Skip to main content

सरोकार पोस्ट

चुनावमा एक्लै जाने नेकपा मसालको नीति: महासचिव सिंह

Advertisement


मोहनविक्रम सिंह

-आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरिकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको २०८१ सालमा भएको नवौं महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गतकालको विभिन्न पार्टीहरूसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउने छौँ ।
सिद्धान्ततः देशको राजनीति परिस्थिति वा आवश्यकता अनुसार कुनै विरोधी वा दुश्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ र गतकालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ र भविष्यमा पनि आवश्यकता अनुसार पारस्परिक समझदारीको आधारमा त्यस प्रकारको नीति अपनाउन सक्ने सम्भावनालाई हामीले अस्वीकार गर्दैनौँ । तर आगामी चुनावको सन्दर्भमा एक्लै जाने नीति नै हाम्रो पार्टीले निश्चित गरेको छ ।
हामीले २०४६ सालमा काँग्रेस सहित विभिन्न वामपन्थी शक्तिहरुसित गठबन्धन गरेर निरङ्कश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संयुक्त रूपले सङ्घर्ष गरेका थियौँ । त्यो नीति सही थियो र त्यस प्रकारको नीतिको परिणामस्वरुप नै निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त भएको थियो ।
२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेपछि २०६२/०६३ सालमा वामपन्थी नेपाली काँग्रेस र मधेसवादी शक्तिहरूसँग संयुक्त आन्दोलन चलेको थियो । त्यो आन्दोलनको परिणामस्वरुप नै खाली निरङ्कुश राजतन्त्रको अन्त्य मात्र भएको थिएन, तर संविधान सभाको चुनाव भएर राजतन्त्र समेतको अन्त्य भएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले २/२ पल्ट संसदको विघटन गराएर देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेपछि हामीले राष्ट्रिय जनमोर्चा, माओवादी, एकिकृत समाजवादी, जसपा र नेपाली काँग्रेस सहितको संयुक्त जनआन्दोलनद्वारा ओलीको प्रयासलाई असफल बनाएका थियौँ ।
त्यसरी नेपालको राजनीतिमा कार्यगत एकता वा गठबन्धनका ऐतिहासिक उपलब्धिहरू रहेँदै आएका छन् । त्यस प्रकारको कार्यगत एकता र गठबन्धनबाट प्रतिगमनलाई बारम्बार धक्का पुग्ने गरेको हुनाले उनीहरूले त्यस प्रकारको गठबन्धनको लगातार आलोचना गर्दै आएका छन् । तर इतिहासले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीतिलाई बारम्बार सही सावित गर्दै आएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट हामीले चुनावी तालमेल गरेर चुनावमा भाग पनि लिएका थियौँ । त्यसरी तालमेल गर्दा संयुक्त रूपले उम्मेदवारहरू उठाउने र सहमति भएका उम्मेदवारहरूलाई सबैले समर्थन गर्ने समझदारी भएको थियो । हाम्रो पार्टीले वा राष्ट्रिय जनमोर्चाले त्यस प्रकारको सहमतिलाई इमानदारीतापूर्वक पालन ग¥यो । नेपाली काँग्रेसको संस्थापन पक्षले पनि त्यसबारे इमानदारीता नै देखायो भन्ने हाम्रो निष्कर्ष रहेको छ । तर त्यसको प्रतिपक्षले सहमतिका उम्मेदवारहरूसित अन्तर्घात गर्ने वा हराउने नीति अपनायो । माओवादीले पनि विभिन्न गाउँपालिका वा संसदीय चुनावका राष्ट्रिय जनमोर्चाका सहमतिका उम्मेदवारहरूप्रति अन्तर्घातको नीति अपनायो । तत्कालीन एकिकृत समाजवादीले पनि कतिपय गाउँपालिका वा प्रदेश स्तरका राजमोका सहमतिका उम्मेदवारहरूका विरुद्ध विद्रोही उम्मेदवारहरू उठाउने नीति अपनायो । जहाँसम्म जसपाको प्रश्न छ, त्योसित चुनावमा हाम्रो कतै प्रत्यक्ष प्रतिस्पर्धा रहेको थिएन र त्योसित हाम्रो कुनै प्रकारको अन्तर्विरोध पनि उत्पन्न भएन ।
