प्यूठान । होटल ब्यवसायी संघ प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने निर्वाचित एकाछन् । शनिवार सप्पन्न छैठौं अधिवेशनमा भएको निर्बाचनबाट न्यौपने अध्यक्ष पदमा विजयी भएकाहुन् । संघको जिल्ला कार्यसमितिमा अध्यक्ष पद बाहेक सबै पदमा सर्बसम्मत भएको थियो । तर अध्यक्ष पदमा पर्यटन उपाध्यक्ष रहेका वसन्त भण्डारी र महासचिब रहेका लिलाधर न्यौपाने बिच सहमति नभएपछि मतदान भएको संघले जनाएको छ । संघमा आबद्ध ६ सय ११ सदस्यहरु मध्य ३ सय ४५ मत खस्दा न्यौपानेले २०७ मत प्राप्त गरि बिजय भएका छन् भने प्रतिस्पर्धी भण्डारीले १२२ मत पाए । ६ मत बदर भएको निर्बाचन अधिकृत रामेश्वर सुबेदीले बताए ।
काठमाडौ । नेपाली कांग्रेसको भातृसंघ नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले २०८१ चैत ३० गतेभित्र टोलदेखि प्रतिनिधि सभा क्षेत्रसम्म अधिवेशन सम्पन्न गरिसक्नु पर्ने बताएकी छिन् । जिल्ला कार्यसमितिहरूलाई अधिवेशनको कार्यतालिका सम्बन्धमा पत्र पठाउँदै अध्यक्ष रावतले सबै जिल्लाहरू, सात प्रदेशको अधिवेशनको कार्यतालिका अर्को पत्रद्वारा जानकारी गराइने बताएकी छिन् । ‘२०८१ साल चैत २० देखि ३० गतेसम्ममा सबै जिल्लाहरूले टोल, वडा, नगर वडा, गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्रका अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ’, अध्यक्ष रावतले परिपत्रमा भनेकी छिन् । ‘सबै जिल्लाहरू आ–आफ्नो मातहतमा रहेका सबै तहका अधिवेशनको समय तोकी समयभित्र अधिवेशन सम्पन्न गरी सो को सम्पूर्ण प्रतिवेदनहरू…
प्यूठान । प्रतिनिधि सभा सांसद सुर्य बहादुर थापाले सत्ता साझेदार दल नेपाली कांग्रेस प्यूठान र कांग्रेस निकट प्रदेश सांसदहरुलाई कटाक्ष गर्दै त्यसै ओभर स्मार्ट बन्न खोजेको आरोप लाएकाछन् । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको सूचनाको हक सम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय जिल्लामा ओैपचारिक रुपमा हुने सार्बजनिक कार्यक्रममा संघिय सांसद र प्रदेश सांसदको मर्यादाक्रमको बिषयमा भएको टिकाटिप्णीको बिषयलाई लिएर उनले कानुन मिचेर ओभर स्मार्ट बन्न खोजेको आरोप लगाएका हुन् । उनले भने,"प्रतिनिधि सभा र प्रदेश सभा सांसदको मर्यादा के हो ? कानुन अध्ययन गर्नुस् । त्यसै ओभर स्मार्ट बन्ने ?" "सत्ता साझेदार भएर मात्र हुन्छ ? सहकार्य पनि…
प्यूठान । नेपाली कांग्रेसले आगामी २०८४ मा हुने तिनै तहको निर्बाचनमा पाँच बर्षको अवधिमा भएका उपलब्धि सहितको रिपोर्ट कार्ड लिएर जाने बताउनुभएकोछ । नेपाली कांग्रेस प्यूठानले शोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गरेका कामको बिवरण सहित आगामी योजना लगेर निर्बाचनमा कांग्रेस जानुपर्ने बताउनुभएको हो । उहाले भन्नू भयो,``५ बर्षमा मैले आफूले गरेको प्रतिबद्धता कति पूरा गरेँ भन्ने रिपोर्ट कार्ड लिएर हामीले जितेको क्षेत्रमा जाने हो । उधारो घोषणापत्रको काम छैन ।" महामन्त्री थापाले पाटीले फरक पाटी सँग गठबन्धन गरेर चुनाव लड्दै गर्दा आफ्नो चुनाव चिन्ह छाडेर अरुको चिनहमा भोटहाल्न कांग्रेस कार्यकर्तालाई उर्दि गरेकोमा क्षमा माग्दै आगामी निर्बाचनमा कदापि…
