सरोकार पोस्ट

रास्वपा प्यूठानका सचिव महतारा पदबाट निलम्बित

Advertisement

प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान यतिबेला आन्तरिक विवाद, गुटगत असन्तुष्टि र नैतिक प्रश्नको चपेटामा परेको छ। अश्लिल भिडियो प्रकरणपछि जिल्ला सचिव बलदेव महतारा पदमुक्त भएपछि पार्टीभित्रको बिबाध सतहमा आउन थालेको हो ।
मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले महताराको राजीनामा स्वीकृत गर्दै उनलाई सचिव पदबाट हटाएको छ। यद्यपि उनलाई तत्काल साधारण सदस्यबाट भने निष्कासन नगरिएको पार्टी स्रोतले जनाएको छ। तर पदमुक्त भएका महताराले आफूले पदबाट राजीनामा नदिएको र आफूसँग जोडिएको बिषय तथ्यगत नभएको सरोकार पोष्टसँग दाबी गरे ।
महताराको केही समयअघि गाउँकै एक महिलासँगको यौन सम्बन्ध सम्बन्धी भनिएको भिडियो जिल्ला सभापति विकास पोख्रेलसम्म पुगेपछि पार्टीभित्र हलचल सुरु भएको सम्बद्ध स्रोतको दाबी छ । भिडियो सार्वजनिक नभए पनि त्यसको विषयवस्तु र सत्यतामाथि पार्टीभित्र गम्भीर छलफल चलेको स्रोतको दाबी छ। घटनापछि सभापति पोख्रेलले महतारासँग मौखिक रुपमा स्पष्टीकरण समेत मागेका थिए। महताराले नैतिक रुपमा राजिनामा दिन दबाब बढेपछि राजिनामा आएको सभापति पोख्रेलले बताए । उनले भने,”भिडियो म सम्म आएको थियो । त्यसपछि मैले उहाँलाई घटनाबारे सोधपुछ गरेकै हुँ । उहाँले राजिनामा दिनुभयो , जिल्लाले स्वीकृत गरी प्रदेश समितिमा जानकारी गराएको छ । अब उहाँलाई लिखित रुपमै स्पष्टीकरण सोधिने छ ।”


घटनाले अर्को मोड त्यतिबेला लियो, जब महताराले भिडियो रेकर्ड गरेर आफूलाई ब्ल्याकमेलिङ गरिएको आरोप लगाउँदै आफ्नै वडाका गोविन्द एमसीविरुद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिए।  तर पछि दुवै पक्षबीच मिलापत्र भएपछि मुद्दा फिर्ता भएको प्रहरीले जनाएको छ। सभापति पोख्रेलका अनुसार ब्ल्याकमेल गरेको भन्दै महताराले उनिबिरुद्ध पनि उजुरी गरेका थिए । तर बिना तुक उजुरी दिएको उनले स्पष्ट पारे । तर महताराले आफैले राजिनामा गरेको, राजिनामा स्वीकृत भएको विषयलाई समेत चाल नपाएजस्तो गरी ढाँट्ने प्रयास गरे । उनले घटना सत्य नभएको र आफूलाई यो बिषय जानकारी नै नभएको भन्दै बिषयलाई गुपचुप राख्न खोजेका छन् ।

स्रोतका अनुसार पार्टीबाट अनुशासनको कारबाही हुने संकेत पाएपछि महताराले स्वयं राजीनामा दिएका हुन्। तर महराताले भने आफू पार्टीभित्रकै योजनाबद्ध “ब्ल्याकमेलिङ” को शिकार बनेको पार्टी भित्र आफू निकटका नेताहरूलाई बताएको स्रोतले बतायो ।

यता, रास्वपाले वडा, पालिका र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा यो घटनाले संगठनभित्रको शक्ति संघर्ष थप चर्काएको देखिएको छ। जिल्ला सभापति पोख्रेलका अनुसार तदर्थ समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने बाँकी वडामा जेठ २ गते समिति गठन गरी जेठ १० भित्र अधिवेशन सक्ने तयारी छ। जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते गर्ने तयारी गरिएको छ।
तर अधिवेशन नजिकिँदै जाँदा प्यूठान नगरपालिकाभित्रको विवाद खुलेर बाहिरिन थालेको छ। नगर समितिका कार्यवाहक सभापति पुष्कर आचार्यले पहिलेदेखि समिति हुँदाहुँदै पुनः तदर्थ समिति गठन गर्न खोजिएको आरोप लगाएका छन्। उनले पार्टीभित्र “दुख गर्ने बेला एकथरी, पद खाने बेला अर्कैथरी” प्रवृत्ति मौलाएको भन्दै असन्तुष्टि पोखेका छन्।
जिल्ला सदस्य डिमराज पोख्रेलका अनुसार नगर सभापति यज्ञबिर पाण्डेयले एक वर्षअघि उपसभापति आचार्यलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। पछिल्लो समय उक्त जिम्मेवारी फिर्ता लिन खोजिएपछि नगर कमिटीभित्रको विवाद उत्कर्षमा पुगेको हो।
विवाद समाधान गर्दै संगठनलाई निर्वाचनमुखी बनाउने रणनीतिअनुसार जिल्ला कार्यसमितिले नगर समितिलाई तदर्थ संरचनामार्फत अघि बढाउने निर्णय गरेको जनाएको छ। तर एकपछि अर्को विवाद सार्वजनिक हुन थालेपछि “नयाँ राजनीतिक संस्कार” को नारा बोकेको रास्वपामाथि नैतिकता, आन्तरिक अनुशासन र नेतृत्व व्यवस्थापनबारे गम्भीर प्रश्न उठ्न थालेकाछन् ।

समाचार शिर्षक सच्चाउन निवेदन गरिएकोले सच्चाईएको छ । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...