प्यूठान — प्यूठान नगरपालिका–८ का ८४ वर्षीय छविलाल पण्डितले आफ्नो जन्मथलोका जेष्ठ नागरिकप्रति उदाहरणीय सम्मान प्रकट गर्दै ८४ वर्ष उमेर पुगेका ३२ जनालाई विशेष कोशेली प्रदान गरेका छन्। वडामा रहेको धर्मावती स्वास्थ्य चौकीमार्फत आयोजित कार्यक्रममा पण्डितले जेष्ठ नागरिक मिलन तथा सम्मान संस्कृतिलाई संस्थागत गर्न दीर्घकालीन प्रयाससमेत अघि सारे। उहाँले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी हरेक वर्ष जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएकामा, उनका कदमले प्रेरित भएर अन्य व्यक्तिहरूले थप सहयोग गरेपछि कोषको रकम हाल ३ लाख १ हजार ९७५ रुपैयाँ पुगेको जेष्ठ नागरिक कल्याण कोषका सदस्य–सचिव तथा स्वास्थ्य चौकी प्रमुख मिनबहादुर थापाले जानकारी दिए। जिल्लामै पहिलोपटक…
बुटवल । प्रजातन्त्रवादी स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अध्यक्षमा दिपकराज भट्ट र लुम्बिनी प्रदेशको अध्यक्षमा कौषलराज बैद्य सर्वसम्मत निर्वाचित भएका छन् । संगठनलाई नयाँ दिशातर्फ अगाडि बढाउने अपेक्षासहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सहमति,एकता र साझा प्रतिबद्धताको सन्देश दिँदै संघको आठौं केन्द्रीय अधिवेशनले केन्द्रीय अध्यक्ष भट्ट र लुम्बिनी प्रदेश अध्यक्ष वैद्यलाई निर्विरोध निर्वाचित गरेको हो। यस्तै दुर्गा देवी र नरेशबाबु श्रेष्ठ लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा चयन भएका छन् । प्युठानका हरि जैसी केन्द्रीय सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् । संगठनभित्रको विश्वास र सहकार्यको वातावरण झल्काउने गरी निर्विरोध नेतृत्व चयनले संघभित्र बढ्दो संगठनात्मक परिपक्वता र एकतालाई उजागर…
काठमाडौं। नेपाली कांग्रेस कृयासिल सदस्यता फाइल समयमै नपठाए ‘एक्सेस’ बन्द गरिने चेतावनी समेतलाई वास्ता नगरी प्यूठान सहित ९ जिल्ला समितिले फाइल अपलोड गरेका छैनन् । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कोशीका २, मधेसका ३, बागमती, लुम्बिनी र सुदूरपश्चिमका–का गरी ९ जिल्लाले सर्भरमा नवीकरण फाइल पठाएका नपठाएका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्यूठान मात्र बाकी छ। प्युठानको प्रदेश निर्बाचन क्षेत्र न १ प्यूठान नगरपालिकामा पर्ने ४ वटा वडा र क्षेत्र २ को सबै वडाको नबिकरण क्षेत्रमा आएर रोकिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कोशी प्रदेशका संखुवासभा र खोटाङ, मधेसका धनुषा, महोत्तरी र बारा, बागमतीको दोलखा, तथा सुदूरपश्चिमका…
प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सर्बसम्मत सम्पन्न भएको छ। थानेश्वर न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सबै पदहरुमा सर्बसम्मत भएको हो । उपाध्यक्ष पदमा ६ जना चयन भएकाछन् । जस्मा जगत जिसी, अस्मिता बुढाथोकी, पुतला जिसी, बसन्तलाल पुरी, प्रथम गुरुङ र कमल परियार चयन भए । यसैबिच सचिबमा शेरसिंह थापामगर र सह-सचिव समाबेसी सहित ४ जनामा केसव केसी, जनकबहादुर पुन, लक्ष्मी न्यौपाने, र केसव पुन चयन भएकाछन् । कोषाध्यक्ष पदमा भर्जिन न्यौपाने चयन भए भने बाँकी ९ जना सदस्य र ८ जना केन्द्रीय प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक कौशलराज बैद्यले बताउनु भयो…
