सरोकार पोस्ट

बि.पि. बिचार समाज प्यूठानले जग्गा खरिद गरि पास लियो

Advertisement

प्यूठान। नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठान नगरपालिका -७ को नाममा आज मालपोत कार्यालय प्यूठानबाट जग्गा रजिष्ट्रेशन पास भएको छ ।

प्यूठान नगरपालिका वडा नं -७ टिकुरी स्थित झिमरुक पेट्रोल पम्प नजिकै प्यूठान- भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो,”प्यूठानको मुख्य सडकबाट नजिकै ८ आना जग्गा खरिद गरि संस्थाको नाममा पास लियौँ, उक्त जग्गा सँग सटेको अरु थप जग्गा संस्थालाई दान गर्न जग्गादाता पनि तयार हुनुहुन्छ।” जग्गा थप भयो भने संस्थाको नाममा १ रोपनी कायम हुने उहाँको भनाई छ। बि पिको बिचार प्रति आस्था राख्ने सबैको आस्थाको रुपमा संस्थागत विकास र कार्यालय निर्माण प्रकृया तत्काल अघि बढाईने संस्थाले जनाएको छ।

नेपाली कांग्रेसका संस्थापक नेता महामानव बिपि कोइरालाको नाम संग जोडिएको उक्त संस्थाको नाममा जग्गा उपलब्ध भएकोमा खुसी व्यक्त गर्दै नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले उक्त  जग्गामा अत्याधुनिक भवन निर्माण गरी बि पिको बिचार संग सम्बन्धित अध्ययन स्रोत केन्द्र कायम गर्ने, विपिको बिचार र नेपाली कांग्रेसको ईतिहास सम्बन्धि सूचना केन्द्र तथा पुस्तकालय  सोही भवनबाट सञ्चालन गरिने जानकारी गराउनुभयो।
प्रजातान्त्रिक सेनानी संघ प्यूठानका अध्यक्ष तथा समाजका सल्लाहकार कमल पोख्रेलले नेपाली कांग्रेस प्यूठानका पुर्ब सभापति तथा सस्थाका अध्यक्ष अमर प्रसाद भण्डारी बर्तमान सभापति बिष्णु कुमार गिरी, जग्गा व्यवस्थापन समिति संयोजक तथा संस्थाका सबै टिम प्रति आभार व्यक्त गर्दै बि पिको बिचार र उनको योगदानको ईतिहास सुरक्षित गर्न सफल कदम भएको बताउनुभयो।
उक्त जग्गा नेपाली कांग्रेस प्यूठान जिल्ला कार्यसमिति सदस्य तथा जग्गा व्यवस्थापन समिति संयोजक कमल प्रसाद रिजालले आवश्यक समन्वय गरी व्यवस्था गरेको बिपि बिचार समाज प्यूठानले जनाएको छ । प्यूठान नपा ७ टिकुरी निवासी बिनोद रिजालले आपसी समझदारीमा रु.१७ लाख रुपैयाँमा उक्त जग्गा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...