Skip to main content

सरोकार पोस्ट

कांग्रेसको सयदिने अभियान प्यूठानका ५ पालिकामा सम्पन्न, `संस्कार दिनेलाई संस्कार दिनु, तर शक्तिको अगाडि झुक्ने सबै कायर हुन्´: केन्द्रीय सदस्य डा.पोख्रेल

Advertisement

बाबुराम केसी, नौबहिनी
प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम उत्साहजनक रुपमा चलिरहेको छ । प्यूठानमा ९ वटा स्थानिय तह मध्य पाँचवटा गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी गराए । बाँकी ४ वटा पालिकामा पनि पौष २५ गते भित्रै सम्पन्न गरिने उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाईकाई तथा बुथ कमिटी सम्मकाे पाटीको अवस्था जानकारी लिने र कांग्रेस कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको भावि रणनीति बारेमा आवस्यक प्रशिक्षण गर्दै आएको जनाएकोछ । शोमबार कांग्रेसले नौबहिनी गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै जुन शिद्धान्तका बिषयमा माया हुन्छ त्यस बिषयमा चिन्ता हुने बताए । उनले भने,`कांग्रेसको बिचार, आदर्श, भावना प्रति कार्यकर्तालाई माया छ, त्यसैले चिन्ता छ ।´ उहाले राजनीतिक खिचातानी गर्दै गर्दा सामाजिक सचेतना र सामाजिक मुद्धाहरु, शिक्षाक्षेत्रको राजनीतिले जिल्ला कम्जोर भएको बताउनु भयो । `संस्कार दिनेलाई संस्कार दिनुपर्छ, शक्तिको अगाडि झुक्ने सबै कायर हुन् । तसर्थ अहिले सम्म सहि शिद्धान्त र दर्शन कांग्रेसकोनै छ । यसमै गोलबद्ध हुन सबैलाई आवहान गर्दछु ।´
डा पोख्रेलले सरकारको स्थिरताका लागि गठबन्धन भएको बताउनु भएकोछ । तर सरकारमा नेतृत्व गरेका साथिहरुले सत्ताको र बाहिर रहने साथिहरुले अवस्था हेरेर प्रतिपक्षको भुमिका निर्बाह गर्ने स्पष्ट पार्नुभयो ।
यस्तै जिल्ला सभापति बिष्णुकुमार गिरीले आन्तरिक अधिवेशनमा जे जसरी होमिएपनि त्यसपछि सबै नेतृत्व एकता बद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी, ऐरावती र नौबहिनी गाउपालिकामा सम्मेलन सम्पन्न गरेकोछ ।

कांग्रेसको नौबहिनी सम्मेलन पालिका सभापति देबिराम पुनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुर्ब जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी, प्रदेश सदस्य साधना राउत, पुर्ब जिल्ला उप सभापति हुकुम बहादुर बिष्ट, पुर्ब सचिब शिव रिजाल, प्यूठान प्रदेश क्षेत्र न .२ का क्षेत्रिय का वा सभापति जुमानसिंह जिसी, महिला संघ अध्यक्ष भगवती बिष्ट, तरुणदलका केन्द्रीय सदस्य माधव भण्डारी, नेबिसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै नेकपा एमाले र माओबादी पाटी परित्याग गरि डेड दर्जन बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...