प्यूठान। विद्यार्थीहरुको शिकाई क्षेमता बृद्धि गर्ने उद्देश्यले प्यूठान नगरपालिकाको नमुना माध्यमिक विद्यालय जनता मा.बि. बाग्दुलाले आज सिकाई मेला गरेकोछ। मेलामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्थानीय, लेखा तथा प्रविधि गरि ६ वटा स्टलमा सिकाई सामग्री प्रदर्शनमा राखिएको थियो । ६ स्टलमा राखीएका सिकाई सामग्रीको अवलोकन बिद्यालयका सबै कक्षाका विद्यार्थी, शिक्षकहरुलाई गराईएको प्रधानाध्यापक ईन्द्रमणी पोख्रेलले जानकारी दिए। उनले भने,"सिकाइ सुधारका लागि नियमित अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि स्थानीय शैक्षिक सामाग्रि निर्माण तथा प्रयोग, शैक्षिक अबलोकन भ्रमण, प्राबिधिक शिक्षा लगायतका गतिविधिहरु संचालन गर्ने गरिएको छ ।" परम्परागत सामग्री, स्थानीय परिकार, सराय नाँच, भजन, दुना टपरी, वत्ति कात्ने सीप समेत प्रदर्शन गरिएकाे…
मोहनविक्रम सिंह -आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरिकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको २०८१ सालमा भएको नवौं महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गतकालको विभिन्न पार्टीहरूसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउने छौँ । सिद्धान्ततः देशको राजनीति परिस्थिति वा आवश्यकता अनुसार कुनै विरोधी वा दुश्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ र गतकालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ…
प्यूठान । जिल्लाको प्रमुख व्यापारिक केन्द्र वाग्दुला देखि नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने सम्मको १२ किलोमिटर सडकखण्ड अन्तर्गत पर्ने दम्ती-धाईरे-अधेरीको ६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का प्रकृया सम्पन्न भैसकेपछि कामको थालनी गर्न लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आज शोमबार सिलान्यास गरी सुभारम्भ गर्नुभएको छ । प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवाले धाईरे-अधेरी र एजी कन्ट्रक्सनले दम्ती धाईरे खण्छडमा ठेक्का लिएका छन् । तोकिएको…
प्यूठान। नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठान नगरपालिका -७ को नाममा आज मालपोत कार्यालय प्यूठानबाट जग्गा रजिष्ट्रेशन पास भएको छ । प्यूठान नगरपालिका वडा नं -७ टिकुरी स्थित झिमरुक पेट्रोल पम्प नजिकै प्यूठान- भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो,"प्यूठानको मुख्य सडकबाट नजिकै ८ आना जग्गा खरिद गरि संस्थाको नाममा पास लियौँ, उक्त जग्गा सँग सटेको अरु थप जग्गा संस्थालाई दान गर्न जग्गादाता पनि तयार हुनुहुन्छ।" जग्गा थप भयो भने संस्थाको नाममा १ रोपनी कायम हुने उहाँको भनाई…
प्यूठान । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं -३ चिउरीपाखा सिर्प घर भई प्यूठान अस्पताल बिजुवारमा सुत्केरी गराउन आफ्नो भान्जी लिएर आएका एक जना कुरुवा अस्पतालमको सौचालयमा मृत फेला परेका छन् । तीनदिन अघि भान्जीको प्रसुतीका लागि अस्पताल आएका ४० वर्षिय तेजबहादुर घर्तिमगर अस्पताल प्रसुती -गृहको सौचालयमा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी ईन्सपेक्टर युवन चौधरीले बताए । घटनाको प्रकृति हेर्दा उनि सौचालयमा चिप्लिएर लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । परिवार आफन्त आई नसकेको कारण मृतकको शव घटनास्थलमै रहेको उनले बताए। प्रहरीले घटनाको विषयमा आवस्यक अनुसन्धान प्रकृया अघि बढाएको बताएको छ । सौचालयमा बत्ति नभएकोले राती…
२० नोभेम्बर । आज ३६ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस प्यूठानको खैरा स्थिर उमा महेश्वरी मा बि मा रहेका १७ जना अपाङ्गता बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरि मनाएको प्यूठान स्थित सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख रामकरन पालले बताए। संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै…