Skip to main content

सरोकार पोस्ट

प्यूठानमा दल बदल्ने संस्कृतिको फेरि उजागर,नागरिक भन्छन्,`पुरानै साहुका नयाँ पसल´

Advertisement

माण्डवी गाउँपालिका–३ का रेसम ठेडीलाई नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा असहयोग गरेको आरोपमा साधारण सदस्यतासहित पार्टीबाट नै हटाएको थियो। ठेडीले कांग्रेसको स्पष्टिकरण पत्रलाई बेवास्ता गर्दै न पार्टी गतिविधिमा देखिए न त कुनै उत्तर दिए। त्यसपछि उनलाई प्यूठान क्षेत्र ‘क’ को उपसभापति पदसहित साधारण सदस्यबाट समेत हटाइयो। यस्तो परिस्थितिमा ठेडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजे।
यस्तै, प्यूठान नगरपालिका–१० का कर्णध्वज केसी र प्यूठान नगरपालिका–७ (पूर्व बिजुवार गाविस) का दलबहादुर केसी पनि रास्वपामा प्रवेश गरेका छन्। कर्णध्वज केसी नेकपा मसालदेखि समाजवादीसम्म सक्रिय रहँदै आएको इतिहास बोकेका पूर्व विविस सभापति हुन्। दलबहादुर केसी भने लामो समय नेकपा माले र एमालेमा सक्रिय रहँदै पछिल्लो समय स्वतन्त्र नागरिक मञ्चमार्फत राजनीति गर्दै आएका थिए।
राजनीतिक क्षेत्रमा पुराना अनुहारले बारम्बार पार्टी बदल्दै आएका घटनाले नागरिकस्तरमा आलोचना उब्जाएको छ। कतिपयले यो प्रवृत्तिलाई “पुरानै साहुका नयाँ पसल” भनेर व्यंग्य गरेका छन्। अर्थात्, पुरानै व्यक्तिहरू नयाँ नाम र पहिचानका साथ पुनः सक्रिय हुँदै ग्राहक (समर्थक) आकर्षित गर्ने प्रयासमा लागेका छन् भन्ने बुझिन्छ।
रास्वपाले पछिल्लो समय भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनको नारा लिएर लोकप्रियता हासिल गर्ने रणनीति बनाइरहेको छ। तर कांग्रेस वा कम्युनिस्ट दलहरूले कारबाही गरेका, वा असन्तुष्ट भएका पुरानै अनुहारलाई सहजै भित्र्याएको भन्दै कतिपयले प्रश्न उठाएका छन्। स्थानीय चोक–चोकमा हुने टिप्पणीअनुसार, योजनाको हिसाबकिताब माग्दै ‘स्वतन्त्र नागरिक मञ्च’मार्फत दबाब सिर्जना गर्ने पुराना समूह अहिले रास्वपामा समाहित हुनु कुनै अनौठो होइन।

यसरी, प्यूठानमा दल बदल्ने पुरानो राजनीतिक प्रवृत्ति र नयाँ दलमा पुराना नेताको जमघट दुवै एकसाथ देखिएको छ। यसले रास्वपाले “नयाँ अनुहारको राजनीति” गर्ने दाबीलाई व्यवहारमा चुनौती दिने तर्क पनि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...