Skip to main content

सरोकार पोस्ट

प्यूठानमा एमालेको जनप्रर्दशन : संविधान च्यात्न नदिन प्रतिवाद

Advertisement

प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले संविधान च्यातेर त्यसका व्यवस्थाहरुको उल्लंघन गरेर देशलाई संविधान विहिनताको बाटोमा लैजान खोजिएकाले एमालेले देशभर प्रतिवादमा उत्रिएको बताएका छन् ।
देशका ७७ वटै जिल्लामा संविधानको रक्षाको लागि प्रतिनिधिसभाको पुर्नस्थापनाको गर्नुको बिकल्प नभएको बताउँदै बिरोध गरिएको एमाले जिल्ला अध्यक्ष ॐ,” उहाँले भन्नुभयो,“भदौ २३ र २४ गते भएको विध्वंश र उत्पात विरुद्ध एमालेले आफूलाई एकतावद्ध गरेको छ ।” जनताले बनाएको संविधान च्यातेर व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नेहरुका विरुद्ध एमाले प्रतिवादमा उत्रिएको उहाँको भनाई छ ।
नेता थापाले प्यूठान जिल्लाका पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा प्रशासनले आक्रमण रोक्न चासो नदेखाएको भन्दै आक्रमणमा संलग्नलाई पहिचान गरि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा(एमाले)का नेता हरि प्रसाद रिजालले मुलुकको समृद्धिको नारा बोकेको एमालेका विरुद्ध घेराबन्दी गरिएको बताउँदै त्यसका विरुद्ध एमाले एक्लै लड्न सक्ने बताउनुभयो । उहाँले नेकपा(एमाले)ले ल्याएको नीति तथा कार्यक्रमहरुबाट देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिने बताउनुभयो । मुलुकलाई संक्रमणमा लैजान नदिन र अस्थिरता बनाई राख्न विभिन्न षडयन्त्र भइरहेको समेत उहाँले बताउनुभयो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीधर रोकाले जेनजी आन्दोलनले देशलाई फेरी आर्थिक विकासमा पछाडी पारेको बताउनुभयो । उहाँले विगतमा भएका द्धन्द्धमा समेत यसप्रकारको भौतिक क्षति नभएको भन्दै जेनजी आन्दोलनमा भएको आक्रमण र अमानविय व्यवहार अनुचित भएको टिप्पणी गर्नुभयो । उहाँले मुलुकको समृद्धिका लागि जेनजी युवाहरु सक्रिए बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टले जेनजीले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनको विषयलाई सम्मान गर्ने बताउँदै आगजनी र आक्रमणबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापित हुन नसक्ने बताउनुभयो । जेनजीको नामा प्यूठानमा फरक व्यक्तिहरु संलग्न भएको अध्यक्ष विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,“उनका (जेनजी) नाममा प्यूठानमा को को उफ्रिए तपाई हामीलाई थाहा नभएको हो र ?” उहाँले जेनजीले उठाएको देश समृद्धि बन्नुपर्छ भन्ने नारा एमालेले बोकेर अघि बढेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा विद्यार्थी नेता टेकराज केसीले जेनजी विद्यार्थी अनुशासित, मर्यादित र अध्ययनशिल बन्नुपर्ने बताउनुभयो । तोडफोड, आक्रमण जस्ता घटनामा जेनजी पुस्ता लाग्न नहुने र मुलकलाई सहि दिशामा अघि बढाउने बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लाका विभिन्न ठाउँबाट एमालेका नेता, कार्यकर्ता, जेनजी, सुभेच्छु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममको सञ्चालन सचिव इन्द्रमणी पोख्रेल र उप सचिव इश्वरा आचार्यले गर्नुभएको थियो । बेलुवादेखी खलंगा बसपार्कसम्म बस, जीप र मोटरसाईकल र्‍याली गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...