सरोकार पोस्ट

पत्रपत्रिका

‘असम्भव वाचा गर्दैन, तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्छु’ :- डा. पोख्रेल

‘असम्भव वाचा गर्दैन, तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्छु’ :- डा. पोख्रेल

प्युठान। नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. गोविन्दराज पोख्रेलले असम्भव वाचा नगर्ने तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले प्यूठानको दीर्घकालीन विकाससँग जोडिएका पाँच प्राथमिकता सार्वजनिक गर्नुभएको हो। डा. पोख्रेलका अनुसार कृषि उत्पादन वृद्धिका लागि सिंचाइ विस्तार, युवा सीप विकास तालिम केन्द्रको प्रभावकारी सञ्चालन, नौमुरे योजना कार्यान्वयनमा बजेट सुनिश्चितता, बाग्दुला–स्याउलिबाङ हुँदै मध्यपहाडी सडक ढोरपाटनसम्म सडक जोड्ने पहल तथा बाग्दुला–भिमगिठे सडक निर्माण अघि बढाउने विषय मुख्य प्राथमिकतामा छन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार तथा योजना कार्यान्वयनका नियमावली संशोधनमा पहल गर्ने उहाँको भनाइ छ। नेपाली कांग्रेस प्यूठानका सभापति तथा निर्वाचन परिचालन समितिका…
Read More
कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने, आइतबारको कार्यक्रम स्थगित

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने, आइतबारको कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए । कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।
Read More
कांग्रेस उपसभापति शर्मा भन्छन् -चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न

कांग्रेस उपसभापति शर्मा भन्छन् -चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न

तानसेन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् । जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ…
Read More
“म सांसद भएँभने मलाई कसैले गाली नगर्नेगरी काम गर्छु” : डा.पोख्रेल

“म सांसद भएँभने मलाई कसैले गाली नगर्नेगरी काम गर्छु” : डा.पोख्रेल

प्यूठान। नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार डा.गोबिन्दराज पोख्रेलले आफू संसद जितेर काम गर्ने अवसर पाएमा कसैलेपनि गालि नगर्ने गरी काम गर्ने बताउनुभएको छ । प्यूठानकाे नौबहिनी गाउँपालिकाका विभिन्न वडाहरुमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका डा. पोख्रेलले स्थानियका गुनासा सुन्दै प्यूठानबासीको चाहना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई रुख चिन्हमा भोट दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,"मलाई एकपटक प्रतिनिधि सभा सांसद जिताएर पठाउनुस्, त्यसपछि तपाईहरुले मलाई गालि नगर्नेगरी नीतिगत परामर्श र आर्थिक सामाजिक विकास र युवाको सीप विकासका सवालमा मैले सम्झनेगरी योजना वनाएर काम गर्ने छुँ ।"   उहाँले सबैका आ-आफ्नै दल भएपनि यसपाली…
Read More
‘आगामी निर्वाचन लोकतान्त्रलाई जोगाउने लडाई हो’ : युनियन अध्यक्ष लम्साल

‘आगामी निर्वाचन लोकतान्त्रलाई जोगाउने लडाई हो’ : युनियन अध्यक्ष लम्साल

लुम्बिनी प्रदेश। नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले शोमबार प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेश राजधानी भालुवाङमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रणनीतिक अभियान सञ्चालन गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले युनियनले निर्वाह गर्नुपर्ने भूमिका, गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्न उक्त अभियान आयोजना गरिएको हो । शोमबार भालुवाङमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्र सुदृढीकरणमा प्रेस युनियनको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले भने,"यसपटकको निर्वाचनमा लोकतान्त्रलाई जोगाउने लडाई हो ‌। त्यसैले यो लडाई लोकतान्त्रबादीहरुले जित्नुपर्छ।" उनले प्रतिनिधिसभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष…
Read More
एमाले वडा अध्यक्ष उम्मेदवारसहित दर्जनौँ कांग्रेसमा प्रवेश

एमाले वडा अध्यक्ष उम्मेदवारसहित दर्जनौँ कांग्रेसमा प्रवेश

प्यूठान। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्यूठानको राजनीतिक समीकरण नाटकीय रूपमा बदलिँदै गएको छ। नेकपा एमालेका उम्मेदवार सुर्य थापालाई पराजित गर्ने उद्घोषसहित एमालेबाटै २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका चेत बहादुर पुन सहित दर्जनौँ संगठित एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सरुमारानी गाउँपालिका वडा नं. १ का एक दर्जनभन्दा बढी संगठित सदस्यहरूले एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेसँगै प्यूठानको चुनावी माहोल कांग्रेसतर्फ स्पष्ट रूपमा मोडिएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। कांग्रेसका अनुसार यसपटकको निर्वाचनमा एमाले उम्मेदवार सुर्य थापा र कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोख्रेल बीच मुख्य प्रतिस्पर्धा देखिए पनि पछिल्ला घटनाक्रमले डा. पोख्रेलको जित लगभग सुनिश्चित देखिएको…
Read More
सामुदायिक विद्यालयको स्वर्ण महोत्सव  सुर्य थापाको  चुनावी मञ्च, ‘प्रशासनकै सेटिङ छ’ : बिपक्ष

सामुदायिक विद्यालयको स्वर्ण महोत्सव सुर्य थापाको चुनावी मञ्च, ‘प्रशासनकै सेटिङ छ’ : बिपक्ष

प्यूठान। प्रतिनिधिसभाका उम्मेदवार सूर्य थापाले विद्यालय जस्तो सार्वजनिक र तटस्थ संस्थामा निर्वाचन आचारसंहिता विपरीत चुनाव केन्द्रित भाषण गरेको आरोप लागेको छ। भिङग्रीखोला, सरमारानी–६ स्थित श्री ऐश्वर्य ने.रा. प्राथमिक विद्यालयको स्वर्ण जयन्ती विशेष समारोहमा सहभागी थापाले मतदाता प्रभावित पार्ने उद्देश्यसहित अभिव्यक्ति दिएको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको हो। हाल पनि प्रतिनिधिसभाका उम्मेदवार रहेका थापाले विद्यालयको मञ्चबाट राजनीतिक सन्देश दिने प्रयास गरेको स्थानीयको भनाइ छ। यस बिषयमा निर्वाचन आचारसंहिता अनुगमन समिति संयोजक। लक्ष्मी देवी शर्माले सम्बन्धित विद्यालयमा संग बुझी उम्मेदवार लाई स्पष्टीकरण सोध्ने बताईन् । तर प्रशासनकै आडमा थापाले दादागिरी शैली अपनाएको बिपक्षको आरोप छ । । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले…
Read More
विद्यालयदेखि समुदायसम्म किशोरीलाई एच.पि.भी. खोप, छुटेकालाई पनि समेट्ने

विद्यालयदेखि समुदायसम्म किशोरीलाई एच.पि.भी. खोप, छुटेकालाई पनि समेट्ने

पाठेघरको मुखको क्यान्सरविरुद्ध नेपाल सरकारको अभियान प्यूठान । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये एक बनेको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकारले एच.पि.भी. (Human Papillomavirus) खोप सेवा देशव्यापी रूपमा विस्तार गरेको छ। विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सरकारले विद्यालय र स्वास्थ्य संस्थामार्फत किशोरी लक्षित खोप अभियान तीव्र बनाएको हो। कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू मुख्य लक्षित समूहमा परेका छन्। यसैगरी, गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानका क्रममा छुटेका कक्षा ७–१० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११–१४ वर्ष उमेरका किशोरीहरू लाई पनि यस अभियानमा समेटिएको छ। प्यूठानमा माघ २५ गतेदेखि २९ गते…
Read More
भिरबाट खसालेर श्रीमतीको हत्या, सहोदर दुई दाजुभाइ पक्राउ

भिरबाट खसालेर श्रीमतीको हत्या, सहोदर दुई दाजुभाइ पक्राउ

प्यूठान। शनिबार प्यूठानको गौमुखी गाउँपालिका वडा नं ६ स्थित गोत्रेचौर कालिमाटीको भिरमा मृत फेला परेकी १९ वर्षिय शर्मिला घर्तीमगरको हत्यामा उनकै श्रीमान र देवर संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ। अनुसन्धानका लागि घटनास्थलमा खटेको प्रहरी टोलीले हत्या आसंकामा गौमुखी गाउँपालिका वडा नं. ६ बोकटे बस्ने मृतक महिलाकै २० बर्षिय श्रीमान अनिल घर्ती मगर र १८ बर्षिय देवर जनक घर्ती मगरलाई शनिवार बेलुकी पक्राउ गरेको थियो । परपुरुषसँग सँग लागेको भन्दै दुई दाजुभाई मिलेर महिलाको भिरबाट खसाली हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनिहरुलाई कर्तव्य मुद्दा चलाईने प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले सबताउनु भयो । प्यूठान जिल्ला अदालतबाट ५ दिनको म्याद…
Read More
सहिदको सपना पुरा गर्ने डा.पोख्रेलको प्रतिबद्धता

सहिदको सपना पुरा गर्ने डा.पोख्रेलको प्रतिबद्धता

प्यूठान। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहिदको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आज सहिद दिवशका दिन प्युठान गाजुरी स्थित सहिद पार्कमा सहिदहरुकाे शालिकमा माल्यापण गर्दै डा पाेख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नाे ज्यानकाे आहुति दिने सहिदकाे सपना पूरा गर्नु अहिलेकाे मुख्य कार्यभार भएको बताउनु भएको छ । ब्यबस्था परिवर्तनका लागि नेपालमा २००७ साल देखि २०८२ काे नबयुवाहरुकाे आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिने सहितहरु प्रति सम्मान गर्दै पाेख्रेलले अब ब्यबस्था परिवर्तनका लागि कुनै आन्दाेलन गर्न नपर्ने गरि नितिगत सुधार सहित बिकास र सम्बृद्दिका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
Read More