Skip to main content

सरोकार पोस्ट

नेपाली कांग्रेसको सयदिने अभियान प्यूठानमा पनि तिब्र

Advertisement

प्यूठानको ऐरावतीमा सम्मेलन सम्पन्न, कांगेसलाई बुझेरै सदस्य बनौं : केन्द्रीय प्रतिनिधि रायमाझी
प्यूठान । नेपाली काग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानिय तह र सबै स्थानिय तहका सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेकोछ । सय दिने अभियानमा पाटीको आन्तरिक सुदृढिकरण सँगै सबै तहमा पाटीको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधि र पाटी समिति बिचको समन्वय समिति समेत निर्माण गरि संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति छ ।

यसै बिच प्यूठानमा पनि अभियानलाई तिब्र बनाईएको कांग्रेसले जनाएकोछ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटेर वडाको अभियानमा लागि परेकाछन् भने, जिल्ला स्तरकाे नेतृत्व स्थानिय तह केन्द्रीत भएर सम्मेलन गर्दै पाटी सुदृढीकरणको दौडधुपमा छन् । नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी र ऐरावती गाउपालिकामा पालिका सम्मेलन सम्पन्न गरिसकेको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताउनुभयो ।

शुक्रबार ऐरावती गाउँपालिकामा अभियान सम्पन्न गरिएको हो । अभियान सफल बनाउन केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद बिभाग प्रमुख उमेशचन्द्र रायमाझी आउनुभएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्दै उहाले नेपाली कांग्रेस बुथ कमिटी देखी वडा र पालिका हुँदै क्षेत्र एवम् जिल्ला तह सम्म सबै चलायमान हुन जरुरी रहेको बताउनुभयो । पाटीको कृयाशिल सदस्यता बितरण देखि पाटी निकटका भातृ तथा सुवेच्छुक संगठनलाई समेत सकृय बनाउन अभियानले शार्थकता पाउने आफूले विश्वास गरेको बताउनु भयो । उहाँले भन्नू भयो,`काग्रेसको शिद्धान्त, बिचार र आदर्श बुझेर सदस्य बनौ र बनाओैँ । कांग्रेसले स्थापना कालदेखी विभिन्न समयमा कठिन परिस्थितिमा देश र देशको स्वाभिमान जोगाउन लडिरहेको छ । तर सरकार कांग्रेसको नीति अनुसार चलेपनि पुर्णकालिन एकल नेतृत्व लिन सकेकोछैन । त्यसैले जनताले सास्ती खेपिरहेका छन् ।´ उहाले पाटीको गुटगत राजनीतिलाई हटाउन बिधान संशोधन गर्नुपर्ने पनि बताउनु भयो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सरकार अस्थिर हुँदै जाने ढल्ने र बनाउने खेलले देशको अर्थतन्त्र कम्जोर भएका कारण मुख्य दुईदल कांग्रेस र एमाले मिल्नु परेको बताउनु भयो । उहाले भन्नू भयो,`चुवाव खर्च धेरै खर्चिलो पनि भयो , सरकार बनाउने र ढाल्ने खेलले अर्थतन्त्र बिग्रदै गएको छ । तसर्थ संबिधान संशोधनका लागि दुईदल बिच समेन्त्र बन्दैछ ।´ उहाले आगामी निर्बाचन एक्लै लड्ने तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसको ऐरावती सम्मेलन पालिका सभापति अमर रेस्मीमगरको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश सहमहामन्त्री तथा प्रदेश सांसद निमा गिरी, जिल्ला सभापति बिष्णु कुमार गिरी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, पुर्ब सभापति अमर भण्डारी, प्रदेश सदस्य साधना राउत, पुर्ब उपसभापति हुकुम बहादुर बिष्ट, पुर्ब सचिब शिव रिजाल, जिल्ला उपसभापति ईश्वरसिंह बिष्ट, सचिब एन पि मगर, क्षेत्रीय सभापति टेक प्रसाद भण्डारी लगायतका नेताहरुको समेत सहभागीता थियो । कार्यक्रममा विभिन्न पाटी परित्याग गरि दर्जन बढि युवाहरु कांग्रेस प्रवेश गरेकाे नेपाली कांग्रेस ऐरावतीले जनमएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...