प्यूठान । प्यूठान अस्पतालमा मृगौलाको डायलासिस् सेन्टर सञ्चालन गर्नका लागि लायन्स क्लब अफ ईन्टरनेशनलले १ करोड ३० लाख बढि रमम हस्तान्तरण गरेको छ । लायन्सले शनिबर १ करोड ३० लाख २७ हजार ५४७ रुपैयाको चेक प्यूठान अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज बिष्टलाई हस्तान्तरण गरेको हो । प्यूठान अस्पतालमा डायलासिस् सेन्टर नहु्दाँ मिर्गौला पिडितले सास्ती ब्यहोर्दै आएका छन् । मृगौला पिडितहरु डायलासिस् गर्न मासिक ३० हजार बढि रमम खर्च गरेर बुटुवल, काठमाडौं जानुपर्ने बाध्यता छ । लायन्स क्लब अफ ईन्टरनेशनलले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्दै आएकोमा प्यूठान जिल्ला अस्पताललाई उक्त रकम सहयोग गरेको जनाएकोछ । शनिवार एक कार्यक्रम बिच…
काठमाडौ । केहीदिन देखिको बर्षाका कारण नेपाल भर पुगेको क्षेतिले नेपाललाई ठूलो क्षेति भएको भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले सरकारको आलोचना गरेकाछन् । जनताले घरको छानामा बसेर गुहार माग्दा घण्टौ सम्म पनि उद्दार नपाउने अवस्थाले सबै नेपालीलाई अत्यन्तै पीडा दिएको भन्दै उनले आक्रोश व्यक्त गरेकाहुन् । भिडियो होरौ :- यो लिंक क्लिक गरौँ https://youtu.be/B8adu77xSjk?si=3A1oroHOCpcjqW7W
काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएकाछन् । ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई/दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक/एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ । प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए…
काठमाण्डौ – गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो । दरौदी यातायात प्रा.लीका नारायण खत्रीले खोजीका लागि अनुरोध गर्नुभएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
काठमाडौँ । पछिल्लो तीन दिनसम्म परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिवार बेलुकी ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । सरकारी तथ्यांकअनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए । ३६ जना घाइते भएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र…
देउखुरी । लुम्बिनी प्रदेश सरकारका शहरि बिकास खानेपानी मन्त्री सरोज थापा रोज ले विपद् प्रतिकार्य योजनामा जुट्न सबै लाई अपिल गर्नु भएको छ । मन्त्री राणाले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयम सेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा मन्त्री राणाले अपिल गर्नु भएको हो ।‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’मन्त्री राणाले भन्नुभयो,‘यो विपद्को वेलामा एकले अर्कालाई…
प्यूठान ।केहि दिनदेखि परेको अविरल बर्षाका कारण माछापोखरी फुट्दा प्युठानको खैरामा माछा बगाएको छ । अत्यधिक वर्षातले प्यूठान नगरपालिका–१ खैरा स्थित झिमरुक मत्स्यपालन तथा एकिकृत कृर्षि फर्मको ५ वटा माछा पोखरी भत्किदा माछा बगेका हुन । पोखरी फुटेपछि पोखरीका माछा धानखेत, मोटरबाटो र नदीमा गएको संचालक भोज बहादुर बस्नेतले बताए । बस्नेतको करीब ५ देखि ६ लाख बराबरको माछा नोक्सानी भएको बताउनुभयो । बस्नेतले ५६ रोपनी क्षेत्रफलमा १० वटा पोखरीमा मत्स्यपालन गदै आउनुभएको थियो ।
देउखुरी, दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले `समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश´को दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउदै `घुमौ लुम्बिनी´ अवधारणा अघि सारेकाछन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापीत गर्न खोजेको बताए । लुम्बिनी प्रदेश सरकारले ४५ औं विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउदै छ । यस्तै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सरकारी सरकारतथा निजी क्षेत्रका संघ संस्थाहरुले बिबिध गतिबिधी गरेर दिवस मनाउँदैन् । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस बर्ष पर्यटन दिवस मनाउन थालिएको हो ।‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ…
देउखुरी । स्थानीय तहको दोस्रो निर्वाचनमा प्युठान नगरपालिका वडा ९ मा नेकपा एमालेबाट वडाअध्यक्षमा चुनाव लडेका दिपेन्द्र केसीले एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टी प्रबेश गरेकाे नेपाली कांग्रेस सचिवालयले जनाएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको कार्यालय दाङ्ग देउखुरीमा भएको एक कार्यक्रममा केसी सहित केही युवाहरु एमाले पाटीबाट आस्था परिवर्तन गरि नेपाली कांग्रेसको आस्थामा जोडिएको बताईएकोछ । नेपाली कांग्रेस प्युठान प्रदेश सभा ख काे आयोजनामा सम्पन्न पार्टी प्रबेश कार्यक्रममा निर्माण व्यवसायि एमं एमालेका स्थानीय नेता समेत रहेका दिपेन्द्र केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य निम बहादुर घर्ती मगर,नेकपा एमाले प्युठान नगरपालिका वडा नं . ९ का वडा कमिटी…
प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ । जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि…