सरोकार पोस्ट

आफ्नालाई ढाकछोप, मन्त्रीलाई ‘मिडिया ट्रायल’ — प्यूठानमा सुर्य थापाको काउन्टर राजनीति

Advertisement

प्यूठान। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्यूठानको राजनीतिक तापक्रम उकालो लागिरहेको छ। यही बीच नेकपा एमालेका उम्मेदवार सुर्य थापा ले आफू निकट मिडिया प्रयोग गर्दै आफ्ना जनप्रतिनिधिहरूको बचाउ र नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका मन्त्री रोज राणा विरुद्ध आचारसंहिता उल्लंघनको ‘काउन्टर अभियान’ सुरु गरेको आरोप लागेको छ।
मन्त्री राणाले केही महिना पछि आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन सडक आयोजनाको अनुगमन तथा कार्यकर्ता भेटघाटका क्रममा आएको बेला एमालेतर्फबाट योजनाबद्ध रूपमा “मिडिया ट्रायल” सुरु गरिएको दाबी गरेका छन्।
“म आफ्नो क्षेत्रमा आउन, जनतासँग भेटघाट गर्न नपाउने ? विकास आयोजनाको अनुगमन गर्न नपाउने ?” — राणा
उनले प्रतिप्रश्न गरे—
“एमालेबाट गाउँपालिका जितेका सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बि.क.ले उम्मेदवारलाई विद्यालय महोत्सवमा लिएर चुनावी सभा गर्ने, नौबहिनी गाउँपालिका अध्यक्ष दिलबहादुर थापा आफ्नै पालिकाका वडा–वडामा उम्मेदवारसँग भाषण गर्दै हिँडेको नदेख्ने ? कि आँखा पनि देख्न छोड्नु भयो ?”

कांग्रेस पक्षको आरोप छ— एमालेले आफ्ना जनप्रतिनिधिहरू चुनावी गतिविधिमा सक्रिय हुँदा मौन बस्ने तर विपक्षी नेता क्षेत्रमै पुग्दा आचारसंहिता उल्लंघन भन्दै आफ्ना मिडिया ट्रायल गर्ने रणनीति अपनाएको छ।

एकातिर एमालेले आचारसंहिताको मुद्दा उठाएर कांग्रेसलाई रक्षात्मक बनाउने रणनीति लिएको देखिन्छ, अर्कोतर्फ कांग्रेसले “दोहोरो मापदण्ड” को सवाल उठएको छ ।
निर्वाचन आयोगको आचारसंहिताको व्याख्या कसरी हुन्छ भन्ने प्रश्नसँगै प्यूठानको चुनावी राजनीति अब कानुनी, नैतिक र प्रचारात्मक तीनै मोर्चामा भिडन्ततर्फ उन्मुख देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...