काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडान गर्दै गर्दा उक्त विमान दुर्घटनामा परेको हो । बिमानमा चालक दलका २ सहित १९ जना सवार रहेको त्रिभुवन बिमानस्थलले जनाएको छ ।दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् ।

जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । घटनाबारे थप बिवरण आउन बाँकीछ ।




