प्यूठान । पत्रकारहरुको पेशागत संगठन नेपाल पत्रकार महासंघ प्यूठानको स्थापना दिवसमा पत्रकार आचारसंहिता बिपरित समाजिक सञ्जालमा आउने सबै बिषयबस्तु पत्रकारिताले न समेट्ने बक्ताहरुले स्पष्ट पारेकाछन् । महासंघका पुर्ब अध्यक्षहरु सञ्जय रिजाल र गिरु प्रसाद भण्डारी सहित पेशागत संगठनका बक्ताहरुले पत्रकार आचारसंहिता बिपरित कन्टेन्ट बनाउनाएर सामाजिक सञ्जालमा सार्बजनिक गर्दैमा कोहि पत्रकार नहुने बताए । मर्यादित पत्रकारिताका लागि प्रेस काउन्सिल तथा महासंघले जारिगरेकाे पत्रकार आचारसंहिता र कार्यबिधि पालना गरि तटस्थ समाचार सम्प्रेषण गर्ने जो कोहि व्यक्ति पत्रकार हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । यसैबिच पत्रकार महासंघका संस्थापक देखि हालसम्म महासंघले खेलेका सामाजिक सशक्तीकरणका अभियान, संस्थागत विकास र बर्तमान डिजिटल पत्रकारिता सम्ममा संस्थाले…
काठमाडाैँ । आश्विनशुक्ल अष्टमीका दिनमा मनाइने ‘महाअष्टमी’ पर्व आज नेपालीले बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा…
प्यूठान । होटल व्यवसायिहरुको छाता संगठन होटल व्यवसायि संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारी लाई स्वागत तथा सम्मान गर्दै विजया दशमी तथा दिपावली छट सहितका चाडबाडहरुको शुभकामना आदान प्रदान गरेको छ । संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षता तथा डिएसपी अधिकारीको प्रमुख आतपथ्यतामा होटल व्यवसायि महासंघका केन्द्रीय सचिव धनेश्वर भण्डारी, प्रदेश समिति बरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, कोषाध्यक्ष जुद्ध कवर,संस्थापक तथा पुर्व अध्यक्ष लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लामा होटल व्यवसायिहरुको सुरक्षा अवस्था, चुनौती र आपसी समन्वय कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल समेत भएको संघका महासचिव खेमराज बस्नेतले बताए ।
११ असौज । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको हो। शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक-एक विकेट लिए…
प्यूठान । जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले पछिल्लो सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकोले सबै पक्षले सहयोग गर्न आव्हान गरेकाछन् । जेन्जी आन्दोलनका क्रममा प्रहरीका हातहतियार लुटिएको र जेलबाट कैदीबन्दीहरु फरार भएका कारण देशमा शुरक्षाअवस्था चुनौतीपूर्ण रहेको बताउँदै डिएसपि अधिकारीले प्रहरीले मात्र जनताको सुरक्षाअवस्था चुस्त पार्न कठिन हुने बताए । उनले सबैपक्षबाट सहयोगको आशा गरेको बताएकाछन् । उनले भने,` चाडपर्बहरुमा प्यूठानको सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न रणनीति तय गरेकाछौँ । तर नागरिक, सञ्चारक्षेत्र, राजनीतिक दलहरु लगायत सबै समेन्त्रबाट सहयोग भयो भने मात्रै सुरक्षा अवस्था प्रभापकारी बनाउन सकिन्छ ।´ जिल्लामा यातायात तथा ट्राफिक व्यवस्थापन, बजार अनुगमन, अपराध न्युकरणका लागि…
९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।
काठमाडाैँ । बडादशैँ अर्थात नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरूको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ । लौका र कुपिण्डो केबल महाज्ञानी वा विद्वान ब्राह्मणको भोजन भएको पूर्वीय मान्यता छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने लौका र कुपिण्डोलाई प्राणशक्ति, बुद्धि र शारीरिक शक्ति बढाउने स्रोतको रुपमा मान्ने गरिएको…
काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्ले यही असोज ५ गते गरेको निर्णयानुसार सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनःरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती…
काठमाडौ । सरकारले संघ र प्रदेशका सांसद देखि स्थानीय तहका पदिधकारीले राख्ने स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अन्य राजनीतिक पदाधिकारीका संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय पनि गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गरेको थियो । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा स्वकिय र सल्लाहकारको सुविधासम्बन्धी विषयसमेत छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय तथा निकाय, प्रदेश…
८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरि मनाइदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । आज देशैभरीका शक्तिपिठहरु कोटघरहरुमा देवीको पुजाआरधना गरिदै छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरु र उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा…