प्यूठान । सरकारले संदनमा पेश गरेको शिक्षा ऐन हिउदे अधिवेशनबाट पारित नगरे शिक्षकहरु पुन आन्दोलित हुने नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले चेतावनी दिएकाछन् ।
२०२८ मा बनेको शिक्षा ऐन संशोधन गरि सदनमा दर्ता भएको छ । संसदको हिउदे अधिवेशनबाट जसरीपनि पास गर्न शिक्षकका सबै पेशागत संगठनहरुले दवाव दिईरहेको महासचिव रावलले बताए । उनले भने,`५० बर्ष भन्दा पहिले बनेको शिक्षा ऐन संशोधन गरि पास गर्न सरकारले ढिलाई गरेकोछ । जस्लो गर्दा शिक्षा क्षेत्र प्रभावित भएको छ । यहि हिउदे अधिवेशनबाट पारित भएन भने सबै पेशागत संगठन आन्दोलित हुनेछौँ ।´
उनले प्रबिधिको विकास सँगै शिक्षकहरुले आफ्नो क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताए । “प्रबिधिको सदुपयोग भन्दा दुरुपयोग बढेको छ । अभिभावक देखि बिद्यार्थी सम्म मोवाईल लगायतका प्रबिधिलाई कसरी उपयोग गर्ने भन्ने ज्ञान नहुदा त्यही प्रबिधिको सिकार बन्ने जोखिम छ ।´´महासचिव रावलको भनाई छ । नेपाल शिक्षक संघ प्यूठानले शनिवार आयोजना गरेको २६ ओैँ जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्यूठान नगरपालिका ७ पुण्ड्यखोलामा भएको उक्त कार्यक्रममा शिक्षक संघ प्यूठानका सह सचिब शिद्धिमान महताराले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र नीति तथा कार्यक्रम र कोषाध्यक्ष यामलाल जैसीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनका बिषयमा छलफल गर्दै समापन भएको संघले जनाएको छ । संघका अध्यक्ष जानका के सीको अध्यक्ष र सचिब बसन्त पौडेलको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।




