देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्। १ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो । जरिबाना छुटको व्यवस्था…
माण्डवी गाउँपालिका–३ का रेसम ठेडीलाई नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा असहयोग गरेको आरोपमा साधारण सदस्यतासहित पार्टीबाट नै हटाएको थियो। ठेडीले कांग्रेसको स्पष्टिकरण पत्रलाई बेवास्ता गर्दै न पार्टी गतिविधिमा देखिए न त कुनै उत्तर दिए। त्यसपछि उनलाई प्यूठान क्षेत्र ‘क’ को उपसभापति पदसहित साधारण सदस्यबाट समेत हटाइयो। यस्तो परिस्थितिमा ठेडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजे। यस्तै, प्यूठान नगरपालिका–१० का कर्णध्वज केसी र प्यूठान नगरपालिका–७ (पूर्व बिजुवार गाविस) का दलबहादुर केसी पनि रास्वपामा प्रवेश गरेका छन्। कर्णध्वज केसी नेकपा मसालदेखि समाजवादीसम्म सक्रिय रहँदै आएको इतिहास बोकेका पूर्व विविस सभापति हुन्। दलबहादुर केसी भने लामो समय नेकपा माले र एमालेमा सक्रिय रहँदै पछिल्लो…
मधुसुदन भण्डारी प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको…
प्यूठान । हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्ब हरितालिका तिजको रौनक प्यूठानका गाउँघर तथा बजारमा सुरुभएको छ। तिजको रौनक सँगै बजारमा किनमेल र तिजमिलन कार्यक्रमहरु पनि सुरुभएकाहुन् । जिल्लामा कृयाशिल विभिन्न संघ-संस्थाहरुले आफ्नो मातहतका सदस्यहरु सँग भेटघाट गरि दरखाने र रमाईलो गर्दै तिजमिलन कार्यक्रमहरु गर्न थालेकाछन् । यसै बिच होटल ब्याबसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले तिज मिलन तथा दर खाने कार्यक्रम आगामी भदौ १ गते गर्ने केन्द्रका अध्यक्ष लिलाधर न्यौपानेले बताउनु भयो । उहाले आफ्नो माताहतका प्यूठान स्थित ९ वटै बजार ईलाकाका महिलाहरु लगायत सम्पूर्ण सदस्यहरुलाई प्यूठानको जुम्री बजार स्थित सचिवालय भवनमा निमन्त्रणा गरि तिजमिलन कार्यक्रम गर्ने बताउनु भएको…
रबिन पुन साउन १४ । बङगलाचुलि गाउपालिका वार्ड नम्बर 4 जुम्लेपानि स्थित जम्मुडाडामा ग्याबिन तार लगाउने कार्य सम्पन्न भयकाे छ। बर्षातका कारण खाेलाले सडक तथा वरपरका जमिन कटान गर्दै गयकाले यसकाे राेकथाम का लागि जुमलेपानि गढि सामदायिक बन उपभाेक्ता समितिकाे सक्रियतामा स्थानियले जनस्रमदान गरि भुक्ष तथा बाढि राेकथामका लागि ग्याबिन तार लगायका हुन।सामुदाियक बनले ग्याबिन गरिद गरि सगरमाथा सिमेन्ट काे चुनढुङगा उत्खनन् क्षेत्र तापा बाट २ टिप ढुङगा सहयाेग मागि ग्याबिन भरियकाे जुम्लेपानि गढि सामुदायिक बन उपभाेक्ता समितिका काेषाध्यक्ष डाेमराज थापाले जानकारि दिनु भयाे। सामुदायिक बन तथा वार्ड नम्बर ४ का स्थानिय जनप्रतिनिधिकाे समन्वयमा ग्याबिन भर्नका लागि अाबश्यक २ टिप्पर…
प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो । अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान…
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवस आज प्यूठाज सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्यूठानमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति र नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम र बिपीको संझनामा मौनधारण गरि दिवस मनाईएकोछ । नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णुकुमार गिरी, पुर्ब पाटी सभापतिहरु सुवास केसी, अमर प्रसाद भण्डारी, जिल्ला पाटीका अन्य पदाधिकारी तथा सदस्यहरु, नेपाल प्रजातान्त्र सेनानी संघका अध्यक्ष कमल पोख्रेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष भेषराज रिजाल, नेपाल पेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी लगायत कांग्रेसका विभिन्न भातृ तथा सुवेच्छुक संघका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठानको टिकुरी स्थित प्रस्तावित गणेशमान सिंह…
काठमाडौं, साउन ४ । नेपाल प्रेस युनियनले १० औं महाधिवेशन आगामी जेठमा गर्ने गरी आफ्नो कार्यकाल थप गरेको छ । नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । नेपाल प्रेस युनियनको विधानअनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्थाअनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधी थप गर्ने निर्णय गरेको जनाएको छ । प्रेस युनियनको विधानमा तीन वर्ष कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ । नेपाल प्रेस युनियनको विधान समयानुकुल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णय गरेको प्रेस…
प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो। सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो। विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा लिला…
– अब हामी सेतो होइन, सम्मानको रातो रङ प्यूठान । “श्रीमान गुमाएर मात्रै जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौँ,” यो आवाज हो प्यूठानकी ती ६० वर्षीय (नाम नबताउने) महिलाको, जसले आफ्नो जिन्दगीको झन्डै आधा हिस्सा समाजको अपहेलनाबीच बिताइन्। अब, उनी मात्र होइन, प्यूठानबाट १ सय ५० जना एकल महिलाहरूले मिलेर ‘रातो अबिर अभियान’ सुरु गरेका छन् । एकल महिलाहरु सेतो कपडाबाट रातो अबिरतिर अभियानै चलाउन थालेकाछन् । प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने क्षमता विकास तालिममा सहभागी एकल महिलाहरूले भने,“रातो रङ श्रीमानको होइन, प्रकृतिको उपहार हो। यो रङ छुन नपाउने भन्ने सोच अब तोड्नुपर्छ।” सेतो पोशाक लगाउँदा…