पहिले एमालेसित भएका कतिपय चुनावी तालमेलमा पनि त्यसले अन्तर्घात गरेकोले आवश्यकता अनुसार सिद्धान्ततः गठबन्धन वा चुनावी तालमेलको नीति सही भएन । अन्य पक्षहरूले सहमति भएमा विषयमा इमान्दारीता नदेखाउने वा अन्तर्घात गर्ने कार्यशैली अपनाउने गरेको कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीको नवौं महाधिवेशनले एक्लै चुनावमा जाने नीति ठेगान गरेको छ र पूरै पार्टीलाई त्यसरी नै सङ्गठनात्मक वा मानसिक रूपले तयारी गर्दै जाने निर्देशन दिएको छ ।
त्यही नीति अनुसार रुपन्देहीमा हुन थालेको उप–चुनावमा भाग लिने हाम्रो पार्टीको निर्णय थियो । तर संसदको नै विघटन भएपछि त्यो चुनाव हुन पाएन र हामीले त्यहाँ त्यो नीतिलाई प्रयोग गर्न पाएनौँ । तर आगामी हुने कुनै चनावमा हामीले त्यही नीतिलाई अनुशरण गर्नेछौँ ।
हाम्रो लागि एक्लै चुनावमा जाने नीति कुनै नयाँ नीति होइन र पहिले पनि हामीले कैयौंपल्ट एक्लै चुनावमा जाने नीतिको अभ्यास गर्दै आएका छौँ । त्यसरी बाग्लुङ्ग, प्यूठान र अर्घाखाँचीमा कैयौँ संसदीय क्षेत्रहरूमा तथा कैयौँ जिल्लाहरूका स्थानीय चुनावहरूमा महŒवपूर्ण विजय प्राप्त गरेको हाम्रो इतिहास छ ।
संसदीय चुनाव हाम्रा लागि सबै थोक होइन । रणनीतिक वा सैद्धान्तिक रूपले हामीले त्यसलाई अस्वीकार गर्दछाँै र संसदीय प्रणालीलाई समाप्त गरेर त्यसका ठाउँमा नयाँ जनवादी व्यवस्था कायम गर्ने हाम्रो आधारभुत लक्ष्य रहेको छ । तर त्यसका लागि परिस्थिति वा आधार तयार पार्नका लागि संसदीय चुनावको पनि उपयोग गर्ने हाम्रो कार्यनीति रहेको छ । जुनबेला चुनावको बहिष्कारद्वारा आन्दोलनलाई उच्च स्तरमा उठाउने सम्भावना रहन्छ । त्यो बेला हामीले चुनावको बहिस्कारको नीति अपनाउछौँ । तर त्यस्तो सम्भावना कम भएको बेलामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाउछौँ ।
चुनावलाई उपयोग गर्दा पनि हाम्रो मुख्य जोड त्यसको भण्डाफोर गर्नेतिर नै बढी हुन्छ । अहिले हामीले चुनावमा एक्लै जाने नीति अपनाएका छौँ । त्यो क्रममा पनि हाम्रो मुख्य जोड संसदीय प्रणाली वा अन्य राजनीतिक पार्टीको भण्डाफोर गर्नेतिर तथा त्यसरी जनताको चेतना उठाउने र नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति वा आधार निर्माण गर्नेतिर नै बढी हुनेछ । हामीलाई के विश्वास छ भने हामीले अन्य पक्षहरूसित गठबन्धन वा चुनावी तालमेल गरेर चुनावमा भाग लिएको बेलामा भन्दा एक्लै चुनाव लड्दा त्यो कार्य बढी प्रभावशाली र व्यापक रूपले गर्न सक्नेछाैँ ।
अन्य पक्षहरूसित चुनावी तालमेल गरेर चुनाव लड्दा हामीले देशका धेरैजसो निर्वाचन क्षेत्रहरूलाई छाडेर एकाध क्षेत्रहरूमा मात्र चुनाव लड्नु पर्दथ्यो, र अन्य क्षेत्रहरुमा अन्य राजनीतिक पार्टीहरूका लागि छाडिदिनु पर्दथ्यो । तर एक्लै चुनाव लड्दा हामीले देशभरि धेरै क्षेत्रहरूमा चुनाव लड्न सक्नेछौं । त्यसरी देशभरि नै हामीले आफ्ना कार्यकर्ताहरूको परिचालन गर्न देशभरि नै राजनीतिक भण्डाफोर गर्न र जनताको चेतना उठाउन, व्यापक रूपले जनआधारको निर्माण गर्न तथा सङ्गठनलाई देशव्यापी रूपमा विस्तार गर्न सफल हुनेछौँ । कतिपय विरोधी पक्षहरूले मात्र होइन, कतिपय हाम्रा इमान्दार समर्थकहरूले पनि एक्लै चुनाव लड्दा हामीलाई बढी क्षति पुग्न सक्दछ भनेर सोच्न पनि सक्दछन् । त्यो कुरामा सत्यता पनि छ र एक्लै चुनाव लड्दा हामीलाई कतिपय अर्थमा नोक्सान पनि पुग्न सक्दछ । त्यो एउटा पक्ष हो, तर त्यसको अर्काे महत्वपूर्ण पक्ष के हो भने, एक्लै चुनाव लड्दा हामीलाई कैयौँ महत्वपूर्ण लाभहरू पनि पुग्न सक्दछन्, जो दीर्घकालीन महत्वका हुन सक्दछन् । त्यसैले हाम्रो ध्यान सकारात्मक र दीर्घकालीन पक्षतिर नै केन्द्रित हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...