सरोकार पोस्ट

प्यूठान अस्पतालको सौचालयमा बिरामी कुरुवा मृत फेला

Advertisement

प्यूठान । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं -३ चिउरीपाखा सिर्प घर भई प्यूठान अस्पताल बिजुवारमा सुत्केरी गराउन आफ्नो भान्जी लिएर आएका एक जना कुरुवा अस्पतालमको सौचालयमा मृत फेला परेका छन् ‌।

तीनदिन अघि भान्जीको प्रसुतीका लागि अस्पताल आएका ४० वर्षिय तेजबहादुर घर्तिमगर अस्पताल प्रसुती -गृहको सौचालयमा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी ईन्सपेक्टर युवन चौधरीले बताए । घटनाको प्रकृति हेर्दा उनि सौचालयमा चिप्लिएर लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । परिवार आफन्त आई नसकेको कारण मृतकको शव घटनास्थलमै रहेको उनले बताए। प्रहरीले घटनाको विषयमा आवस्यक अनुसन्धान प्रकृया अघि बढाएको बताएको छ ।
    सौचालयमा बत्ति नभएकोले राती अध्यारोमा चिप्लिएर लडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अस्पताल प्रसुती गृह जस्तो सम्वेदनशील ठाउको देवालयमा बत्ति समेत व्यवस्था नहुनु अस्पताल व्यवस्थापन तथा प्रशासनिक कम्जोरी रहेको सेवाग्राहीले बताएका छन् । तर अस्पतालका सुचना अधिकारी अनिल सापकोटाले अध्यारोको कारण नभएर अन्य कारण हुन सक्ने बताए । मृतकको पोष्ट माटम पछि मात्र खास कारण थाहा हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...