सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ।

ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो।
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए।
जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनाएको छ ।
ओमानमा भऐको खेलमा नेपाली खेलाडीलाई हौसला दिदै नेपालीहरु: भिडियो



