प्यूठान। जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले कुखुरा तथा अण्डाको आयातमा कडाइ गरेको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने कुखुरा तथा अण्डाजन्य बस्तुमा १५ दिनका लागि पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको हो। देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिन थालेपछि सतर्कता अपनाउँदै यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार, “यो अस्थायी कदम हो, १५ दिनपछि अवस्थाको पुनः मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।” बैठकले जिल्लाभित्र रहेका कुखुरापालक व्यवसायीलाई फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा (Biosecurity) अपनाउन निर्देशन दिने निर्णय समेत…
प्यूठान। झिमरुक र लुङ नदीले छुट्याएका प्यूठानका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने भएका छन्। किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्ने गरी तीनवटा पक्की पुल निर्माणको काम तीव्र गतिमा अघि बढेपछि स्थानीय बासिन्दाको वर्षौँदेखिको आवागमन समस्या समाधान हुने भएको हो। वाग्दुला–मच्छी र वाग्दुला–बाहाने सडकको विपरीत तर्फ रहेका यी क्षेत्रका बासिन्दा कच्ची सडक हुँदाहुँदै पनि नदीमा पुल नहुँदा सवारी साधन प्रयोग गर्न वञ्चित थिए। पुल निर्माणसँगै अब उनीहरू सीधै सडक सञ्जालमा जोडिने भएका छन्। किटघाट (कुटिचौर) पुल २०८१ असार ७ गते ४ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो। निर्माण कम्पनी आशु निर्माण सेवा (बालाजु…
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले आफ्नो राजीनामा महामन्त्री विश्व प्रकाश शर्मालाई बुझाएका हुन्। चुनावी पराजयपछि पार्टीभित्र बढ्दो दबाब र समीक्षा प्रक्रियाबीच आएको यो निर्णयलाई अत्यन्त महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। यद्यपि, राजीनामा स्वीकृत हुने वा नहुने विषयमा अझै अन्योल कायम रहेको छ। पार्टीभित्र शीर्ष तहमा छलफल जारी रहेको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना रहेको बताइएको छ। कांग्रेसभित्र पछिल्लो समय नेतृत्वको भूमिकालाई लिएर चर्को आलोचना हुँदै आएको थियो। यस्तो अवस्थामा थापाको राजीनामाले पार्टीको आगामी दिशा र नेतृत्व संरचनामा ठूलो प्रभाव पार्ने देखिएको छ।
लण्डन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन्। डाउनिङ स्ट्रिटमा आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले ट्रम्पसँगको पछिल्लो फोन वार्तामा हर्मुज जलसन्धि (Strait of Hormuz) खुला राख्ने विषयमा छलफल भएको जानकारी दिए। ट्रम्पले हर्मुज जलसन्धिमा सुरक्षाका लागि युद्धपोत पठाउन गरेको अपिलबारे सोधिएको प्रश्नमा स्टार्मरले भने, "हामीबीच राम्रो छलफल भएको छ, तर यो कुनै सीधा वा सजिलो विषय होइन।" उनले बेलायतको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर मात्र निर्णय लिइने स्पष्ट पार्दै युद्धमा सामेल हुने निर्णय हतारमा गर्न नहुने संकेत गरे। ट्रम्पसँगको सम्बन्धलाई अंकमा मापन गर्न अस्वीकार गरे पनि उनले बेलायत र अमेरिका दशकौँदेखि बलियो साझेदार रहेको…
काठमाडौं । Donald Trump ले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गराइने बताउँदै विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरूलाई समुद्री मार्ग सुरक्षित बनाउन युद्धपोत पठाउन अपील गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत यस्तो आग्रह गरेका हुन्। उनले चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई हर्मुज जलसन्धि सुरक्षित राख्न सक्रिय भूमिका खेल्न आग्रह गर्दै त्यहाँबाट तेल आयात गर्ने देशहरूले यसको सुरक्षामा जिम्मेवारी लिनुपर्ने बताएका छन्। ट्रम्पले सोही सन्देशमा अमेरिकाले इरानको सैन्य शक्ति ठूलो मात्रामा कमजोर बनाइसकेको दाबी समेत गरेका छन्। तर इरान पक्षले भने युद्ध जारी राख्ने संकेत दिँदै हर्मुज मार्ग अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ। Strait of Hormuz…
