प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै चलिरहेको महोत्सव हेरेर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बृद्धको ज्यान गएकोछ । प्रहरीका अनुसार आईतवार बेलुकी करिब पौने ७ बजे टिकुरी बसपार्क नजिकै लु.९१ पा १३३७ नम्बरको मोटरसाईकलले प्युठानको मल्लरानी गा.पा. ४ बासखोला बस्ने ७७ बर्षिय रामचन्द्र शाहलाई ठक्कर दिएको थियो । ठक्करका कारण टाउको र दुबै खुट्टामा चोट लागि घाईते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मो.सा. चालक प्युठान प्यु न.पा. ६ गुरुङ गाँउ बस्ने बर्ष २३ को रुपेश गुरुङ घाईते छन् । चालकको शरीरिको विभिन्न भागमा…
जोगिन्द्र मल्ल, गौमुखी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम चलिरहेको छ । देशका ७ सय ५३ वटै स्थानिय तह, वडाहरु र निर्बाचन बुथ सम्म कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको रणनीति जानकारी गराउँदै आएको कांग्रेसले आईतबार प्यूठानको गौमुखी गाउँपालिकामा सम्पन्न गरेको प्यूठान जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि करिब २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ । गौमुखी गा पा सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै कांग्रेस बिचार, आदर्श, भावना र बलियो लोकतान्त्रको बलियो आधारशिला रहेको बताए ।…
प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले देशमा पटकपटक भएका हिंसाका कारण सोचेअनुसार विकास हुन नसकेको बताएका छन् । शनिबार नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको भातृ तथा सुभेच्छुक संगठनसगँको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालमा राणा हिंसा,पञ्चायतको हिंसा, माओबादी जनयुद्धका कारण नेपालमा सोचे अनुसारको बिकास नभएको उनको धारणा थियो । उनले भने,‘हिंसामा कहिल्यै बिकास हुदैन । विभिन्न खालका हिंसात्मक गतिबिधि अन्त्यकालागि कांग्रेसले भुमिका खेल्दै परिवर्तनहरुमा नेतृत्वदायि भुमिका खेल्दै आएकोछ । विकासका लागि लागी शान्ति नै आबश्यक पर्छ ।´ उनले पार्टीभित्र बिभिन्न बिचार समुहको गुटका कारण पार्टी बलियो नभएको स्वीकार गर्दै पाटी भित्र अन्तर बिरोध हुनु स्वभाबिक…
दाङ, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज पदभार ग्रहण गरेकोछ । महासंघका केन्द्रीय सचिब सबिन प्रयासनको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न गरिएको हो । प्रियासनले नया नृतृत्वलाई शुभकामना व्यक्त गर्दै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव राख्नुभएको छ । प्रदेश समितिका निबर्तमान अध्यक्ष वसन्त गिरी नेतृत्वको समितिबाट नया निर्बाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई आज ओैपचारिक रुपमा पदभार हस्तान्तरण तथा ग्रहण कार्य सम्पन्न गरिएको हो । महासंघको प्रदेश कार्यालय भालुवाङ्गमा एक ओैपचारिक समाहरोहका बिच कार्यक्रम गरिएको हो । निबर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा…
प्यूठानको ऐरावतीमा सम्मेलन सम्पन्न, कांगेसलाई बुझेरै सदस्य बनौं : केन्द्रीय प्रतिनिधि रायमाझी प्यूठान । नेपाली काग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानिय तह र सबै स्थानिय तहका सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेकोछ । सय दिने अभियानमा पाटीको आन्तरिक सुदृढिकरण सँगै सबै तहमा पाटीको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधि र पाटी समिति बिचको समन्वय समिति समेत निर्माण गरि संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति छ । यसै बिच प्यूठानमा पनि अभियानलाई तिब्र बनाईएको कांग्रेसले जनाएकोछ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटेर वडाको अभियानमा लागि परेकाछन् भने, जिल्ला स्तरकाे नेतृत्व स्थानिय तह केन्द्रीत भएर सम्मेलन गर्दै पाटी सुदृढीकरणको दौडधुपमा…
शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…
प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ । जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो । उहाले भन्नुभयो,`हाम्री भौतिक विकास भएपछि मात्रै बिकास भन्ने गर्छौँ । तर सामाजिक विकासमा कहाँ कहाँ चुकिरहेका छौँ भनेर ध्यान दिएनौँ कि ?´ उहाले तीन तहको सरकार मध्य स्थानिय तहहरुले समाजिक बिक्रितीलाई रोक्न आवस्यक योजना नबनाए स्थिति झनै लाजमर्दो हुनेबताउनु भयो । अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त…
काठमाण्डौ / सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकोछ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी समस्या समाधान गर्न भन्दै अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ । अध्यादेश मार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्ति लगायतको जायजेथा, दायित्व र बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा समेटिएको छ । अध्यादेशमा सहकारी सम्बन्धी समस्या समाधान गर्न ‘राष्ट्रिय सहकारी नियमन आयोग’ बनाउने उल्लेख छ । अध्यादेशमा कुनै पनि सहकारीमा १० लाख रुपैयाँ भन्दा धेरै रकम राख्दा त्यसको आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था समेटिएको छ । अदालतमा विचाराधीन…
ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो । दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट…
चक्र के सी कपिलबस्तु । विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान संचालनमा ल्याएको हो । सोमबार र मंगलबारमात्र संस्थाले कपिलबस्तु जिल्लाको इमिलिया र लबनी शाखाद्वा १०० बढी सदस्य तथा चितवनको माडि शाखाद्वारा ७० भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इमिलिया र लबनी शाखामा आयोजित कार्यक्रममा संस्थाका १४ नं. कलस्टर प्रमुख चक्र केसीले संस्थाको परिचय सहित बर्तमान अवस्था, समसामयिक समस्याहरु…