Skip to main content

सरोकार पोस्ट

समाचार

वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

प्यूठान । जिल्लाको प्रमुख व्यापारिक केन्द्र वाग्दुला देखि नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने सम्मको १२ किलोमिटर सडकखण्ड अन्तर्गत पर्ने दम्ती-धाईरे-अधेरीको ६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का प्रकृया सम्पन्न भैसकेपछि कामको थालनी गर्न लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आज शोमबार सिलान्यास गरी सुभारम्भ गर्नुभएको छ । प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवाले धाईरे-अधेरी र एजी कन्ट्रक्सनले दम्ती धाईरे खण्छडमा ठेक्का लिएका छन् । तोकिएको…
Read More
बि.पि. बिचार समाज प्यूठानले जग्गा खरिद गरि पास लियो

बि.पि. बिचार समाज प्यूठानले जग्गा खरिद गरि पास लियो

प्यूठान। नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठान नगरपालिका -७ को नाममा आज मालपोत कार्यालय प्यूठानबाट जग्गा रजिष्ट्रेशन पास भएको छ । प्यूठान नगरपालिका वडा नं -७ टिकुरी स्थित झिमरुक पेट्रोल पम्प नजिकै प्यूठान- भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो,"प्यूठानको मुख्य सडकबाट नजिकै ८ आना जग्गा खरिद गरि संस्थाको नाममा पास लियौँ, उक्त जग्गा सँग सटेको अरु थप जग्गा संस्थालाई दान गर्न जग्गादाता पनि तयार हुनुहुन्छ।" जग्गा थप भयो भने संस्थाको नाममा १ रोपनी कायम हुने उहाँको भनाई…
Read More
प्यूठान अस्पतालको सौचालयमा बिरामी कुरुवा मृत फेला

प्यूठान अस्पतालको सौचालयमा बिरामी कुरुवा मृत फेला

प्यूठान । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं -३ चिउरीपाखा सिर्प घर भई प्यूठान अस्पताल बिजुवारमा सुत्केरी गराउन आफ्नो भान्जी लिएर आएका एक जना कुरुवा अस्पतालमको सौचालयमा मृत फेला परेका छन् ‌। तीनदिन अघि भान्जीको प्रसुतीका लागि अस्पताल आएका ४० वर्षिय तेजबहादुर घर्तिमगर अस्पताल प्रसुती -गृहको सौचालयमा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी ईन्सपेक्टर युवन चौधरीले बताए । घटनाको प्रकृति हेर्दा उनि सौचालयमा चिप्लिएर लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । परिवार आफन्त आई नसकेको कारण मृतकको शव घटनास्थलमै रहेको उनले बताए। प्रहरीले घटनाको विषयमा आवस्यक अनुसन्धान प्रकृया अघि बढाएको बताएको छ ।     सौचालयमा बत्ति नभएकोले राती…
Read More
आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, प्यूठानमा पनि मनाईयो

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, प्यूठानमा पनि मनाईयो

२० नोभेम्बर । आज ३६ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस प्यूठानको खैरा स्थिर उमा महेश्वरी मा बि मा रहेका १७ जना अपाङ्गता बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरि मनाएको प्यूठान स्थित सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख रामकरन पालले बताए। संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै…
Read More
भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिका १ दाङ्गबाङ्ग स्थित अमिलीमा भारत सरकारको ८० प्रतिशत अनुदानमा नयाँ विद्यालय र छात्रावास भवन निर्माण भएको छ । अमिलीस्थित दाङ्गवाङ्ग माध्यमिक विद्यालयलाई ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा विद्यालय भवन र छात्रवास  निर्माण सम्पन्न गरी बुधवार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । भारतीय सरकारको ८० र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागतमा भवन निर्माण सम्पन्न भएको हो । बुधबार  भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेसँगै भवन प्रयोगमा आएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत…
Read More
प्यूठानमा एमालेको जनप्रर्दशन : संविधान च्यात्न नदिन प्रतिवाद

प्यूठानमा एमालेको जनप्रर्दशन : संविधान च्यात्न नदिन प्रतिवाद

प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले संविधान च्यातेर त्यसका व्यवस्थाहरुको उल्लंघन गरेर देशलाई संविधान विहिनताको बाटोमा लैजान खोजिएकाले एमालेले देशभर प्रतिवादमा उत्रिएको बताएका छन् । देशका ७७ वटै जिल्लामा संविधानको रक्षाको लागि प्रतिनिधिसभाको पुर्नस्थापनाको गर्नुको बिकल्प नभएको बताउँदै बिरोध गरिएको एमाले जिल्ला अध्यक्ष ॐ,” उहाँले भन्नुभयो,“भदौ २३ र २४ गते भएको विध्वंश र उत्पात विरुद्ध एमालेले आफूलाई एकतावद्ध गरेको छ ।” जनताले बनाएको संविधान च्यातेर व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नेहरुका विरुद्ध एमाले प्रतिवादमा उत्रिएको उहाँको भनाई छ । नेता थापाले प्यूठान जिल्लाका पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा…
Read More
योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

प्यूठान । तीन महिना अघि लुम्बिनी प्रदेशले सरुवा गरेका उर्जा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका प्राबिधिक अधिकृत देवनाथ पण्डितको सरुवा गत भाद्र ५ गतेनै भएको थियो । तर कार्यालयका हाकिम उमेश महतोले रमाना निदएका कारण सरुवा भएको कार्यालयमा नभै उनि पहिले कार्यरत कार्यालयमै कामकाज गरिरहेका छन् । कार्यालयमा प्राबिधिक ‍फाँट हेर्ने कर्मचारी हुँदाहुँदै पनि गत आ व को योजनाहरुको बिलिङ्ग र डिलिङ्ग गर्नुपर्ने भएका कारण उनलाइ रमाना नदिएको कार्यालय प्रमुख उमेश महतोले बताए । उनले भने, æगत बर्षका योजनाको काम प्रयाप्त बजेट नभएर सकिएको छैन, प्रदेश सरकारले उनको ठाउँमा अर्को कर्मचारी पनि खटाएको छैन, त्यसैले हिसाव मिलाउन उहाँलाइ रोकिएको…
Read More
प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए । पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र…
Read More
भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको हो । स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै प्रकाशित गरेको उक्त कृति पाठकको लागि पठन योग्य रहेको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले बताउनुभयो। स्वामी गिरीले कृति सबैले बुझ्ने गरि लेखिएको र संसारभरीका सनातनीहरुको आस्था बोकेको स्वर्गद्वारीको विविध पक्षको प्रस्तुत गरिएकोले यो कृतिको समाजमा लोकप्रियता बढ्ने बताउनुभयो । स्वर्गद्वारी मन्दिर परिसरमा रहेको संस्कृत वेद पाठशालाका प्रधानाध्यापक गुरु मधु अधिकारीले सष्टा भोजु गिरीद्वारा…
Read More
T 20 बिश्वकप छनौट खेलमा नेपालको विजयि सुरुवात, कुवेत अलआउट, नेपाल ५८ रनले बिजयि

T 20 बिश्वकप छनौट खेलमा नेपालको विजयि सुरुवात, कुवेत अलआउट, नेपाल ५८ रनले बिजयि

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए। जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनाएको छ । ओमानमा भऐको खेलमा नेपाली खेलाडीलाई हौसला दिदै नेपालीहरु: भिडियो
Read More