Skip to main content

सरोकार पोस्ट

कांग्रेसको सयदिने अभियान प्यूठानका ५ पालिकामा सम्पन्न, `संस्कार दिनेलाई संस्कार दिनु, तर शक्तिको अगाडि झुक्ने सबै कायर हुन्´: केन्द्रीय सदस्य डा.पोख्रेल

Advertisement

बाबुराम केसी, नौबहिनी
प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह मध्य पाँचवटा गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी गराए । बाँकी ४ वटा पालिकामा पनि पौष २५ गते भित्रै सम्पन्न गरिने उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाईकाई तथा बुथ कमिटी सम्मकाे पाटीको अवस्था जानकारी लिने र कांग्रेस कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको भावि रणनीति बारेमा आवस्यक प्रशिक्षण गर्दै आएको जनाएकोछ । शोमबार कांग्रेसले नौबहिनी गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै जुन शिद्धान्तका बिषयमा माया हुन्छ त्यस बिषयमा चिन्ता हुने बताए । उनले भने,`कांग्रेसको बिचार, आदर्श, भावना प्रति कार्यकर्तालाई माया छ, त्यसैले चिन्ता छ ।´ उहाले राजनीतिक खिचातानी गर्दै गर्दा सामाजिक सचेतना र सामाजिक मुद्धाहरु, शिक्षाक्षेत्रको राजनीतिले जिल्ला कम्जोर भएको बताउनु भयो । `संस्कार दिनेलाई संस्कार दिनुपर्छ, शक्तिको अगाडि झुक्ने सबै कायर हुन् । तसर्थ अहिले सम्म सहि शिद्धान्त र दर्शन कांग्रेसकोनै छ । यसमै गोलबद्ध हुन सबैलाई आवहान गर्दछु ।´
डा पोख्रेलले सरकारको स्थिरताका लागि गठबन्धन भएको बताउनु भएकोछ । तर सरकारमा नेतृत्व गरेका साथिहरुले सत्ताको र बाहिर रहने साथिहरुले अवस्था हेरेर प्रतिपक्षको भुमिका निर्बाह गर्ने स्पष्ट पार्नुभयो ।
यस्तै जिल्ला सभापति बिष्णुकुमार गिरीले आन्तरिक अधिवेशनमा जे जसरी होमिएपनि त्यसपछि सबै नेतृत्व एकता बद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी, ऐरावती र नौबहिनी गाउपालिकामा सम्मेलन सम्पन्न गरेकोछ ।

कांग्रेसको नौबहिनी सम्मेलन पालिका सभापति देबिराम पुनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुर्ब जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी, प्रदेश सदस्य साधना राउत, पुर्ब जिल्ला उप सभापति हुकुम बहादुर बिष्ट, पुर्ब सचिब शिव रिजाल, प्यूठान प्रदेश क्षेत्र न .२ का क्षेत्रिय का वा सभापति जुमानसिंह जिसी, महिला संघ अध्यक्ष भगवती बिष्ट, तरुणदलका केन्द्रीय सदस्य माधव भण्डारी, नेबिसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै नेकपा एमाले र माओबादी पाटी परित्याग गरि डेड दर्जन बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...