भिमकला कुवर प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् । विभागले सप्ताहव्यापी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा टाँचा प्रदान गरेको छ । सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ । नेपाल बाइसे र चौविसे राज्यमा सञ्चालन अवधिमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको प्युठान नगरपालिका…
प्युठान । प्युठानमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन् । माघ २२ देखि सुरु भएको अभियानमा २९ गतेसम १३ हजार ३५ जना अर्थात ९४.९ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानजले जनाएको छ । जिल्लाका १३ हजार ७ सय ४० जना किशोरीलाइ खोप लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म गौमुखीमा १ हजार ४ सय ३१ जना, नौबहिनी गाउँपालिकामा १ हजार ८ सय ७९, झिमरुक गाउँपालिकामा १ हजार ३ सय ४७, प्यूठान नगरपालिकामा २ हजार ४ सय ९ जना किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । यस्तै स्वर्गद्वारी नगरपालिकामा १ हजार ६ सय ९, माण्डवी…
प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको आठौ जिल्ला अधिवेशनबाट पुन: बाशुदेव गिरी सर्बसम्मत चयन भएकाछन् । शाखाको अधिवेशन सर्बसम्मत भएको चौतारीले जनाएकोछ । शाखाको उपाध्यक्षमा राम ब बिक, महिला उपाध्यक्ष सीता बिक, सचिब बोम बहादुर परियार, सह सचिब तेजेन्द्र बिएम, सह सचिब भुवनसिह केसी, कोषाध्यक्ष हेमन्त पाठक चयन भएको नब निर्बाचित अध्यक्ष गिरीले जानकारी गराए ।
प्यूठान । सरकारले संदनमा पेश गरेको शिक्षा ऐन हिउदे अधिवेशनबाट पारित नगरे शिक्षकहरु पुन आन्दोलित हुने नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले चेतावनी दिएकाछन् । २०२८ मा बनेको शिक्षा ऐन संशोधन गरि सदनमा दर्ता भएको छ । संसदको हिउदे अधिवेशनबाट जसरीपनि पास गर्न शिक्षकका सबै पेशागत संगठनहरुले दवाव दिईरहेको महासचिव रावलले बताए । उनले भने,`५० बर्ष भन्दा पहिले बनेको शिक्षा ऐन संशोधन गरि पास गर्न सरकारले ढिलाई गरेकोछ । जस्लो गर्दा शिक्षा क्षेत्र प्रभावित भएको छ । यहि हिउदे अधिवेशनबाट पारित भएन भने सबै पेशागत संगठन आन्दोलित हुनेछौँ ।´ उनले प्रबिधिको विकास सँगै शिक्षकहरुले आफ्नो क्षमता विकासमा पनि ध्यान…
प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षमा शुर्य पन्त सर्बसम्मत निर्बाचित भएका छन् । लोकतन्त्रबादी कर्मचारीहरुको आधिकारिक पेशागत संगठन नेपाल निजामती कर्मचारी युनियनको नबौँ जिल्ला अधिवेशनबाट पन्त सर्बसम्मत निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्ष पद अन्तरगत खुल्ला पदमा श्रीधर पोख्रेल, महिलामा जुक्ता पोख्रेल र समावेसीमा शेरसिंह थापा निर्बाचित भएका छन् भने सचिबमा हुमलाल न्यौपाने निर्बाचिच भएकाछन् । यस्तै सहसचिबमा हरि प्रसाद गौतम र कोषाध्यक्ष पदमा नारायण प्रसाद घिमिरे निर्बाचित भएको बताईएकोछ ।
प्यूठान । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ । प्रदेशको नीति सुधारमा आवाज उठाई कार्यान्वयन गरेको भनी उत्कृष्ट सांसदको रुपमा आज सम्मान गरेको हो । लुम्बिनी प्रदेश सांसद निमा गिरी एक सांसद हुन जसले आफ्नो बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आएकी छन् । कार्यक्रममा सम्मानित भएकी गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै कार्यरत कर्मचारीले जागिर खाने मात्रै होईन जनतालाई गुणस्तरीय सेवा प्रवाहका निम्ति दत्तचित्त भएर खट्नु पर्ने, सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य…