प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए ।

पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र वायरिङ्गको काम भैरहेको संघ्रहालय निर्माण समितिका अध्यक्ष मधुसुदन भण्डारीले बताए । हालसम्म सिमेन्ट लगायतका जिन्सी सामाग्री सहित ६० लाख रकम दान संकलन भएको उनले जानकारी दिए । उनले भने, æसंघ्रहालय निर्माणका लागि जग्गा खरिद, भवन लगायत अन्य पुर्बाधार निर्माणका लागि सबै भाइबन्दुहरुले आफ्नो क्षेमताअनुसार दान गर्नुभएको छ । सबै प्रति आभारी छौं ।Æ अझै करिब १५ प्रतिशत काम बाँकी रहेको र कार्तिक मसान्त भित्रै सम्पन्न गरी मिंसर ११ र १२ गते देवाली गर्ने तिब्र तयारी रहेको उनले बताए ।

धनञ्जय ऋषिका सन्ततीहरु भनिने धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पुरानै कुलघर रहेको स्थानमा राष्ट्रिय संघ्रहालयको रुपमा निर्माण गरिएको हो । करिब ८० बर्गमिटर क्षेत्रफलमा नौबहिनी गाउँपालिका डिपिआर तथा प्रदेश पुर्वाधार विकास प्राधिकरणका इन्जिनियर प्रदिप भट्टराइको डिजाइन स्टमेट अनुसार पौराणिक कलाकौषलता झल्किने गरी संघ्रहालय निर्माण भएको समितिले जनाएको छ । भवनमा आकर्षक बुट्टा सहितको चारपाखे छानो, आँखीझ्याल र ढोकाहरु राखिएको छ । उक्त भवन सँग सम्बन्धित अन्य मठमन्दिर तथा संरचनाहरु पनि पुनरनिर्माण भैरहेको निर्माण समितिका अध्यक्ष भण्डारीले बताए । लुप्लुङ्गमा सताब्दियौँ अघिदेखि कुलपुजा हुँदै आएको र उक्त देवाली जिल्लाकै पर्ख्यात र ठुलो मानिन्छ । पाँच बर्ष पछि हुन लागेको देवालीमा करिब १० हजार बोकाको बलि दिइने अनुमान गरिएको छ ।
उक्त संघ्रहालय धनञ्जय गोत्रिय भण्डारी समुदायहरुको कुलपुजा सँग जोडिएको छ । जुम्लाको सिंजा गाउँबाट दैलेखको रिजु हुँदै लुप्लुङ्ग आइ बसोवास गरेका धनञ्जय ऋषिका सन्ततीले बाइसे चौबिसे राज्य अन्तरगत तत्किलन भित्रिकोट दरबारमा भण्डारमा काम करेको र राजाले उपाधिस्वरुप भण्डारी थर कायम गरेसँगै भण्डारी समुदाय बिस्तार हुँदै गएको किम्बदन्ती छ । भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा रहेका पुरातात्विक बस्तुहरु, झारी, भारो, पौराणिक खम्बा, भोकरहरु, धनुमनु पुर्खा र धनञ्जय ऋषिको मुर्ति, पेटारी, चवर, झ्याली, लगायतका सताब्दियौँ पुराना र पौराणिक सामाग्रीहरु संघ्रहालयमा सुरक्षित राखिने भण्डारी समाजका सल्लाहकार शोभाराम भण्डारीले बताए । एतिहासिक संरचना र सम्पदाहरु नबिग्रनेगरी पुनर्निमाण भैरहेको उनले बताए ।



