा संरचनाहरु पनि पुनरनिर्माण भैरहेको निर्माण समितिका अध्यक्ष भण्डारीले बताए । लुप्लुङ्गमा सताब्दियौँ अघिदेखि कुलपुजा हुँदै आएको र उक्त देवाली जिल्लाकै पर्ख्यात र ठुलो मानिन्छ । पाँच बर्ष पछि हुन लागेको देवालीमा करिब १० हजार बोकाको बलि दिइने अनुमान गरिएको छ ।
उक्त संघ्रहालय धनञ्जय गोत्रिय भण्डारी समुदायहरुको कुलपुजा सँग जोडिएको छ । जुम्लाको सिंजा गाउँबाट दैलेखको रिजु हुँदै लुप्लुङ्ग आइ बसोवास गरेका धनञ्जय ऋषिका सन्ततीले बाइसे चौबिसे राज्य अन्तरगत तत्किलन भित्रिकोट दरबारमा भण्डारमा काम करेको र राजाले उपाधिस्वरुप भण्डारी थर कायम गरेसँगै भण्डारी समुदाय बिस्तार हुँदै गएको किम्बदन्ती छ । भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा रहेका पुरातात्विक बस्तुहरु, झारी, भारो, पौराणिक खम्बा, भोकरहरु, धनुमनु पुर्खा र धनञ्जय ऋषिको मुर्ति, पेटारी, चवर, झ्याली, लगायतका सताब्दियौँ पुराना र पौराणिक सामाग्रीहरु संघ्रहालयमा सुरक्षित राखिने भण्डारी समाजका सल्लाहकार शोभाराम भण्डारीले बताए । एतिहासिक संरचना र सम्पदाहरु नबिग्रनेगरी पुनर्निमाण भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...