प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले देशमा पटकपटक भएका हिंसाका कारण सोचेअनुसार विकास हुन नसकेको बताएका छन् । शनिबार नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको भातृ तथा सुभेच्छुक संगठनसगँको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा राणा हिंसा,पञ्चायतको हिंसा, माओबादी जनयुद्धका कारण नेपालमा सोचे अनुसारको बिकास नभएको उनको धारणा थियो । उनले भने,‘हिंसामा कहिल्यै बिकास हुदैन । विभिन्न खालका हिंसात्मक गतिबिधि अन्त्यकालागि कांग्रेसले भुमिका खेल्दै परिवर्तनहरुमा नेतृत्वदायि भुमिका खेल्दै आएकोछ । विकासका लागि लागी शान्ति नै आबश्यक पर्छ ।´ उनले पार्टीभित्र बिभिन्न बिचार समुहको गुटका कारण पार्टी बलियो नभएको स्वीकार गर्दै पाटी भित्र अन्तर बिरोध हुनु स्वभाबिक भएको र जसका कारण पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रा.डा.गोविन्दराज पोख्रेल,नेपाली कांग्रेस सह–महामन्त्री एवम् प्रदेश माननीय निमा गिरी,नेपाली कांग्रेस प्यूठानका बिष्णु गिरी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी,उपसभापति ईश्वर सिंह बिष्ट,सचिब एन पि मगर, शिवराज रिजाल,सदस्य,मल्लरानी गाउँपालिका सभापति रमेश कुमार श्रेष्ठ, बिभिन्न भातृ तथा सुभेच्छुक संगठनका प्रतिनीधी लगायतको उपस्थिती रहेको थियो ।



