देउखुरी । लुम्बिनी प्रदेश सरकारका शहरि बिकास खानेपानी मन्त्री सरोज थापा रोज ले विपद् प्रतिकार्य योजनामा जुट्न सबै लाई अपिल गर्नु भएको छ । मन्त्री राणाले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो ।

तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयम सेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा मन्त्री राणाले अपिल गर्नु भएको हो ।‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’मन्त्री राणाले भन्नुभयो,‘यो विपद्को वेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ ।´



