प्यूठान । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर चयन भएकाछन् । आज पत्रकार महासंघको सुचना केन्द्र बिजुवारमा भएको छैटौ जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा १३ सदसिय जिल्ला कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सुवारत श्रेष्ठ र सचिबमा शुसिला बुढामगर चयन भएकाछन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सहज प्रबिधि र ईन्टरनेटको सहजताले सोझै नागरिक सम्म विभिन्न सुचना प्रवाह हुने भएका कारण तथ्यगत बिषयमा नागरिक अन्यौलमा परेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि एवम नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले पत्रकारिताको बिश्वसनियता कम्जोर बनाउने, विभिन्न किसिमका भिडलाइ उत्तेजित बनाउने, सामाजिक अश्लीलता प्रदर्शन गर्नेहरुले सामाजिक सञ्चालन दुरुपयोग गरेकाे बताए । उनले भने, ´निश्चित समय…
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको रोहबरमा छाडेको छ । शुक्रबार बिहान १० बजे काठमाडौं प्रहरी परिसरमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले लामिछानेलाई अर्यालकाे जिम्मा लगाएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बताए । कास्कीस्थित सूर्य दर्शन सहकारीकाे रकम हिनामिना आराेपमा लामिछाने २ कार्तिकमा काठमाडाैबाट प्रकाउ परेका थिए । उनलाई आजै कास्की जिल्ला अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे ।
कास्की । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृह-मन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । लामिछाने लगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछाने विरुद्ध…
प्यूठान । संघिय सरकारले जिल्ला सदरमुकाम देखि काठमाडौं सम्मको भाडादर समायोजन सहित निर्धारण गरे सँगै प्यूठानमा पनि स्थानिय रुटहरुमा भाडादर टुंगो लगाउने तयारी अन्तिम चरणमा पुगेकोछ । हाल सम्मको प्रावधान अनुसार काठमाडौं देखि जिल्ला सदरमुकाम सम्म संघले, प्रदेश मुकाम देखि जिल्लाका स्थानिय तहको मुकाम सम्म प्रदेश सरकारले र स्थानिय तहको मुकाम देखि वडा तह सम्म स्थानिय तहले सवारी भाडादर निर्धारण गर्ने भनिएको थियो । तर पछिल्लो समय सरकारले नयाँ कार्यबिधि ल्याएपछि जिल्ला भित्रको व्यवस्थापकिय जिम्मा जिल्ला समन्वय समितिको नेतृत्वमा आएकोछ । जिल्ला स्थानिय रुटमा सवारी गाडीले आफूखुसी महंगो भाडा असुलेको गुनासो आएपछि स्थानिय तह सँग समन्वय गरि आवस्यक छलफल सहित…
प्यूठान । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरु बढ्दै जान थालेका पछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्यूठानका नौ वटै स्थानिय तहका प्रमुख सहितको सरोकारवाला सहितको छलफलले जिल्लामा बढ्दो आत्महत्या दरलाई न्यूनिकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । यश आर्थिक बर्षको सुरुवात देखि पौष २३ गते सम्म प्यूठान जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुशार जिल्लामा विभिन्न तवरबाट २९ जनाले आत्महत्या गरेकाछन् । गत आर्थिक बर्षमा ७९ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव के सीले यो बिषय सामाजिक बिकृतीको रुपमा देखिएको बताए । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशमै…
काठमाडौं । व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा एमालेका नेताहरूले असहमति जनाएका छन् । च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले कुनै अमूक व्यापारीले दिने दानको घरबाट पार्टी सञ्चालन हुनु राम्रो नहुने धारणा राखेका हुन् । ‘बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन र पार्टी कामका अरू विषयमाथि नै नेताहरूले कुरा राख्नुभयो । तर दोस्रो दिन खुलेर समस्याहरुमाथि कुरा भयो’, बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुनेमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको बढी जोड थियो । `दिन्छु भन्नेलाई धन्यवाद भनौं र दान लिने निर्णयबाट फिर्ता होऔं’, भट्टराईको प्रस्ताव थियो, ‘जुन…
जोगिन्द्र मल्ल प्यूठान । लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात तथा असिनापनीका कारण चिसो बढेकोछ । प्यूठानको स्याउलिवाङ्ग, अर्खा, रजबारा लगायतका ठाउँहरुमा असिनापानीले कृषकले लगाएको गहुँबालीमा समेत क्षेतिपुगेको छ । उच्च भु भागहरुमा हल्का हिमपात भइरहेको छ । आज राती पनि हिमपात सँगै पानी पर्ने मौषम पुर्वानुमान माहाशाखाले जनाएकोछ । मौषम चिसो हुने भएकाले सतर्क रहन र चिसोबाट जोजिन ममहाशाखाले आग्रह गरेकोछ ।
प्यूठान । जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला देखि झिमरुक गाउँपालिकाको मच्छि साम्मको करिब १३ किलोमिटर पुरानै सडकमा आईतबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा पैदल यात्रा गरे । वि स २०४४/४५ साल तिर निर्माण भएको उक्त सडक अहले सम्म जस्ताको तस्तै देखे पछि मन्त्री थापाले आफ्नै कार्यकालमा पक्की बनाउने घोषणा गरिसके । तर स्थानियलाई मन्त्रीको कार्यकालमा सडक स्तर उन्नति सहित पक्की बन्ला भन्ने बिषयमा बिश्वास छैन । बाग्दुला-भिमगिठे सडक भारतिय एक्जिम बैंकको सहयोगमा निर्माणको चर्चा भएको १२ बर्ष बित्यो । सडक बन्ला र हिउदे धुलो र बर्षे हिलोको दलदलबाट मुक्ति पमईएला भन्ने आशा बोकेका स्थानिय नेताका गफ…
प्यूठान । उद्योग तथा यतायात मन्त्री हुँदा प्यूठानमै यातायत कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका बर्तमान लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताएका छन् । नेपाली काङ्ग्रेसको सय दिने अभियान अन्तरगत प्यूठान नगरपालिका ईकाइ कमिटिले गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री राणाले आफू बाल्यकाल हुदाको सडक अहिले पनि जस्ताको तस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने अर्को प्रतिबद्धता व्यक्तगरे । उनले भने, `हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीकाे काम भैरहेकाे छ । बाकी सडककाे कामका लागी थप बजेटकाे ब्यवस्था भैरहेकाे छ । अब…
कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए । ‘जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिनेसमेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न थापाले निर्देशन दिए । चैत मसान्तभित्र २ सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने थापाले बताए । ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई…