दाङ, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज पदभार ग्रहण गरेकोछ । महासंघका केन्द्रीय सचिब सबिन प्रयासनको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न गरिएको हो । प्रियासनले नया नृतृत्वलाई शुभकामना व्यक्त गर्दै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव राख्नुभएको छ । प्रदेश समितिका निबर्तमान अध्यक्ष वसन्त गिरी नेतृत्वको समितिबाट नया निर्बाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई आज ओैपचारिक रुपमा पदभार हस्तान्तरण तथा ग्रहण कार्य सम्पन्न गरिएको हो । महासंघको प्रदेश कार्यालय भालुवाङ्गमा एक ओैपचारिक समाहरोहका बिच कार्यक्रम गरिएको हो । निबर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा…
प्यूठानको ऐरावतीमा सम्मेलन सम्पन्न, कांगेसलाई बुझेरै सदस्य बनौं : केन्द्रीय प्रतिनिधि रायमाझी प्यूठान । नेपाली काग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानिय तह र सबै स्थानिय तहका सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेकोछ । सय दिने अभियानमा पाटीको आन्तरिक सुदृढिकरण सँगै सबै तहमा पाटीको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधि र पाटी समिति बिचको समन्वय समिति समेत निर्माण गरि संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति छ । यसै बिच प्यूठानमा पनि अभियानलाई तिब्र बनाईएको कांग्रेसले जनाएकोछ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटेर वडाको अभियानमा लागि परेकाछन् भने, जिल्ला स्तरकाे नेतृत्व स्थानिय तह केन्द्रीत भएर सम्मेलन गर्दै पाटी सुदृढीकरणको दौडधुपमा…
शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…
प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ । जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो । उहाले भन्नुभयो,`हाम्री भौतिक विकास भएपछि मात्रै बिकास भन्ने गर्छौँ । तर सामाजिक विकासमा कहाँ कहाँ चुकिरहेका छौँ भनेर ध्यान दिएनौँ कि ?´ उहाले तीन तहको सरकार मध्य स्थानिय तहहरुले समाजिक बिक्रितीलाई रोक्न आवस्यक योजना नबनाए स्थिति झनै लाजमर्दो हुनेबताउनु भयो । अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त…
चक्र के सी कपिलबस्तु । विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान संचालनमा ल्याएको हो । सोमबार र मंगलबारमात्र संस्थाले कपिलबस्तु जिल्लाको इमिलिया र लबनी शाखाद्वा १०० बढी सदस्य तथा चितवनको माडि शाखाद्वारा ७० भन्दा बढी सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इमिलिया र लबनी शाखामा आयोजित कार्यक्रममा संस्थाका १४ नं. कलस्टर प्रमुख चक्र केसीले संस्थाको परिचय सहित बर्तमान अवस्था, समसामयिक समस्याहरु…
देउखुरी, ८ पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।‘पाँचौ अधिवेसन आह्वानकोलागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भन्नुभयो,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो…
८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ । १२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय, केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।
बाँके । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । उनी बाँकेबासी हुन् । बरिष्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सित्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता नेपाली ( बाँके) निर्वाचित भएका…
बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठान लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा आयाेजित राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट प्यूठान सहित कपिलबस्तु र रुपन्देही शाखालाई उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै आएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवाल, राष्ट्रिय दलित पत्रकार…
प्यूठान । संघिय सांसद सुर्य बहादुर थापाले सुतेर बसेका जनतालाई आफूले नउठाउने भन्दै उठेका जनताका आवस्यकता पूरा गर्ने बताउनु भएको छ । प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकाले प्यूठान नगरपालिका ७ टिकुरी बसपार्कमा आयोजना गरेको प्रथम भित्रिकोट कृषि तथा पर्यटन महोत्सवको उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै उहाले विकासका लागि सचेत जनता र उठेर जागरुक भएका जनताको मात्रै आवस्यकता पूरा गर्ने उद्घोष गर्नुभयो । तर उहाले विकास योजना कसरी माग गर्न नजान्ने र चेतना स्तर कम्जोर भएका जनताको स्तर वृद्धि गर्ने आफ्नो जिम्मेवारी हो कि होईन भन्ने बिषयमा केही उल्लेख गर्नु भएन । भिडियो उहाले देशमै रोजगार सिर्जना गरि युवालाई स्वरोजगार…