Skip to main content

सरोकार पोस्ट

प्यूठानमा कुखुरा–अण्डा आयातमा कडाइ : बर्ड फ्लु जोखिमका कारण १५ दिन आयातमा रोक

Advertisement

प्यूठान। जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले कुखुरा तथा अण्डाको आयातमा कडाइ गरेको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने कुखुरा तथा अण्डाजन्य बस्तुमा १५ दिनका लागि पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको हो।

देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिन थालेपछि सतर्कता अपनाउँदै यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार, “यो अस्थायी कदम हो, १५ दिनपछि अवस्थाको पुनः मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।”

बैठकले जिल्लाभित्र रहेका कुखुरापालक व्यवसायीलाई फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा (Biosecurity) अपनाउन निर्देशन दिने निर्णय समेत गरेको छ। लापरबाही भेटिए व्यावसायिक लाई कारबाही गरिने चेतावनी प्रशासनको छ।
यसैबिच बजारमा कुखुरा र अण्डाको अभाव देखाएर कृत्रिम मूल्यवृद्धि गर्ने प्रयास भए तत्काल कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ। उपभोक्तालाई अनावश्यक बोझ नपार्न प्रशासन सक्रिय देखाएको छ।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको संयोजकत्वमा रहेको समितिले जिल्लामा संक्रमण भित्रिन नदिन निगरानी बढाउने निर्णय गरेको छ। सरोकारवाला निकायहरूको सहभागितामा भएको बैठकले रोकथाम, निगरानी र नियन्त्रणलाई प्राथमिकता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...