प्यूठान। प्यूठान नगरपालिका ७ टिकुरी(वाग्दुला बजार नजिकै) राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रचारमा हिडेको बोलेरोले मोटरसाइकल र स्कुटर लाई ठक्कर दिदा ४ जना घाईते भएका छन् । वाग्दुला बजार देखि बिजुवार तर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको पिकअप बोलेरोले बिपरित दिशाबाट आईरहेका स्कुटर र मोटरसाइकललाई ठक्कर दिदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक प्यूठान नगरपालिका ५ का २० बरषिय जिवन बिक र पछाडि बसेका २१ बर्षिय रमेस खड्का साथै रा ६ प ६९४६ स्कुटर चालक लमही नगरपालिका ६ निवासी वर्ष २६ दिपक पोख्रेल र उनकी २५ बर्षिय श्रीमति सुजना भण्डारी घाईते भएको प्रहरी…
प्यूठान। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्यूठानको राजनीतिक तापक्रम उकालो लागिरहेको छ। यही बीच नेकपा एमालेका उम्मेदवार सुर्य थापा ले आफू निकट मिडिया प्रयोग गर्दै आफ्ना जनप्रतिनिधिहरूको बचाउ र नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका मन्त्री रोज राणा विरुद्ध आचारसंहिता उल्लंघनको ‘काउन्टर अभियान’ सुरु गरेको आरोप लागेको छ। मन्त्री राणाले केही महिना पछि आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन सडक आयोजनाको अनुगमन तथा कार्यकर्ता भेटघाटका क्रममा आएको बेला एमालेतर्फबाट योजनाबद्ध रूपमा “मिडिया ट्रायल” सुरु गरिएको दाबी गरेका छन्। “म आफ्नो क्षेत्रमा आउन, जनतासँग भेटघाट गर्न नपाउने ? विकास आयोजनाको अनुगमन गर्न नपाउने ?” — राणा उनले प्रतिप्रश्न गरे— “एमालेबाट गाउँपालिका जितेका…
प्यूठान। राणा शासनको पतनपछि करिब सात दशकसम्म प्यूठान बामपन्थी राजनीतिक घेराबन्दीमा अल्झिँदा अपेक्षित विकास हुन नसकेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले अब परिवर्तनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस प्यूठानका उम्मेदवार गोविन्दराज पोख्रेलसँग संयुक्त रुपमा आयोजित मतदाता भेटघाट तथा कोणसभामा मन्त्री राणाले स्पष्ट शब्दमा भने,“प्यूठानलाई समृद्ध बनाउने हो भने योग्य नेतृत्व रोज्नुपर्छ। कांग्रेसलाई जिताए विकासको नयाँ अध्याय सुरु हुन्छ।” भिडियो :- उनले आफू मन्त्री भएपछि प्यूठानको मुहार फेर्ने गरी काम सुरु गरेको उल्लेख गर्दै केही योजनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे। करिब चार दशकदेखि बस सञ्चालन मात्र हुँदै आएको वाग्दुला–मच्छी सडक अब कालोपत्रे…
‘विकास र अर्थतन्त्रको एजेन्डा बोकेर मैदानमा पोखरेल’ : प्यूठानमा अनुभवी नीतिनिर्माताको पुनरागमन प्यूठान । विकास र अर्थतन्त्रका विज्ञ प्राडा गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा छन्। विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ । यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदातामाझ पुगेका छन् । शैक्षिक र बौद्धिक पृष्ठभूमि भारतबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेका पोखरेलले जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गरेका छन्। ऊर्जा प्रणाली, दिगो विकास, जलवायु परिवर्तन, सार्वजनिक नीति र ऊर्जा अर्थतन्त्रमा उनको विशेषज्ञता छ। अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान वातावरणमा…
प्यूठान। प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः विवादमा तानिएको छ। प्यूठानमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा को नाममा सार्वजनिक प्रतिक्षालयमै पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको खुलेको हो। गौमुखी गाउँपालिका २ अर्खा क्षेत्रमा रहेको एक सार्वजनिक प्रतिक्षालयमा वडा स्तरीय सम्पर्क कार्यालय सञ्चालन गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा तीव्र असन्तोष फैलिएको छ। प्रतिक्षालयमा पार्टीको होर्डिङ बोर्ड, झण्डा र चुनाव चिन्ह टाँसिएको देखिन्छ। सामाजिक सञ्जालमा देखिएको तस्बिर:- निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति, सरकारी भवन तथा सार्वजनिक संरचना कुनै पनि दल वा उम्मेदवारले चुनावी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर यहाँ भने खुलेआम सार्वजनिक स्थानलाई पार्टी कार्यालयमा परिणत गरिएको देखिएको छ।…