Skip to main content

सरोकार पोस्ट

महिला संघले चैत ३० भित्र सबै चहको अधिवेशन गर्ने

Advertisement

काठमाडौ । नेपाली कांग्रेसको भातृसंघ नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले २०८१ चैत ३० गतेभित्र टोलदेखि प्रतिनिधि सभा क्षेत्रसम्म अधिवेशन सम्पन्न गरिसक्नु पर्ने बताएकी छिन् ।

जिल्ला कार्यसमितिहरूलाई अधिवेशनको कार्यतालिका सम्बन्धमा पत्र पठाउँदै अध्यक्ष रावतले सबै जिल्लाहरू, सात प्रदेशको अधिवेशनको कार्यतालिका अर्को पत्रद्वारा जानकारी गराइने बताएकी छिन् ।

‘२०८१ साल चैत २० देखि ३० गतेसम्ममा सबै जिल्लाहरूले टोल, वडा, नगर वडा, गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्रका अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ’, अध्यक्ष रावतले परिपत्रमा भनेकी छिन् ।
‘सबै जिल्लाहरू आ–आफ्नो मातहतमा रहेका सबै तहका अधिवेशनको समय तोकी समयभित्र अधिवेशन सम्पन्न गरी सो को सम्पूर्ण प्रतिवेदनहरू यथाशीघ्र केन्द्रमा बुझाउन यसै पत्रका साथ जानकारी गराइन्छ’, अध्यक्ष रावतले भनेकी छिन् ।

अध्यक्ष रावतले भनेकी छिन्, ‘क्रियाशील सदस्यता फारम बुझाउन बाँकी रहेका जिल्लाहरूले यही फागुन मसान्तसम्ममा अनिवार्य रुपमा केन्द्रमा बुझाउनु होला ।’

‘समयमा नै जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका पठाएका छौँ’, रावतले भनेकी छिन्, ‘सोहीअनुसार आ–आफ्नो जिल्लामा अधिवेशनका प्रक्रियाहरू अगाडि बढाउनु हुन निर्देशन गरिन्छ ।’

प्राप्त भइसकेका क्रियाशील सदस्यताहरू स्वीकृति एवम् प्रमाणित गरी २०८१ चैत २५ गतेभित्रमा जिल्लामा पठाइसकिने अध्यक्ष रावतले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...